English

ध्यानको अर्थ र महत्त्व



ध्यान भनेको भौतिक शरीर र मनका सीमाहरूबाट पर जानु हो । जब तपाईं शरीर र मनको सीमितताबाट पर जानुहुन्छ तबमात्र तपाईंले आफूभित्र जीवनको पूर्ण आयाम पाउनुहुनेछ । जब तपाईं आफूलाई शरीर ठान्नुहुन्छ तब जीवनप्रति तपाईंको पूरै दृष्टिकोण जीविकोपार्जन गर्नेमा मात्रै केन्द्रित हुनेछ ।

जब तपाईं आफूलाई मन ठान्नुहुन्छ तपाईंको सम्पूर्ण बुझाइ परिवार, धर्म र समाजको दृष्टिकोणको दास बन्दछ । तपाईं त्योभन्दा पर देख्न सक्नुहुन्न । तपाईं आफ्नो मनका विभिन्न रूपबाट स्वतन्त्र बनेपछि मात्र तपाईंले भौतिकभन्दा परको आयामलाई जान्नुहुनेछ ।

यो शरीर अनि यो मन तपाईंका होइनन् । यी दुवैलाई तपाईंले समयसँगै जम्मा गर्नुभएको हो । तपाईंको शरीर तपाईंले खानुभएको खानाको रास हो । तपाईंको मन तपाईंले बाहिरबाट जम्मा गर्नुभएको विभिन्न प्रभाव र छापहरूको डङ्गुर हो ।

तपाईंले जे जम्मा गर्नुभएको छ त्यो तपाईंको सम्पत्ति हुन सक्छ । तपाईंसँग घर र बैँक ब्यालेन्स भए जस्तै तपाईंसँग शरीर र मन छ । राम्रो जीवन बाँच्नको लागि राम्रो बैँक ब्यालेन्स, राम्रो शरीर अनि राम्रो मन आवश्यक हुन्छन्, तर ती पर्याप्त हुँदैनन् । कुनै पनि मानिस यी कुराहरूबाट सन्तुष्ट रहन सक्दैन । यी कुराहरूले जीवनलाई केवल सहज र आरामदायक बनाउन सक्छन् ।

एउटा पिँढीको रूपमा हेर्ने हो भने हामी अघिका पिँढीहरूले यस स्तरको आराम अनि सुख-सुविधाहरूको कल्पना समेत गर्न सक्दैनथे जुन हामीसँग अहिले छ । तर दुर्भाग्यवश, हामी आफूलाई यस धरतीको सबैभन्दा आनन्दित र स्नेही पिँढी भनेर दाबी गर्न सक्दैनौँ । तपाईंको शरीर र मन जीवन निर्वाहको लागि ठीक छन् तर तिनले तपाईंलाई पूर्णता दिन सक्दैनन् ।

तपाईंले जे जम्मा गर्नुभएको छ त्यो तपाईंको सम्पत्ति हुन सक्छ । तपाईंसँग घर र बैँक ब्यालेन्स भए जस्तै तपाईंसँग शरीर र मन छ । राम्रो जीवन बाँच्नको लागि राम्रो बैँक ब्यालेन्स, राम्रो शरीर अनि राम्रो मन आवश्यक हुन्छन्, तर ती पर्याप्त हुँदैनन् । कुनै पनि मानिस यी कुराहरूबाट सन्तुष्ट रहन सक्दैन । यी कुराहरूले जीवनलाई केवल सहज र आरामदायक बनाउन सक्छन् ।

तपाईं तृप्त बन्नुहुन्न किनकि मनुष्य हुनुको गुण नै यही हो- जति छ, त्योभन्दा बढी चाहनु । यदि तपाईंलाई आफू को हो भन्ने नै थाहा छैन भने के तपाईं यो संसार के हो भनेर जान्न सक्नुहोला र ? तपाईं जो हो त्यसको मूल गुणलाई तबमात्र अनुभव गर्न सक्नुहुन्छ जब तपाईं आफ्नो शरीर र मनका सीमाहरूबाट पर जानुहुन्छ । यसको निम्ति योग र ध्यान वैज्ञानिक साधनहरू हुन् ।

जबसम्म तपाईं शरीर र मनका सीमाहरूबाट पर जानुहुन्न तपाईंको जीवन खाएर, सुतेर, बच्चा जन्माएर अनि एकदिन मरेर मात्रै पूर्ण हुन सक्दैन । यी सबैथोक तपाईंको जीवनमा आवश्यक हुन्छन् तर यी सबैथोक भएपनि हाम्रो जीवन पूर्ण बन्न सक्दैन ।

यो किन हो भने मनुष्यमा रहेको गुणले निश्चित स्तरको जागरूकता पार गरिसकेको छ । यसले अझै बढी पाउन चाहन्छ, अन्यथा यो कहिल्यै तृप्त बन्न सक्दैन । यो असीम बन्नुपर्ने हुन्छ- तपाईं वास्तवमा जो हो त्यो असिमित आयाममा पुग्ने माध्यम नै ध्यान हो ।

यो पनि
श्रीकृष्णले शाही भोजन त्यागेर किन सादा खाना खाए ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

‘तपाई जति प्रकृति नजिक पुग्नु हुन्छ, प्रकृति त्यति नै तपाई नजिक आइपुग्छ’, यो भनाई हङकङका नेपाली व्यवसायी राज गुरुङलाई ठ्याक्कै

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार