English

अब्राहम लिङ्कनका १० भनाई



१२ फरवरी १८०९ मा जन्मेका अब्राहम लिङ्कन अमेरिकाका १६ औँ राष्ट्रपति बने । उनले १८६१ देखि १८६५ सम्म अमेरिकाको राष्ट्रपतिको कार्यकाल सम्हाले । रिपब्लिकन पार्टीका उनले अमेरिकालाई सबैभन्दा ठुलो सङ्कट अर्थात् अमेरिकी गृहयुद्धबाट पार लगाए । अमेरिकामा दास प्रथा अन्त गर्ने श्रेय पनि अब्राहम लिङ्कनलाई नै जान्छ ।

एउटा गरिब परिवारमा जन्मेका अब्राहम लिङ्कन प्रथम रिपब्लिकन थिए जो अमेरिकाको राष्ट्रपति बन्न सफल भए । राष्ट्रपति हुनु अगाडी उनी वकिल थिए ।

तिमीले सबै व्यक्तिलाई केही समय र केही व्यक्तिलाई सदैभरि मूर्ख बनाउन सक्दछौ तर सबैलाई सधैँ मूर्ख बनाउन सक्दैनौँ ।

उनलाई अप्रिल १४ को साँझ वासिङ्टन डिसी बुथ फोर्डको थिएटरमा टाउकोमा गोली हानिएको थियो । जसका कारण उनको मृत्यु भोलिपल्ट १५ अप्रिल १८६५ मा भयो ।

१. म मेरी आमाका प्रार्थनाहरू अझै सम्झन्छु जसले मलाई पच्छ्याइ रहन्छन् । जसले म बन्नमा हरदम सहयोग गरिरहन्छ ।

२. जसले अरू व्यक्तिलाई स्वतन्त्रता दिँदैन, उसलाई पनि स्वतन्त्र हुने हक हुँदैन ।

३. चरित्र रुख हो भने प्रसिद्धि छाया हो । र, यसमा प्रमुख भनेको रुख हुन्छ ।

४. तिमीले सबै व्यक्तिलाई केही समय र केही व्यक्तिलाई सदैभरि मूर्ख बनाउन सक्दछौ तर सबैलाई सधैँ मूर्ख बनाउन सक्दैनौँ ।

५. मित्र त्यो हो जसको तिम्रो जस्तै समान शत्रु हुन्छ ।

६. मलाई रूख ढाल्न छ घण्टा देऊ र म पहिलो चार घण्टा बन्चरो उदाउन लगाउनेछु ।

७. मलाई थाहा छैन मेरा हजुरबुवा को थिए, म मेरो नाति के हुनेछ भन्नेमा बढी केन्द्रित छु ।

८. म ढिलो हिँड्छु, तर कहिल्यै पनि पछाडि हिँड्दिन ।

९. अन्त्यमा यो गनिँदैन कि जीवनमा कति वर्ष बाच्यौँ बरु यो गनिन्छ कि वर्षमा कति जीवन बाँच्न सक्यौँ ।

१०. आफैमा विभाजित गृह कहिल्यै पनि माथि उठ्न सक्दैन ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested