English

विश्व चिनाउने साताका २१ तस्बिर 



विश्वभर विभिन्न घटना घट्छन् । केही शब्दले समाचार बन्छन् त केही तस्बिरले । तिनै तस्बिरले विश्व चिनाउँछन् । भनिन्छ, हजार शब्दले व्यक्त गर्न नसकेको कुरा एउटा तस्बिरले बताउँछ । त्यसैले यस हप्ता तिनै सन्देश दिने तस्बिरलाई हामीले समेट्ने प्रयास गरेका छौँ ।

२१. इटालीको माउन्ट एटनामा विस्फोट भएको ज्वालामुखी ।
२०. बेइजिङस्थित चन्द्रमा उदाएको दृश्य ।

१९. हिप्पोको मूर्तिमा फोटोको लागि पोज दिँदै बालिका ।

१८.दुबईस्थित परम्परागत साँढेको लडाइँको दृश्य ।

१७.थाइल्यान्डका  बौद्ध भिक्षुहरू ।

१६.भारत, लद्दाखस्थित जान्स्कर नदीको किनारमा सौना स्नान गर्दै । 

१५. सिड्नी हार्बर ब्रिज र सूर्योदयको दृश्य ।

१४. श्रीलङ्का, हम्बनटोटाको रिडियागा सफारी पार्क चिडियाखानाका डाक्टरले सिंहको बच्चासँग अन्तरक्रिया गर्दै ।

१३. इन्डोनेसियाको जकार्तामा भारी वर्षामा मोटरसाइकल यात्रु ।

१२. ब्राजिलको रियो दि जेनेरियो राज्यको पेट्रोपोलिसमा भारी वर्षा पछि क्षतिग्रस्त रूख र सवारी साधन ।

११. यमनका किसान कफी देखाउँदै । 

१०. इन्डोनेसियाको पश्चिम जाभाको बोगोरमा भारी वर्षापछि बाढीको पानीमा पौडी खेलिरहेका बालबालिका ।

९.ललितपुरस्थित थेचोमा माधवनारायण पर्वको धार्मिक यात्रामा सहभागीहरू । 

८.सल्यानबाट दाङको घोराही बजारमा बाँसबाट बनेका सामग्री बिक्री गर्न आएका व्यापारी । 

७.जलेश्वरको महेन्द्रचोकस्थित सडक पेटीमा ब्लक बिछ्याउँदै कामदार ।

६.ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका—७, दोखु अवस्थित दुमी कृषि फार्ममा च्याउ उमारिँदै । 

५.शुक्लाफाँटा नगरपालिका पिपलाडीका थारू महिला सिन्की बनाउन मुला काट्दै ।  

४.घोराही–१७, कर्जाहीमा उपमहानगरपालिकाले निर्माण गरेको कृत्रिम जलाशय । 

३.सङ्खुवासभाको मकालु गाउँपालिका –३ को उलिङ गाउँमा खरले घर छाउँदै स्थानीय । 

२.सर्लाही जिल्लाको बागमती नगरपालिका–१२ मा १२१ बिघा क्षेत्रफलमा निर्माण गरिएको भरत तालमा पर्यटक ।

१. सङ्खुवासभाको मकालु गाउँपालिका –३ उलिङमा परम्परागत ओखलमा धान कुट्दै वृद्धा । गाउँघरमा धान कुट्ने मिल नहुँदा  अझै ढिकी  वा ओखलमा धान कुट्नुपर्ने बाध्यता  छ ।

तस्बिर : रासस, एपि, एएफपि,सिन्हुआ 

यो पनि…
विश्व चिनाउने साताका २१ तस्वीर
भद्रगोल सिंहदरबार (फोटो फिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : ९० भन्दा बढी देशका १,००० भन्दा बढी विद्यालयहरुलाई सहयोग गर्दै आएको विश्वव्यापी संस्था इन्टरनेशनल करिकुलम एसोसिएसन (आईसीए) ले

काठमाण्डौं /नेपाली सांगीतिक बजारमा नयाँ गीत ‘अमेरिकामा माया’ सार्वजनिक भएको छ। लोकप्रिय गायिका मेलिना राई र गायक उत्तमजंग लिम्बु को

काठमाडौँ : अल–न्यू अपग्रेडेड बजाज डोमिनार ४०० को लन्च कार्यक्रम फागुन १ मा बाइकर्स क्याफेमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त

महाशिवरात्रिको अवसरमा लोकप्रिय गायिका रुचि घिमिरे र गायक दीपक रमणले शिव भजन ‘‘जय भोलेबाबा’को भिडियो सार्वजनिक गरेका छन् । भगवान

Latest










Popular
Suggested