नेपालद्वारा बंगलादेश २–१ ले पराजित

रंगशालामा हेभीवेट दर्शक



दशरथ रंगशालामा आज भएको थ्री नेशन्स फुटबल प्रतियोगिताको फाइनलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

गत बर्ष आयोजना भएको साफ खेलकुद प्रतियोगितापछि कोरोना संत्रासले नेपालमा खेलकुद गतिविधि लगभग शुन्य जस्तै थियो । यसै विच नेपालमा आयोजना भएको थ्री नेशन्स फुटबल प्रतियोगिताले नेपाली खेलकुदको क्षेत्रलाई गति दिने संकेत देखाएको छ । यसपटक आयोजना भएको फुटबल प्रतियोगितामा नेपाल, बंगलादेश र किर्गिस्तानले सहभागिता गरेका थिए ।

आज भएको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली नै रंगशाला पुगे ।

कोरोना महामारीका कारण थलिएको खेलकुद क्षेत्रलाई उठाउन थ्री नेशन्स फुटबल आयोजना गरिएको हो । प्रतियोगिता हेर्न रंगशालामा हजाराैं दर्शक पुगेका थिए भने टेलिभिजन, युट्युव र अन्य सामाजिक संजालमा प्रत्यक्ष प्रसारण हेर्नेहरूकाे संख्या पनि उत्तिकै थिए । यि थिए नेपाल र बंगलादेशबीचकाे म्याचमा दर्शक बन्न पुगेका भीआईपीहरु।

१. केपी शर्मा ओली (प्रधानमन्त्री)

प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आजको फाइनल खेल हेर्न दशरथ रंगशाला पुगेका थिए । खेलको पहिलो हाफको १८ औँ मिनेटमा नेपालको तर्फबाट संजोग राईले गोल गरेका थिए । उनको यो डेब्यू गोल थियाे । नेपालले बनाएको अग्रतामा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ठाउँबाट उठेर ताली बजाएका थिए । यो म्याचमा गोल गरेसँगै नेपालले ७ खेल यता गर्न नसकेको गोलको खडेरीमा पूर्णविराम लगाएको हाे।

२. दावा लामा (खेलकुद मन्त्री)

खेलकुद मन्त्री दावा लामा पनि नेपाल र बंगलादेशबीच दशरथ रंगशालामा भइरहेको खेलको फाइनल म्याच हेर्नका लागि पुगेका थिए । लामो समयपछि नेपालमा भएको म्याचमा दर्शक बनेका उनले पनि नेपालले पहिलो हाफमा बनाएको अग्रतामा बसेको स्थानबाट उठेर खुशी प्रकट गरेका थिए । खेलको ४२ औँ मिनेटमा नेपालको लागि विशाल राईले गोल गर्दै नेपालको स्कोर दोब्बर बनाएका हुन ।

३. रमेश सिलवाल राखेप (सदस्य सचिव)

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाल पनि नेपाल र बंगलादेशबीच भएको थ्री नेशन्स फुटबल प्रतियोगिताको फाइनल म्याच हेर्नका लागि रंगशाला पुगेका थिए । उनीसँगै एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, उपाध्यक्ष शिव कोईराला, सार्वजनिक लेखासमिति सभापति भरतकुमार शाह पनि नेपाल र बंगलादेशबीचको म्याच हेर्न दशरथ रंगशाला पुगेका थिए ।

आज भएको म्याचमा नेपालले बंगलादेशलाई २–१ को गोलअन्तरले पराजित गरेको हाे । पहिलो हाफमा नेपालले दुई गोलको अग्रता लिएको थियाे। बंगलादेशले दोस्रो हाफको ८० औं मिनेटमा एक गोल गरेको थियो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

यदि तपाईँ छालाको हेरचाहमा प्राकृतिक उत्पादनहरू समावेश गर्न चाहनुहुन्छ भने, एलोभेरा उपयुक्त हुन्छ। एलोभेरामा धेरै यस्ता गुणहरू छन् जुन छालाको

दूध स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । दूधमा प्रोटिन र क्याल्सियम राम्रो मात्रामा पाइन्छ । यसबाहेक दूधमा भिटामिन ए, बी२

जमिनमा नै घर बनाएको देख्नु भएको छ, तर एउटा यस्तो ठाउँ छ जहाँ जमिनमुनि घर बनाएर बस्छन् । यी घरहरू

तपाईँ भित्री सजावटको सोखिन हुनुहुन्छ र तपाईँको घरलाई धेरै सुन्दर तरिकाले सजाउन चाहनुहुन्छ वा तपाईँ आफ्नो नयाँ घरमा सर्दै हुनुहुन्छ