शालीनदीमा माधवनारायण व्रत समापन गरिँदै



पौष शुक्ल पूर्णिमादेखि साँखुस्थित शालीनदीमा माधवनारायणको व्रत बसेका बर्तालुले आज बुधबार समापनअर्थात् साङ्गेका लागि साँखु र त्यस वरपरका मानिसलाई निम्ता गरेका छन् ।

साँखु र त्यस वरपरको क्षेत्रमा बुधबार बेलुकी व्रत समापनका लागि शङ्ख बजाएर निमन्त्रणा गरिएको लावण्य सन्देश साप्ताहिकका सम्पादक पवनलाल श्रेष्ठले जानकारी दिए । व्रत समापनको निमन्त्रणा बज्रयोगिनी माईलगायत साँखु बजार बाहिर पनि सुन्ने गरी गर्ने प्राचीनकालदेखिको विधि छ ।

व्रत समापनलाई स्थानीयवासीले अश्वमेध यज्ञ गर्ने पनि भन्छन् । पौष शुक्ल पूर्णिमादेखि सुरु भएको माधवनारायण व्रत माघ शुक्ल पूर्णिमासम्म चल्छ । साँखु शालीनदीमा यस वर्ष १०६ महिला र १९ पुरुष गरी १२५ व्रत बसेका छन् ।

माघ महिनामा माधवनारायणको व्रत गरेमा मनोकाङ्क्षा पूरा हुने, विवाहित महिलाले अटल सौभाग्य एवं सुख शान्ति र अविवाहित महिलाले चिताएको वर पाउने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी सर्वप्रथम माधवनारायण एवं श्रीस्वस्थानीको व्रत गरेको स्कन्द पुराणमा उल्लेख छ ।

त्यसबेलादेखि नै माधवनारायण र श्रीस्वस्थानीको व्रत बस्ने परम्परा सुरु भएको विश्वास गरिन्छ । माघ शुक्ल पूर्णिमाका दिन बर्तालुले साङ्गे गरी व्रत समापन गरेको भोलिपल्ट गणेशको विशेष विधिले पूजा आराधना गर्ने परम्परा रहेको साँखु शालीनदी क्षेत्रका सांस्कृतिक परम्पराका विषयमा खोज अनुसन्धान गरिरहेका प्रकाश श्रेष्ठ ‘सक्व’ ले जानकारी दिए ।

यसअघि पशुपतिबाट शेषनारायणसम्म, पनौती र चाँगुनारायणमा गरी तीन स्थानमा तीर्थयात्रा सम्पन्न भइसकेको छ । शालीनदीको एक महिने मेला अन्तिम चरणमा पुगेका बेला साँखु क्षेत्रमा आन्तरिक धार्मिक पर्यटकको भीड लाग्न थालेको छ ।

ऐतिहासिक, सांस्कृतिक एवं पौराणिक महत्वको शालीनदीमा पार्किङ, सार्वजनिक यातायात, होटल पसल भने व्यवस्थित नभएको तीर्थयात्रीको गुनासो छ । नगरपालिकाले व्यवस्थितरूपमा काम गर्न नसकेको भन्दै भक्तजनले गुनासो गरेका छन् ।

माधवनारायण मेलाभर यस मार्ग चल्ने सार्वजनिक यातायातले सरकारले तोकेभन्दा बढी भाडा असुली गरेको यात्रुको गुनासो छ । केन्द्र, प्रदेश र स्थानीय तहका सरकारले सार्वजनिक यातायातमा अनुगमन नगर्दा मनपरि भाडा असुल्ने काम नरोकिएको यात्रु रामचन्द्र हुमागाइँको भनाइ छ ।

यो पनि
एक बिहान लावण्य देशमा‘(फोटो फिचर)



...
यस्ता बिरामी जसले बस्न हुन्न तीजको व्रत - Mero LifeStyle Mero LifeStyle

[…] व्रत अरू व्रत भन्दा कठोर मानिन्छ । किनकि […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हिन्दु नारीहरुको महान पर्व तीजको अवसरमा सोमबार राजधानीस्थित पशुपतिनाथ मन्दिर परिसरमा बिहान करिव ३ बजे देखि नै भक्तजनहरुको ठूलो घुइँचो

हरितालिका तीज महिलाहरूसँग सम्बन्धित छ । तीजको आफ्नै महत्त्व छ । धार्मिक कथनहरूलाई हेर्ने हो भने हिमालय पुत्री पार्वतीको विवाह

तीज सबै हिन्दु नारीहरूको महान् पर्व हो । पौराणिक कालदेखि नै तीज को व्रत बस्ने धार्मिक परम्परा रही आएको छ

तीजको व्रत अरू व्रत भन्दा कठोर मानिन्छ । किनकि तीजको व्रत पानी पनि नखाई बस्दा मनले आँटेको पूरा हुने जनविश्वास