English

क्यानडाले नेपाललाई दियो ८१ रनको लक्ष्य



आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायर अन्तर्गत समूहको आफ्नो अन्तिम खेलमा नेपाललाई क्यानडाले ८१ रनको लक्ष्य दिएको छ । टस हारेर फिल्डिङ राेजेकाे क्यानडाले १५ ओभरमा सबै विकेट गुमाएर ८० रन बनाएकाे हाे।


नेपालले क्यानडासामू उत्कृष्ट प्रदर्शन गरेकाे छ । पहिलो ओभरमै कमलसिंह ऐरीले क्यानडाका म्याथ्यु स्पोर्सलाई खाता खोल्ने मौका नै नदिई कुशल भुर्तेलको हातबाट क्याच आउट गराए । यसैगरी, पाँचौ ओभरमा ऐरीले नै नवजीत धालिवाललाई १८ रनको स्कोरमा लोकश बमबाट क्याच आउट गराएको थिए । साथै, सोही ओभेरमा अविनाश बोहराले रविन्दरपाललाई आशिफ सेखबाट क्याचआउट गराएका थिए ।

नेपालले समूहको पहिलो खेलमा घरेलु टिम ओमानमाथि ३९ रनको जित निकालेको थियो । त्यस्तै, दोस्रो खेलमा नेपालले फिलिपिन्सलाई १३६ रनको फराकिलो अन्तरले हरायो ।

नेपाल ४ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ । दोस्रो स्थानको क्यानडा र तेस्रो स्थानको ओमानको समान २–२ अंक छ । उसो त ४.३७ रनरेट रहेको नेपालका लागि सेमिफाइनलमा जानका लागि क्यानडालाई जिते पुग्छ ।

नेपाली टोलीमा सन्दीप लामिछाने (कप्तान), शरद भेषवाकर, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, मोहमद आसिफ शेख, अभिनास बोहरा, जितेन्द्रकुमार मुखिया, मोेमहद आरिफ शेख, कमलसिंह ऐरी, विवकेकुमार यादव, लोकेशबहादुर बम, गुल्शनकुमार झा, सागर ढकाल रहेका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको चरा भेटिएको छ । नयाँ प्रजातिको चरा ‘फुस्रो सारौं’ नाममा अभिलेख गरिएको छ ।

वायु प्रदूषण रोक्न विकसित मुलुकहरूले सवारी साधन, कलकारखाना, उद्योगलगायत विभिन्न क्षेत्रमा विशेष मापदण्डहरू तोकी एक्युआई अर्थात् एयर क्वालिटी इन्डेक्समा उत्तम

‘तपाई जति प्रकृति नजिक पुग्नु हुन्छ, प्रकृति त्यति नै तपाई नजिक आइपुग्छ’, यो भनाई हङकङका नेपाली व्यवसायी राज गुरुङलाई ठ्याक्कै

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,