माइतिघरदेखि बानेश्वरसम्म ठूलो संख्यामा प्रहरी तैनाथ



विभिन्न राजनीतिक दलका कार्यकर्ताले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) विरुद्ध प्रदर्शन गर्ने भएपछि सरकारले काठमाडौंको माइतिघरदेखि बानेश्वरसम्मको सडकमा ठूलो संख्यामा प्रहरी तैनाथ गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी सम्झौता अनुमोदन गर्ने विषयमा छलफल हुने भएपछि विभिन्न दलले विरोधको कार्यक्रमहरू राखेका छन् । विरोध कार्यक्रम बानेश्वरस्थित संसद भवन वरपर केन्द्रित गरेपछि ती स्थानमा ठूलो संख्यामा प्रहरी खटाइएको हो ।

प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी सम्झौता अनुमोदन गर्ने विषयमा छलफल हुने भएपछि विभिन्न दलले विरोधको कार्यक्रमहरू राखेका छन् । विरोध कार्यक्रम बानेश्वरस्थित संसद भवन वरपर केन्द्रित गरेपछि ती स्थानमा ठूलो संख्यामा प्रहरी खटाइएको हो ।

एमसीसीलाई लिएर सत्तारुढ दलहरूबीच मतभेद रहेको छ । सत्तारुढ दलमध्ये नेपाली कांग्रेस एमसीसी अनुमोदन गर्ने पक्षमा रहेका छ ।

अन्य दल नेकपा (माओवादी केन्द्र), नेकपा एस (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चा एमससीसी संशोधन गरेर अनुमोदन गर्ने पक्षमा रहेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

यो पनि
प्रतिनिधि सभाको बैठक स्थगित
थप पेचिलो बन्दै एमसीसी विषय, सहमति जुटाउन कांग्रेसको दौडधूप



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

विश्वकै सबैभन्दा पुरानो जात्राको रूपमा मानिने ‘इन्द्रजात्रा’ का विषयमा विभिन्न किंवदन्ती प्रचलित छ । एउटा भनाइअनुसार वर्षा राम्रोसँग सम्पन्न भई

प्रिय, ओ प्रियभन किन बुझी दिएनौं, यो मन, भनभन किन बुझी दिएनौं, भन किन बुझिदिएनौ प्रिय, ओ प्रिय . .

काठमाडौं उपत्यकामा मनाइने प्रसिद्ध जात्रा इन्द्रजात्राको अवसरमा राजधानीको नेपाल आर्ट काउन्सिलमा शुक्रबार ‘हाम्रो राम्रो उपत्यका’ नामक कला प्रदर्शनी गरियाे ।

राजधानीको नेपाल पर्यटन बोर्डमा एपेक नेपालद्वारा शुक्रबार ‘मलाई मन परेको कविता-३’ आयोजना गरियो । जसमा अग्रज कविहरुले अनुज कविका मनपरेको