English

काँचो प्याजका फाइदा



प्याज स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । कतिपय मानिसहरूले चटनी तथा चाटका रूपमा पनि प्याज खान्छन् । तर प्याज काँचै खाँदा स्वास्थ्यलाई फाइदा गर्छ । सल्फर, अमिनो एसिड, एन्टीबायोटिक्स, फाइबर, क्यालिस्यम, आयोडिन, फस्फोरसले भरपूर काँचो प्याजको सेवनले गम्भीर रोगलाई पनि सिध्याउँछ ।

फाइदा

-कब्जियत
प्याजमा भएका रेसाहरू पेटको लागि लाभदायक हुन्छन् । दिनदिनै काँचो प्याज खाँदा कब्जियत, ग्यास र एसिडिटीको समस्या समाप्त हुन्छ अनि पाचनतन्त्रले सुचारु रूपमा काम गर्छ ।
रक्तचाप
प्याजमा भएको मिथाइल सल्फाइड र अमिनो एसिडका कारण रक्तचापलाई नियन्त्रणमा राख्न सफल हुन्छ ।
-पत्थरी
बिहानै खाली पेट दुई चम्चा प्याजको रस पिउनुस् । नियमित रूपमा यसको सेवनले पत्थरीको समस्या सधैंका लागि सकिन्छ ।
-मधुमेह
काँचो प्याज खाँदा शरीरमा इन्सुलिन बन्छ । काँचो प्याज वा त्यसको रसको सेवनले मधुमेह निको पार्छ ।
घाँटी खसखसाउने
रुघा, कफ र घाँटी खसखसाउने समस्यालाई हटाउनका लागि प्याजको रसमा सक्खर र मह मिसाएर पिउनुस् ।
रक्ताल्पता
दिनदिनै एउटा काँचो प्याज खाँदा शरीरमा रगतको कमी हुन पाउँदैन । यसबाहेक प्याजमा भएका पोषक तत्त्वले रोगप्रतिरोधक क्षमता पनि वृद्धि गर्छन् ।

यो पनि
यी ५ समस्यामा प्याज र घ्यूको प्रयोग गर्नुहोस्



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

दिमागको रक्तनली बन्द हुनु अथवा नली फुटेर रगत बाहिर बग्नुलाई मस्तिष्कघात अथवा स्ट्रोक भनिन्छ । यस्तो अवस्थामा शरीरको आधा भागलाई

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।

आफ्नो बिमारी साथीलाई कुरुवा बस्न महाराजगञ्ज स्थित शिक्षण अस्पताल पुगेका ज्ञानबहादुर लामाको टि–सर्टमा रगतको छिटा देखेपछि अस्पतालमा कार्यरत एक नर्सले