English

रियल, सिटी र पिएसजीको जित



स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित निकाल्दै नौ अंकको अग्रता बनाएको छ । शनिबार राति भएको खेलमा शीर्ष स्थानको रियलले जित निकालेको हो ।

कप्तान करिम बेन्जेमाको निर्णायक गोलमा रियलले रायो भालेकानोलाई १–० गोल अन्तरले हरायो । बेन्जेमाले खेलको ८३औं मिनेटमा गोल गरेका थिए । जितसँगै रियलले २६ खेलमा ६० अंक जोडेको छ । रायो भालेकानो ३१ अंक जोडेर १२ औं स्थानमा छ । दोस्रो स्थानको सेभिल्लाको २५ खेलबाट ५१ अंक छ ।

सिटीले एभर्टनलाई हरायो

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले एभर्टनलाई हराएको छ । शनिबार राति भएको खेलमा सिटीले एभर्टनलाई १–० अन्तरले पराजित गरेको हो । रोमाञ्चक बनेको खेलमा सिटीलाई जिताउन फिल फोडेनले खेलको ८१औं मिनेटमा निर्णायक गोल गरे ।

जितसँगै सिटीले २७ खेलमा ६६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । एभर्टन २२ अंक जोडेर १७ औं स्थानमा छ । राति नै भएको खेलमा म्यानचेस्टर युनाइटेड वाटफोर्डसँग गोल रहित बराबरीमा रोकियो । एस्टन भिल्लाले ब्राइटन र न्युक्यासल युनाइटेडले ब्रेन्टफोर्डलाई समान २–० अन्तरले पराजित गरेको छ ।

पिएसजीलाई १६ अंकको अग्रता

फ्रेन्च क्लब पेरिस सेन्ड जर्मेन (पिएसजी) ले शनिबार राति पुनरागमन सहित सेन्ट एरिएनमाथि ३–१ अन्तरको जित निकालेको छ । घरेलु मैदानमा पिएसजीलाई जिताउन केलिएन एमबाप्पेले दुई तथा डानिलो पेरेइराले एक गोल गरे । सेन्ट इटिएनका डेनिस वोउएंगाले सान्त्वना गोल गरे ।

जितसँगै पिएसजीले शीर्षस्थानमा १६ अंकको स्पष्ट अग्रता लिएको छ । पिएसजीको २६ खेलबाट ६२ अंक छ । पराजित सेन्ट इटिएन २२ अंक जोडेर १६औं स्थानमा छ । समान खेलबाट दोस्रो स्थानमा रहेको निसको ४६ अंक छ ।

यो पनि
रन फर फनमा जे देखियो (फोटो फिचर)



सम्बन्धित खबरहरु

लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेको छ

एसीसी पुरुष टी-२० विश्वकपको एशिया प्यासिफिक छनौट खेल्न ३२ खेलाडीको क्लोज क्याम्प शुरु भएको छ । क्लोज क्याम्पमा खेलाडीहरुले प्रशिक्षण

प्रधानमन्त्री केपी शर्मा ओलीले फिफा वरियातमा माथि रहेको उज्वेकिस्तानको टिमलाई चुनौती दिन सफल खेलाडीहरूलाई धन्यवाद दिएका छन्। प्रधानमन्त्री ओलीले आज

आरोही फुर्वा तेन्जिङ शेर्पा र राज गुरुङद्वयले सगरमाथाको चुचुरोमा पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा प्रशिक्षक राजुकाजी शाक्यको फोटो अंकित झण्डा