फ्रिजको दुर्गन्ध हटाउन अपनाउनुस् यी उपाय



खानेकुरा सुरक्षित होस् भन्ने उद्देश्यले फ्रिजमा राख्ने गरिन्छ । तर लामो समयसम्म फ्रिज सफा नभए, खोल्ना साथ दुर्गन्ध आउँछ ।

फ्रिजमा राखिएका खानेकुराको गन्ध एकआपसमा मिलेर दुर्गन्धमा परिणत हुन्छ । अथवा फ्रिजभित्रै केही खानेकुरा कुहियो भने पनि दुर्गन्ध फैलिने गर्दछ । यस्तोमा फ्रिजको दुर्गन्ध हटाउने केहि घरेलु उपाय यस्ता छन्-

कागती

हरेक भान्सामा सहजै पाउन सकिने कागतीको रस निकालेर पानीसँग मिसाएर फ्रिजभित्र राख्दा यसले फ्रिजको दुर्गन्ध हटाउँछ । अथवा काटिएको कागतीलाई यत्तिकै फ्रिजमा राख्दा पनि फ्रिजको दुर्गन्ध हट्ने गर्दछ ।

सुन्तला र पुदिनाको जुस

सुन्तला वा पुदिनाको जुसको प्रयोगले फ्रिजको दुर्गन्ध हटाएर सुगन्ध भर्न सकिन्छ । यसमा दुर्गन्ध सोस्ने क्षमता हुन्छ । यसकालागि फ्रिज सफा गर्ने पानीमा सुन्तला र पुदिनाको रसको केही थोपा मिसाएर सफा गर्न सकिन्छ । यो जुस कचौरामा राखेर फ्रिजभित्रै राखे झन् छिटो नतिजा पाउन सकिन्छ ।

पत्रिका

धेरैलाई थाहा नहोला, तर पत्रिकाको प्रयोगले पनि फ्रिजको दुर्गन्ध हटाउन सकिन्छ । यसमा दुर्गन्ध सोस्ने क्षमता हुन्छ । फ्रिजमा राखिने खानेकुरालाई पत्रिकाले छोप्न पनि सकिन्छ । यस अलावा फ्रिजमा पत्रिकाको एक मुठो राखेमा दुर्गन्ध हट्ने गर्दछ ।

कफीको बियाँ

कफीको केही बियाँलाई कचौरामा राखेर फ्रिजमा राखेमा फ्रिजबाट दुर्गन्ध जाने मात्र होइन, फ्रिजभित्र कफीको बास्ना समेत आउँछ ।

खाने सोडा

फ्रिजको दुर्गन्ध हटाउन खाने सोडाको प्रयोग गर्दा राम्रो हुन्छ । खाने सोडालाई एउटा कचौरामा राखेर फ्रिजभित्र राखेमा यसले फ्रिजको दुर्गन्ध हट्ने गर्दछ ।

यो पनि…
घर बनाउने सपना, ‘गुरु’ ले पार्छ साकार

इन्टेरियर डेकोरेसनले घरलाई सुन्दर बनाउनुहोस



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

जीवनमा समय धेरै महत्त्वपूर्ण छ । जीवनमा समयले मात्र सही बाटो देखाउँछ तर यसका लागि समयको सही दिशा हुनु आवश्यक

काठमाडौँ महानगरका मेयर बालेन शाहको कार्यालय अगाडी आफूलाई ईः भन्न रुचाउने २८ वर्षीय युवा बिहीबार देखि नै लगातार उभिएर विरोध

सोफाले हाम्रो बैठक कोठालाई आकर्षक बनाउने काम गर्छ। पाहुनाहरू घरभित्र पस्दा सबैभन्दा पहिले बैठक कोठाको सोफालाई ध्यान दिन्छन् । साथै,

सैनिक श्रीमती संघद्वारा शुक्रवार साँझ फरक क्षमता भएका बालबालिकाको सहयोगार्थ आर्मी अफिसर्स क्लब काठमाडौंमा एक बिशेष कार्यक्रम ‘वरदान सुर–सन्ध्या’को आयोजना