English

विश्वकप लक्ष्यनजिक नेपाल



आइसीसी टी-२० विश्वकप ग्लोबल छनोटको पहिलो सेमिफाइलनमा मंगलबार सयुक्त अरब इमिरेट्स (यूएई)विरुद्ध मैदान उत्रदा नेपाल जितसँगै दोस्रोपटक विश्वकप पुग्ने लक्ष्यमा हुनेछ ।

ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजेदेखि सुरु हुनेछ । आजको खेलमा जित निकाले नेपाल दोस्रोपटक विश्वकपमा छनोट हुनेछ । यसअघि नेपाल पहिलोपटक सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा छनोट भएको थियो ।

नेपालले समूह ‘बी’ को विजेताको रूपमा सेमिफाइनलमा स्थान सुरक्षित गर्दा यूएई समूह ‘ए’ को उपविजेताको हैसियतमा सेमिफाइलन आएको हो । नेपाल समूह चरणका तीनै खेलमा जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको हो ।

नेपालले पहिलो खेलमा घरेलु टोली ओमानलाई ३९ रनले, दोस्रो खेलमा फिलिपिन्सलाई १३८ रनले र तेस्रो खेलमा क्यानडालाई आठ विकेटले पराजित गरेको थियो । यस्तै, समूह चरणका तीन खेलमध्ये दुईमा विजयी भएको यूएई एक खेलमा भने पराजित भएको थियो । समूह ‘ए’ बाट आयरल्यान्ड समूह विजेता बन्दै सेमिफाइनल प्रवेश हो ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल र यूएईबीच भएको पछिल्लो चार टी-२० भेटमा दुबै टोलीले समान दुई खेलमा जित निकालेका छन् । यद्यपि, हालै ग्लोबल छनोटको तयारीका लागि खेलिएको खेलमा नेपाल यूएईसँग २५ रनले पराजित भएको थियो ।

आइसीसी टी-२० विश्वकप ग्लोबल छनोटको पहिलो सेमिफाइलनमा मंगलबार सयुक्त अरब इमिरेट्स (यूएई)विरुद्ध मैदान उत्रदा नेपाल जितसँगै दोस्रोपटक विश्वकप पुग्ने लक्ष्यमा हुनेछ ।आजको खेलमा जित निकाले नेपाल दोस्रोपटक विश्वकपमा छनोट हुनेछ । यसअघि नेपाल पहिलोपटक सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा छनोट भएको थियो ।

यस अघि सन् २०१९ मा भएको तीन भेटमा भने नेपाल दुईपटक विजयी हुँदा यूएई एकपटक जित निकाल्न सफल भएको थियो । नेपालले यूएईलाई फेब्रुवरी १ र ३ मा भएको भेटमा क्रमश: ४ विकेट र १४ रनले पराजित गरेको थियो । यता, ३१ जनवरीमा भएको खेलमा यूएई ३१ रनको विजयी भएको थियो ।

कप्तान सन्दीप दुबै टोली एकअर्काविरुद्ध जानकार रहेको र यूएईविरुद्ध खेलाडी मानसिकरूपमा समेत तयारी भएको बताउँछन् । फाइनल प्रवेश गर्ने टोली आगामी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टी-२० विश्वकप खेल्न पाउनेछ ।

यो पनि
क्यानडाले नेपाललाई दियो ८१ रनको लक्ष्य
क्यानडाविरुद्ध नेपालको उत्कृष्ट सुरुवात, क्यानडाले गुमायो २ विकेट



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको चरा भेटिएको छ । नयाँ प्रजातिको चरा ‘फुस्रो सारौं’ नाममा अभिलेख गरिएको छ ।

वायु प्रदूषण रोक्न विकसित मुलुकहरूले सवारी साधन, कलकारखाना, उद्योगलगायत विभिन्न क्षेत्रमा विशेष मापदण्डहरू तोकी एक्युआई अर्थात् एयर क्वालिटी इन्डेक्समा उत्तम

‘तपाई जति प्रकृति नजिक पुग्नु हुन्छ, प्रकृति त्यति नै तपाई नजिक आइपुग्छ’, यो भनाई हङकङका नेपाली व्यवसायी राज गुरुङलाई ठ्याक्कै

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,