विश्व चिनाउने साताका २१ तस्वीर 



विश्वभर विभिन्न घटना घट्छन् । केही शब्दले समाचार बन्छन् त केही तस्वीरले । तिनै तस्बिरले विश्व चिनाउँछन् । भनिन्छ, हजार शब्दले व्यक्त गर्न नसकेको कुरा एउटा तस्वीरले बताउँछ । त्यसैले यस हप्ता तिनै सन्देश दिने तस्वीरलाई हामीले समेट्ने प्रयास गरेका छौँ ।

२१. भारतको हैदरावादस्थित सुकेको रातो खुर्सानी सफा गर्दै ।
२०. इङ्गल्यान्डको सेभेर्न नदीमा आएको बाढीको दृश्य ।

१९. भारतको कश्मीरस्थित परेको हिउँले ढाकिएको मैदानमा एक कुकुर उभिएको दृश्य ।

१८.कुमालेहरूले कराँचीको एउटा कार्यशालामा माटोको भाँडा सुकाउँदै ।

१७. भारतको आसाममा धान रोप्दै ।

१६.पाकिस्तानको कान्दाहारमा रोटी पकाउँदै । 

१५.साईप्रसको एक समुन्द्र किनारमा सूर्यास्तको दृश्य ।

१४. भारतको कर्नाटकमा बैलगाडी दौडमा सहभागी युवा किसानहरू ।

१३. क्युबाको भिनालेसमा सुर्ती खेतीमा किसान ।

१२. सूर्य विनायक नगरपालिका–५ दधिकोटमा निर्माण गरिएको काँचो दाची इँट्टा पोल्न इँट्टाभट्टातर्फ लैजाँदै  मजदुर ।

११. बिहीबार साँझ पोखराको फेवातालमा डुङ्गा शयर गर्दै पर्यटक ।

१०. मध्यपुर थिमि शंखधर चोकको दक्षिण रहेको हनुमन्ते खोलामा मध्यपुर थिमि– ४ र सूर्य विनायक नपा– ४ जोड्ने पुल निमार्ण गरिँदै । 

९. नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट ११ भेँडाबारीमा चैते धान रोप्नका लागि खेतमा ट्युबेलबाट सिँचाइ गरिँदै ।

८.कृष्णपुर नगरपालिका– २, बाणिका महिला लालझाडी संरक्षण क्षेत्रको वनबाट सङ्कलन गरेका पातको भारी बोकेर घरतर्फ जाँदै । सुकेका पात सङ्कलन गरी जैविक मल निर्माण गरी खेतबारीमा हाल्ने गरिन्छ । 

७. आफ्ना नाबालक बालबालिकाको तौल लिन बारेकोट गाउँपालिका –८ सुपुखोला स्थित स्वास्थ्य चौकीमा आएका अभिभावक आमाहरू ।

६. कपिलवस्तुको शिवराज नगरपालिका– ६ मा फाइवस्टार इँट्टा उद्योगमा इँट्टा बनाउँदै बालक  ।  जिल्लाका केही इँट्टा उद्योगमा बालबालिकाले काम गरिरहेका छन् ।

५. द क्याराभान कम्पनीले ठेक्का लिएर नासो गाउँपालिका ५ र ६ जोड्ने दूध खोलाको पुल ठेकेदार कम्पनीले निर्माण नगरेपछि स्थानीयले नै निर्माण गरेको काठे पुल ।

४. महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरको महेन्द्रचाेकमा तेजपात बिक्री गर्दै व्यापारी दम्पती । 

३. म्याग्दीको बेनी नगरपालिका–९, ढोल थानामा थाक्रोमा भण्डारण गरेर राखिएको मकै । 

२. पोखरामा आइतबार परेको असिनाले मुख्य बजार चिप्ले ढुङ्गा, महेन्द्रपुललगायतका स्थानमा यातायात आवतजावतमा समस्या भएपछि डोजर लगाएर सडकमा भरिएको असिना हटाउँदै ।

१. म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेको स्वास्थ्य चौकीमा कोरोना विरुद्धको तेस्रो मात्रा खोप लगाउनको लागि ज्येष्ठ नागरिकलाई बोकेर खोप केन्द्रमा लैजाँदै स्थानीय महिला स्वास्थ्य स्वयंसेविका । 

तस्वीर : रासस, एपि, एएफपि,सिन्हुआ 

यो पनि…
विश्व चिनाउने साताका २१ तस्वीर
भद्रगोल सिंहदरबार (फोटो फिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

अहिले धेरैजसो मानिसहरू आफूलाई सुन्दर देखाउन विभिन्न कुराहरूको प्रयोग गर्छन् । धेरैले घरेलु उपाय अपनाउने गर्छन् भने धेरैले चलन अनुसार

बारबरा अडम्स फाउन्डेसनले ‘स्टोलेन इमेज अफ नेपाल’ कार्यक्रम गरेको छ । आइतबार काठमाडौँमा उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा नेपाली

काठमाडौँ महानगरका मेयर बालेन शाहको कार्यालय अगाडी आफूलाई ईः भन्न रुचाउने २८ वर्षीय युवा बिहीबार देखि नै लगातार उभिएर विरोध

सोफाले हाम्रो बैठक कोठालाई आकर्षक बनाउने काम गर्छ। पाहुनाहरू घरभित्र पस्दा सबैभन्दा पहिले बैठक कोठाको सोफालाई ध्यान दिन्छन् । साथै,