English

विश्व चिनाउने साताका २१ तस्बिर 



विश्वभर विभिन्न घटना घट्छन् । केही शब्दले समाचार बन्छन् त केही तस्बिरले । तिनै तस्बिरले विश्व चिनाउँछन् । भनिन्छ, हजार शब्दले व्यक्त गर्न नसकेको कुरा एउटा तस्बिरले बताउँछ । त्यसैले यस हप्ता तिनै सन्देश दिने तस्बिरलाई हामीले समेट्ने प्रयास गरेका छौँ ।

२१. इटालीको माउन्ट एटनामा विस्फोट भएको ज्वालामुखी ।
२०. बेइजिङस्थित चन्द्रमा उदाएको दृश्य ।

१९. हिप्पोको मूर्तिमा फोटोको लागि पोज दिँदै बालिका ।

१८.दुबईस्थित परम्परागत साँढेको लडाइँको दृश्य ।

१७.थाइल्यान्डका  बौद्ध भिक्षुहरू ।

१६.भारत, लद्दाखस्थित जान्स्कर नदीको किनारमा सौना स्नान गर्दै । 

१५. सिड्नी हार्बर ब्रिज र सूर्योदयको दृश्य ।

१४. श्रीलङ्का, हम्बनटोटाको रिडियागा सफारी पार्क चिडियाखानाका डाक्टरले सिंहको बच्चासँग अन्तरक्रिया गर्दै ।

१३. इन्डोनेसियाको जकार्तामा भारी वर्षामा मोटरसाइकल यात्रु ।

१२. ब्राजिलको रियो दि जेनेरियो राज्यको पेट्रोपोलिसमा भारी वर्षा पछि क्षतिग्रस्त रूख र सवारी साधन ।

११. यमनका किसान कफी देखाउँदै । 

१०. इन्डोनेसियाको पश्चिम जाभाको बोगोरमा भारी वर्षापछि बाढीको पानीमा पौडी खेलिरहेका बालबालिका ।

९.ललितपुरस्थित थेचोमा माधवनारायण पर्वको धार्मिक यात्रामा सहभागीहरू । 

८.सल्यानबाट दाङको घोराही बजारमा बाँसबाट बनेका सामग्री बिक्री गर्न आएका व्यापारी । 

७.जलेश्वरको महेन्द्रचोकस्थित सडक पेटीमा ब्लक बिछ्याउँदै कामदार ।

६.ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका—७, दोखु अवस्थित दुमी कृषि फार्ममा च्याउ उमारिँदै । 

५.शुक्लाफाँटा नगरपालिका पिपलाडीका थारू महिला सिन्की बनाउन मुला काट्दै ।  

४.घोराही–१७, कर्जाहीमा उपमहानगरपालिकाले निर्माण गरेको कृत्रिम जलाशय । 

३.सङ्खुवासभाको मकालु गाउँपालिका –३ को उलिङ गाउँमा खरले घर छाउँदै स्थानीय । 

२.सर्लाही जिल्लाको बागमती नगरपालिका–१२ मा १२१ बिघा क्षेत्रफलमा निर्माण गरिएको भरत तालमा पर्यटक ।

१. सङ्खुवासभाको मकालु गाउँपालिका –३ उलिङमा परम्परागत ओखलमा धान कुट्दै वृद्धा । गाउँघरमा धान कुट्ने मिल नहुँदा  अझै ढिकी  वा ओखलमा धान कुट्नुपर्ने बाध्यता  छ ।

तस्बिर : रासस, एपि, एएफपि,सिन्हुआ 

यो पनि…
विश्व चिनाउने साताका २१ तस्वीर
भद्रगोल सिंहदरबार (फोटो फिचर)



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested