English

संसारका १० प्रदूषित सहर



वायु प्रदूषण भन्नाले वायुमण्डलमा विभिन्न पदार्थहरूको उपस्थितिलाई बुझिन्छ, जुन मानव र अन्य जीवित प्राणीहरूको स्वास्थ्यको लागि हानिकारक हुन्छ । धुँवा, धुलो, ग्याँसलगायत विभिन्न पदार्थहरू जब हावामा मिसिन्छन्, तब वायु प्रदूषण हुन्छ । यसरी प्रदूषण भएको वायुले कुनै पनि स्थानको मानव र अन्य जीवित प्राणीहरूको स्वास्थ्यमा नकारात्मक असर गर्छ ।

यसरी प्रदूषित भएको वायुको एक्युआई अर्थात् एयर क्वालिटी इन्डेक्सबाट मापन गरिन्छ । एक्युआई सरकारी एजेन्सीहरूद्वारा हालसालै हावा कति प्रदूषित छ र हावामा कस्तो प्रदूषण हुने पूर्वानुमान गरिएको छ भनेर जनतालाई जानकारी गराउन प्रयोग गरिन्छ ।

यसै साता काठमाडौं संसारकै सबैभन्दा बढी प्रदूषित सहरको शीर्ष स्थानमा रहेको समाचार आएको थियो । एक्युआई तथ्याङ्कअनुसार प्रदूषित सहरको अवस्थामा फेरबदल भैरहन्छ । हाल दक्षिण एशियाली मूलुकका सहरमा प्रदूषण बढेको देखिएको छ । यो समाचार तयार गर्दासम्म पछिल्लो एक्युआई तथ्याङ्कअनुसार संसारका १० शीर्ष प्रदूषित सहरको सूची यसप्रकार छ ।

१०. भियतनाम, हनोई

भियतनामको हनोईमा हालसालै १ सय ५४ एक्युआई रहेको पाइएको छ । जसअनसार यहाँ बसोबास गर्ने श्वासप्रश्वाससम्बन्धी रोग भएकाहरू, बालबालिकालगायत सामान्य वयस्कलाई पनि समस्या हुन सक्छ ।

९. दक्षिण कोरिया, इन्चियोन

दक्षिण कोरियाको इन्चियोनमा हालसालै १ सय ५७ एक्युआई रहेको पाइएको छ । जसअनुसार यहाँ बसोबास गर्ने श्वासप्रश्वाससम्बन्धी रोग भएकाहरू, बालबालिका लगायत सामान्य वयस्कलाई पनि समस्या हुन सक्ने देखिन्छ ।

८. भारत, मुम्बई

भारतको मुम्बईमा पनि हालसालै १ सय ५७ एक्युआई रहेको पाइएको छ ।

७. म्यानमार, याङ्गुन

म्यानमारको याङ्गुनमा हालसालै १ सय ६० एक्युआई रहेको पाइएको छ ।

६. भारत, दिल्ली

भारतको दिल्लीमा हालसालै १ सय ६१ एक्युआई रहेको पाइएको छ ।

५. भारत, कलकत्ता

भारतको कलकत्तामा हालसालै १ सय ६७ एक्युआई रहेको पाइएको छ ।

४. बङ्गलादेश, ढाका

बङ्गलादेशको ढाकामा हालसालै १ सय ७० एक्युआई रहेको पाइएको छ ।

३. पाकिस्तान, लाहोर

पाकिस्तानको लाहोरमा हालसालै १ सय ७३ एक्युआई रहेको पाइएको छ ।

२. नेपाल, काठमाडौं

नेपालको काठमाडौंमा हालसालै २ सय ६६ एक्युआई रहेको पाइएको छ । जसअनुसार लामो समयसम्म यस्तो वातावरणमै रहने हो भने सामान्य व्यक्तिलाई सास फेर्न असुविधा र हृदय रोग भएका मानिसहरूमा ठूलै समस्या उत्पन्न हुन सक्छ ।

१. चीन, संघाई

चीनको संघाईमा हालसालै ५ सय ७१ एक्युआई रहेको पाइएको छ, जसअनुसार यहाँको वातावरण एकदमै खतरनाक मानिएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले धरानलाईन, इटहरी र लायन्सचोक, नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरु

काठमाडौं। युवा गायक बिरज महर्जनको नयाँ म्युजिक भिडियो ‘साइली’ र नेपाल भाषाको ‘छ लिसे’ बोलको म्युजिक भिडियो एकसाथ सार्वजनिक भएको

काठमाडौं : टेलिटकले नेपाली बजारमा एम८ सिरिजका दुई स्मार्टफोनहरु सार्वजनिक गरेको छ । उत्कृष्ट कार्यसम्पादन, सहज प्रयोग अनुभव तथा आधुनिक

काठमाडौंः नेपाल मर्चेन्ट बैंकर्स संघ (MBAN) का कार्यसमिति सदस्यहरूले आज नेपाल धितोपत्र बोर्ड (SEBON) का नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद

Latest










Popular
Suggested