हेर्नुहोस् मौसमको अवस्था



आज देशका धेरै ठाउँको मौसम सामान्यतया सफा रहे पनि भोलि शुक्रबार भने पानी पर्ने मौसमविद्ले बताएका छन् । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण भोलि देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद् हिरा भट्टराईले जानकारी दिइन् ।

उनले भोलि देशभरको मौसम बद्ली हुने र धेरै ठाउँमा पानी पर्ने जानकारी दिइन् । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बाग्मती र प्रदेश-१ का धेरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने हुँदा सतर्कता अपनाउन उनको आग्रह छ ।

यस्तै, यी प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा हिमपातको सम्भावना पनि रहेको भट्टराईको भनाइ छ । भोलि राति पनि देशका धेरै ठाउँमा पानी पर्ने उनले बताइन् । पर्सी पनि पश्चिमी वायुको असर पर्ने भएकाले वर्षा र हिमपातको सम्भावना छ । तर, पर्सी पानी भने केही कम पर्ने पूर्वानुमान छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सैनिक श्रीमती संघद्वारा शुक्रवार साँझ फरक क्षमता भएका बालबालिकाको सहयोगार्थ आर्मी अफिसर्स क्लब काठमाडौंमा एक बिशेष कार्यक्रम ‘वरदान सुर–सन्ध्या’को आयोजना

त्यसो त तीज आउन अझै डेढ महिना बाँकी छ । तर जमलस्थित विश्वज्योति हल सोमबार दिनभर तिजमय बन्यो । ‘तीज

वि विल राइज फाउन्डेसन राष्ट्रिय युवा प्रतिभा सम्मान २०८० बाट सम्मानित भएको छ । पर्यटन प्रवर्द्धन तथा सामाजिक सेवामा सक्रिय

एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र यूएईबीचको फाइनल खेल भाेलि मंगलबार हुने भएको छ । भोलिकाे खेल यही अवस्थाबाट सुरु