English

विश्वकप लक्ष्यनजिक नेपाल



आइसीसी टी-२० विश्वकप ग्लोबल छनोटको पहिलो सेमिफाइलनमा मंगलबार सयुक्त अरब इमिरेट्स (यूएई)विरुद्ध मैदान उत्रदा नेपाल जितसँगै दोस्रोपटक विश्वकप पुग्ने लक्ष्यमा हुनेछ ।

ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजेदेखि सुरु हुनेछ । आजको खेलमा जित निकाले नेपाल दोस्रोपटक विश्वकपमा छनोट हुनेछ । यसअघि नेपाल पहिलोपटक सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा छनोट भएको थियो ।

नेपालले समूह ‘बी’ को विजेताको रूपमा सेमिफाइनलमा स्थान सुरक्षित गर्दा यूएई समूह ‘ए’ को उपविजेताको हैसियतमा सेमिफाइलन आएको हो । नेपाल समूह चरणका तीनै खेलमा जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको हो ।

नेपालले पहिलो खेलमा घरेलु टोली ओमानलाई ३९ रनले, दोस्रो खेलमा फिलिपिन्सलाई १३८ रनले र तेस्रो खेलमा क्यानडालाई आठ विकेटले पराजित गरेको थियो । यस्तै, समूह चरणका तीन खेलमध्ये दुईमा विजयी भएको यूएई एक खेलमा भने पराजित भएको थियो । समूह ‘ए’ बाट आयरल्यान्ड समूह विजेता बन्दै सेमिफाइनल प्रवेश हो ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल र यूएईबीच भएको पछिल्लो चार टी-२० भेटमा दुबै टोलीले समान दुई खेलमा जित निकालेका छन् । यद्यपि, हालै ग्लोबल छनोटको तयारीका लागि खेलिएको खेलमा नेपाल यूएईसँग २५ रनले पराजित भएको थियो ।

आइसीसी टी-२० विश्वकप ग्लोबल छनोटको पहिलो सेमिफाइलनमा मंगलबार सयुक्त अरब इमिरेट्स (यूएई)विरुद्ध मैदान उत्रदा नेपाल जितसँगै दोस्रोपटक विश्वकप पुग्ने लक्ष्यमा हुनेछ ।आजको खेलमा जित निकाले नेपाल दोस्रोपटक विश्वकपमा छनोट हुनेछ । यसअघि नेपाल पहिलोपटक सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा छनोट भएको थियो ।

यस अघि सन् २०१९ मा भएको तीन भेटमा भने नेपाल दुईपटक विजयी हुँदा यूएई एकपटक जित निकाल्न सफल भएको थियो । नेपालले यूएईलाई फेब्रुवरी १ र ३ मा भएको भेटमा क्रमश: ४ विकेट र १४ रनले पराजित गरेको थियो । यता, ३१ जनवरीमा भएको खेलमा यूएई ३१ रनको विजयी भएको थियो ।

कप्तान सन्दीप दुबै टोली एकअर्काविरुद्ध जानकार रहेको र यूएईविरुद्ध खेलाडी मानसिकरूपमा समेत तयारी भएको बताउँछन् । फाइनल प्रवेश गर्ने टोली आगामी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टी-२० विश्वकप खेल्न पाउनेछ ।

यो पनि
क्यानडाले नेपाललाई दियो ८१ रनको लक्ष्य
क्यानडाविरुद्ध नेपालको उत्कृष्ट सुरुवात, क्यानडाले गुमायो २ विकेट



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested