English

२५.४१ अंकले बढ्यो नेप्से



साताको दोस्रो कारोबार दिन लगानीकर्ताहरु हाइड्रोपावर कम्पनीहरुतर्फ आकर्षित भएको देखिएको छ। आइतबार, एमसीसी टेबल भएपछि लगानीकर्ताहरु जलविद्युत कम्पनीहरुमा आकर्षित भएका हुन्।

प्रतिपक्ष र सत्तारुढ दलहरुको विरोधका बाबजुत आइतबार टेबल भएपछि लगानीकर्ताहरुले एमसीसी पास हुने अपेक्षा गरेका हुन्। जसका कारण जलविद्युत कम्पनीहरुमा लगानीकर्ताहरुको आकर्षण बढेको हो।

यस दिन शेयरमूल्य बढेका शीर्ष १० कम्पनीहरुमध्ये ७ वटा हाइड्रोपावर कम्पनीहरु रहेका छन्। जसमध्ये युनाइटेड इदी मार्दी आरबि हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक १० प्रतिशत बढेको छ।

सोमबार नेप्से परिसूचक २५.४१ अंक बढेर २७१८.५१ विन्दुमा पुगेको छ। पछिल्ला कारोबार दिनदेखि नै नेप्सेले २७०० विन्दुमा ‘बेस’ बनाउन खोजेको देखिन्छ। नेप्सेले २७०० विन्दुलाई ‘बेस’ बनाउन यस दिन बैंकिङ्ग सूचकले साथ दिएको छ।

नेप्से बढे पनि यस दिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। यस दिन २२४ कम्पनीको ४० हजार ८६९ पटकको कारोबारमा २ अर्ब ९९ करोड ७६ लाख रुपैयाँ बराबरको ४९ लाख ९२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

सोमबार १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.२४ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन वित्त, होटल तथा पर्यटन, लगानी र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबार रकमका आधारमा यस दिन एनटिसी शीर्ष स्थानमा रहेको छ भने जीवन विकास लघुवित्त दोस्रो स्थानमा रहेको छ। यी दुबै कम्पनीको यस दिन २६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन अरुण भ्याली हाइड्रोपावरको १० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

यो पनि
एमसीसी संसदमा टेबल भएकै दिन नेप्सेमा ३९ अंकको पहिरो



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

Latest










Popular
Suggested