English

सस्ता १० मोटरसाइकल



मोटरसाइकल अहिले आममानिसको लाइफस्टाइल भइसकेको छ । बजारमा मोटरसाइकलका थुप्रै कम्पनी छन् । तिनका विभिन्न मोडलहरू छन्, विभिन्न मूल्य क्षेत्र पनि । हाल नेपालमा अत्याधुनिक फिचर भएका, आकर्षक र युवावर्ग लक्षित मोटरलाइकलको मूल्य क्षेत्र हेर्ने हो भने करीब ४ लाखभन्दा माथि नै पर्छ । तर, मुख्य आकर्षणमा र बढी बिक्री हुने गरेका भने मिड रेन्ज अर्थात् २ देखि ३ लाख सम्मको नै हो ।

बजारमा यस्ता मोटरसाइकल पनि छन्, जसको मोल २ लाख भन्दा पनि कम छ । अझ यी मोटरसाइकलको मुख्य आकर्षण भनेको माइलेज नै हो । त्यस्तै राम्रो पर्फमेन्स सहितको अत्याधिक माइलेज दिने, टिकाउ र २ लाख भन्दा कम मूल्यका केही लोकप्रिय मोटरसाइकल यस प्रकार छन् ।

टिभिएस रेडिअन ११०

भारतको चेन्नाइमा रहेको टिभिएस मोटर कम्पनी लिमिटेड भारतकै दोस्रो विशाल दुई पाङ्ग्रे निर्यातकर्ता हो, जसले ६० भन्दा बढी देशहरूमा मोटरसाइकल निर्यात गर्छ । नेपालमा भने आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले टिभिएस कम्पनीका १ लाख ६२ हजारदेखि ८ लाख सम्मका मोटरसाइकल बिक्री गर्दै आएको छ । १ लाख ८७ हजार पर्ने टिभिएस रेडिअन ११० नेपालमा लोकप्रिय भएको मोटरसाइकल हो ।

रेडिअन ११० को स्टाइलिस रेट्रो लुक्स, माइलेज र पर्फमेन्सकै कारण लोकप्रिय भएको इन्फिनिटी टू ह्वीलर्स सोरुमका मार्केटिङ म्यानेजर सायन जङ्ग कार्की बताउँछन् । उनका अनुसार १ सय १० सीसीको १० लिटर पेट्रोल क्षमता भएको यस मोटरसाइकलले प्रति लिटर करीब ७३ किलोमिटर माइलेज दिन्छ ।

टिभिएस स्ट्राइकर १२५

आधिकारिक बिक्रेता जगदम्बा मोटर्सकै टिभिएस स्ट्राइकर १२५ पनि नेपाली बजारमा उत्तिकै लोकप्रिय छ । यसको मूल्य नेपाली बजारमा २ लाख ४ हजार ९ सय रुपैयाँ तोकिएको छ । १२ लिटर पेट्रोल क्षमता भएको यस मोटरसाइकलले प्रति लिटर करीब ६५ किलोमिटर माइलेज दिन्छ ।

हिरो एचएफ डिलक्स

भारतीय बहुराष्ट्रिय मोटरसाइकल कम्पनी हिरो मोटरकर्प लिमिटेड विश्वकै विशाल दुई पाङ्ग्रे उत्पादक हो । नेपाल जेनेरल मार्केटिङ प्रालिले नेपाली बजारमा हिरोका १ लाख ६७ हजारदेखि ३ लाख ९१ हजार सम्मका मोटरसाइकल बिक्री गर्दै आएको छ । जसमध्ये हिरो एचएफ डिलक्स पनि एक हो ।

हिरो एचएफ डिलक्स हिरोको सस्तो प्रोडक्टमध्ये एक हो । यो मोटरसाइकलको मुल्य नेपाली बजारमा १ लाख ६७ हजार तोकिएको छ । १० लिटर पेट्रोल ट्याङ्क क्षमता भएको यस मोटरसाइकलले प्रतिलिटर करीब ६५ किलोमिटर माइलेज दिने बताइएको छ ।

हिरो स्प्लेन्डर प्लस

हिरो स्प्लेन्डर प्लसको नेपाली बजारमा १ लाख ७८ हजार रुपैयाँ मोल तोकिएको छ । यस मोटरसाइकलमा सेल्फ स्टार्ट र डिजिटल सीडीआई प्रविधि पनि रहेको छ । साथै ११ लिटर पेट्रोल ट्याङ्क क्षमता भएको यस मोटरसाइकलले प्रति लिटर करीब ७० किलोमिटर माइलेज दिने बताइएको छ ।

हिरो आइस्मार्ट ११०

हिरो आइस्मार्ट ११० को मुल्य नेपाली बजारमा १ लाख ८३ हजार ५ सय तोकिएको छ । यस मोटरसाइकलको अगाडिको टायरमा १ सय ३० एमएम र पछाडिको टायरमा १ सय १० एमएमको ड्रम ब्रेक रहेको छ । साथै ८.५ लिटर पेट्रोल ट्याङ्क क्षमता भएको यस मोटरसाइकलले प्रति लिटर करीब ९२ किलोमिटर माइलेज दिने बताइएको छ ।

सुजुकी हयाते

२३ वटा देशमा उत्पादन केन्द्र, १ सय ९२ देशका लागि १ सय ३३ वितरकहरू रहेको जापानी बहुराष्ट्रिय कम्पनी सुजुकीको नेपालमा भने भिजी सुजुकी आधिकारिक बिक्रेताको रूपमा रहेको छ । भिजी सुजुकीले नेपालमा १ लाख ८४ हजारदेखि ३६ लाख सम्मका मोटरसाइकल बिक्री गर्दै आएको छ । जसमध्ये सुजुकी हयाते नेपाली बजारमा सस्तो र लोकप्रिय मोटरसाइकल हो । १० लिटर पेट्रोल ट्याङ्क क्षमता भएको सुजुकी हयाते मोटरसाइकलले प्रति लिटर करीब ६० किलोमिटर माइलेज दिने बताइएको छ । यद्यपी यो मोटरसाइकल हाल नेपाली बजारमा उपलब्ध छैन । नयाँ वर्षपछि पुनः उपलब्ध हुने बसुन्धाराको भिजी सुजुकी सोरुमका प्रतिनिधि बताउँछन् ।

बजाज प्लाटिना

भारतीय बहुराष्ट्रिय कम्पनी बजाज भारतीय मुलको विश्वकै तेस्रो विशाल दुई पाङ्ग्रे उत्पादक हो । नेपालमा भने आधिकारिक बिक्रेता एचएच बजाजले १ लाख ८३ हजारदेखि ५ लाख ७४ हजार ९ सय सम्मको मोटरसाइकल बिक्री गर्दै आएको छ । जसमध्ये १ लाख ८२ हजार ९ सय रुपैयाँ पर्ने बजान प्लाटिना पनि एक हो । यो मोटरसाइकल बजाजकै सस्तो र लोकप्रिय पनि रहेको गोङ्गबुको ब्रदर्स अटो प्रालिका मार्केटिङ म्यानेजर बिशेष गुरुङ बताउँछन् । उनका अनुसार १०.५ लिटर पेट्रोल ट्याङ्क क्षमता भएको यस मोटरसाइकलले प्रति लिटर करीब ७० किलोमिटर माइलेज दिन्छ ।

होन्डा सिडी ११० ड्रिम डिएक्स

विश्वकै तेस्रो विशाल जापानी बहुराष्ट्रिय कम्पनी होन्डाका मोटरसाइकलहरू नेपालमा पनि उपलब्ध छन् । यसको आधिकारीक बिक्रेता स्याकार कम्पनीले नेपाली बजारमा १ लाख ६४ हजार ९ सयदेखि ३२ लाख सम्मका मोटरसाइकल बिक्री गर्दै आएको छ, जसमध्ये १ लाख ८४ हजार ९ सय रुपैयाँ पर्ने होन्डा सीडी ११० ड्रिम डिएक्स नेपालमा सस्तो र लोकप्रिय मोटरसाइकल हो । यद्यपी यो मोटरसाइकल हाललाई भने नेपाली बजारमा सर्टेज रहेको ज्ञानेश्वरको होन्डा सोरुम श्रेष्ठ मोटरसाइकल हाउसका प्रतिनिधि जनाउँछन् ।

रनर रोयल प्लस

बङ्गलादेशको मोटरसाइकल उत्पादक रनर अटोमोबाइल्स कम्पनीको नेपालमा रमण मोटर्स प्रालिले आधिकाररिक बिक्रेता रहेको छ । नेपाली बजारमा रनरका १ लाख ८९ हजार देखि ३ लाख ९९ हजार सम्मका मोटरसाइकल उपलब्ध छन् । जसमध्ये १ लाख ८९ हजार रुपैयाँ पर्ने रनर रोयल प्लस पनि हो । ११० सीसीको १० लिटर पेट्रोल ट्याङ्क क्षमता भएको यस मोटरसाइकलले प्रति लिटर करीब ५५ किलोमिटर माइलेज दिने बताइएको छ ।

रनर बुलेट

रनर बुलेट मोटरसाइकलको मुल्य १ लाख ९५ हजार रुपैयाँ तोकिएको छ । १ सय २४ सीसीको १२ लिटर पेट्रोल ट्याङ्क क्षमता भएको यस मोटरसाइकलले प्रति लिटर करीब ५० किलोमिटर माइलेज दिन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,