English

२५.४१ अंकले बढ्यो नेप्से



साताको दोस्रो कारोबार दिन लगानीकर्ताहरु हाइड्रोपावर कम्पनीहरुतर्फ आकर्षित भएको देखिएको छ। आइतबार, एमसीसी टेबल भएपछि लगानीकर्ताहरु जलविद्युत कम्पनीहरुमा आकर्षित भएका हुन्।

प्रतिपक्ष र सत्तारुढ दलहरुको विरोधका बाबजुत आइतबार टेबल भएपछि लगानीकर्ताहरुले एमसीसी पास हुने अपेक्षा गरेका हुन्। जसका कारण जलविद्युत कम्पनीहरुमा लगानीकर्ताहरुको आकर्षण बढेको हो।

यस दिन शेयरमूल्य बढेका शीर्ष १० कम्पनीहरुमध्ये ७ वटा हाइड्रोपावर कम्पनीहरु रहेका छन्। जसमध्ये युनाइटेड इदी मार्दी आरबि हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक १० प्रतिशत बढेको छ।

सोमबार नेप्से परिसूचक २५.४१ अंक बढेर २७१८.५१ विन्दुमा पुगेको छ। पछिल्ला कारोबार दिनदेखि नै नेप्सेले २७०० विन्दुमा ‘बेस’ बनाउन खोजेको देखिन्छ। नेप्सेले २७०० विन्दुलाई ‘बेस’ बनाउन यस दिन बैंकिङ्ग सूचकले साथ दिएको छ।

नेप्से बढे पनि यस दिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। यस दिन २२४ कम्पनीको ४० हजार ८६९ पटकको कारोबारमा २ अर्ब ९९ करोड ७६ लाख रुपैयाँ बराबरको ४९ लाख ९२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

सोमबार १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.२४ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन वित्त, होटल तथा पर्यटन, लगानी र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबार रकमका आधारमा यस दिन एनटिसी शीर्ष स्थानमा रहेको छ भने जीवन विकास लघुवित्त दोस्रो स्थानमा रहेको छ। यी दुबै कम्पनीको यस दिन २६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन अरुण भ्याली हाइड्रोपावरको १० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

यो पनि
एमसीसी संसदमा टेबल भएकै दिन नेप्सेमा ३९ अंकको पहिरो



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको चरा भेटिएको छ । नयाँ प्रजातिको चरा ‘फुस्रो सारौं’ नाममा अभिलेख गरिएको छ ।

वायु प्रदूषण रोक्न विकसित मुलुकहरूले सवारी साधन, कलकारखाना, उद्योगलगायत विभिन्न क्षेत्रमा विशेष मापदण्डहरू तोकी एक्युआई अर्थात् एयर क्वालिटी इन्डेक्समा उत्तम

‘तपाई जति प्रकृति नजिक पुग्नु हुन्छ, प्रकृति त्यति नै तपाई नजिक आइपुग्छ’, यो भनाई हङकङका नेपाली व्यवसायी राज गुरुङलाई ठ्याक्कै

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,