English

रियल, सिटी र पिएसजीको जित



स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित निकाल्दै नौ अंकको अग्रता बनाएको छ । शनिबार राति भएको खेलमा शीर्ष स्थानको रियलले जित निकालेको हो ।

कप्तान करिम बेन्जेमाको निर्णायक गोलमा रियलले रायो भालेकानोलाई १–० गोल अन्तरले हरायो । बेन्जेमाले खेलको ८३औं मिनेटमा गोल गरेका थिए । जितसँगै रियलले २६ खेलमा ६० अंक जोडेको छ । रायो भालेकानो ३१ अंक जोडेर १२ औं स्थानमा छ । दोस्रो स्थानको सेभिल्लाको २५ खेलबाट ५१ अंक छ ।

सिटीले एभर्टनलाई हरायो

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले एभर्टनलाई हराएको छ । शनिबार राति भएको खेलमा सिटीले एभर्टनलाई १–० अन्तरले पराजित गरेको हो । रोमाञ्चक बनेको खेलमा सिटीलाई जिताउन फिल फोडेनले खेलको ८१औं मिनेटमा निर्णायक गोल गरे ।

जितसँगै सिटीले २७ खेलमा ६६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । एभर्टन २२ अंक जोडेर १७ औं स्थानमा छ । राति नै भएको खेलमा म्यानचेस्टर युनाइटेड वाटफोर्डसँग गोल रहित बराबरीमा रोकियो । एस्टन भिल्लाले ब्राइटन र न्युक्यासल युनाइटेडले ब्रेन्टफोर्डलाई समान २–० अन्तरले पराजित गरेको छ ।

पिएसजीलाई १६ अंकको अग्रता

फ्रेन्च क्लब पेरिस सेन्ड जर्मेन (पिएसजी) ले शनिबार राति पुनरागमन सहित सेन्ट एरिएनमाथि ३–१ अन्तरको जित निकालेको छ । घरेलु मैदानमा पिएसजीलाई जिताउन केलिएन एमबाप्पेले दुई तथा डानिलो पेरेइराले एक गोल गरे । सेन्ट इटिएनका डेनिस वोउएंगाले सान्त्वना गोल गरे ।

जितसँगै पिएसजीले शीर्षस्थानमा १६ अंकको स्पष्ट अग्रता लिएको छ । पिएसजीको २६ खेलबाट ६२ अंक छ । पराजित सेन्ट इटिएन २२ अंक जोडेर १६औं स्थानमा छ । समान खेलबाट दोस्रो स्थानमा रहेको निसको ४६ अंक छ ।

यो पनि
रन फर फनमा जे देखियो (फोटो फिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested