English

एनआरटी फुटबल क्लबको रूपमा दर्ता



काठमाडौंको नयाँसडकलाई आधार बनाउँदै जन्मेको सहिद स्मारक ‘ए’ डिभिजन लिग क्लब न्युरोड टिम एनआरटी फुटबल क्लबको रूपमा दर्ता भएको छ ।

क्लबले नेपाल सरकारअन्तर्गत रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको कम्पनी रजिष्ट्रारको कार्यालयमा ‘एन आर टी फुटबल क्लब’ दर्ता गराएको हो ।

दर्तासँगै क्लबले अब एएफसी क्लब लाइसेन्सको लागि प्रक्रिया सुरु गर्ने बताएको छ । यसअघि क्लबले एकेडेमी संचालनको लागि ल्याब स्कुलसँग सम्झौता गरेको थियो ।

हाल नेपालमा मनाङ मर्स्याङ्दी क्लब, मछिन्द्र फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब र एपिएफ फुटबल क्लब एएफसी क्लबले लाइसेन्स प्राप्त गरेका छन् ।

एनआरटीले पनि लाइसेन्स प्राप्त गर्दै एएफसीको प्रतियोगिता खेल्ने योजनाअनुरुप कम्पनी रजिस्टारको कार्यालयमा दर्ता गरेको हो । १९९१ सालमा सामाजिक संस्थाको रूपमा स्थापित एनआरटीले २०१६ सालमा पहिलो पटक ‘ए’ डिभिजन लिगको हैसियत पाएको थियो ।

त्यसयता क्लबले ०१७, ०१९, ०३५ र ०५२ सालमा गरि चार पटक उपाधि जितिसकेको छ । जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा १२ खेल खेल्दा एनआरटी दोस्रो स्थानमा छ ।

यो पनि
क्यानडाविरुद्ध नेपाल ८ विकेटले विजयी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested