English

इतिहासकै विशाल शान्ति प्रदर्शन



आज १५ फेब्रुवरी । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रम :

इतिहासकै विशाल शान्ति प्रदर्शन

सन् २००३ इतिहासमै सबैभन्दा ठूलो शान्ति प्रदर्शन भएको थियो । आजकै दिन विश्वभरका ६०० सहरहरुमा ३ करोड मानिसहरूले इराक युद्धको विरोध गर्दैैै शान्तिको पक्षमा प्रदर्शन गरेका थिए ।

सोभियत युनियन अफगानिस्तानबाट फिर्ता

सन् १९८९ मा अफगानिस्तानबाट सोभियत युनियन बाहिरिएको थियो । सैन्य सर्वोच्चताको बाबजुद सोभियत र अफगान सेनाले विद्रोहीको प्रतिकार गर्न विफल भएको बताइन्छ ।

मानव जिनोमको पहिलो मस्यौदा

सन् २००१ मा मानव जिनोमको पहिलो मस्यौदा प्रकाशित भएको थियो । मानव जिनोममा पूर्ण मानव आनुवंशिक सूचना छ ।

मुद्रालाई डेसिमल प्रणालीमा परिणत

सन् १९७१ मा बेलायत र आयरल्यान्डले आफ्नो मुद्रालाई डेसिमल प्रणालीमा परिणत गरेका थिए । परिवर्तनअघि एक पाउन्ड स्टर्लिङ २४० पेन्स बराबर थियो ।

ग्यालिलियो ग्यालिलीको जन्म दिन

आजकै दिन इटालीका प्रसिद्ध वैज्ञानिक ग्यालिलियो ग्यालिलीको जन्म भएको थियो । गणितज्ञ तथा दाशर्निकसमेत रहेका ग्यालिलियोको जन्म १५६४ मा इटालीको पिसामा भएको थियो । उनको मृत्यु सन् १६४२ को ८ जनवरीमा इटालिको आर्कटेरीमा भएको थियो ।



सम्बन्धित खबरहरु

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

काठमाडौं । विश्वप्रसिद्ध प्राविधिक कम्पनी शाओमीले दुई नयाँ आकर्षक मोडल — रेडमी १५ र रेडमी १५C नेपालमा सार्वजनिक गरेको छ

गैर आवासीय नेपाली संघ (एनआरएनए) वि.स. २०६० (सन् २००३) मा स्थापना भयो र संघ दर्ताको निमित्त लामो बहस र चर्चा

राइनोज उपनामले चिनिने नेपाल राष्ट्रिय क्रिकेट टोलीले आज अगस्ट १५, शुक्रबार दिउँसो २:१५ बजे एनटी स्ट्राइकसँग खेल्दैछ। यो खेल डार्विनमा

Latest










Popular
Suggested