प्रवीण र अनिशा भए मोडल हन्ट नेपाल



‘मोडल हन्ट नेपाल २०२१’ को उपाधि प्रवीण चापागाईँ र अनिशा शाक्यले जितेका छन् ।

छैटौँ सिजन अन्तर्गत आयोजना भएको प्रतियोगितामा ३४ युवा र ३२ युवतीहरूले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको पुरुष तर्फ फस्ट रनर अप मिनाल्ड लामिछाने र सेकेन्ड रनर अप अनुप कार्की भए भने महिला तर्फ श्रीयशी श्रेष्ठ फस्ट रनर अप र परितोषिका पन्त सेकेन्ड रनर अप भइन् ।

प्रतियोगितामा लक्ष्मी राना र सौर्या तिर्वा मोस्ट स्टाइलिस, प्रवीण चापागाईँ र राजश्री कार्की वेस्ट पर्सनालिटी, अनुप कार्की र सरिता बाडी वेष्टवाक, शुभम् भण्डारी र श्रीरुधी बस्न्यात पब्लिक च्वाइस तथा मि। एन्ड मिस मल्टिमिडिया, प्रतिभा गुरुङ र कबिर घले गुरुङ सोसियल्ली रेस्पोन्सिबल विधातर्फ विजयी बनेका थिए ।

यसै गरी विनय पन्त र अनिशा शाक्य मोस्ट फोटोजेनिक, मिनाल्ड लामिछाने वेस्ट फिजिक र अदिति मानन्धर वेस्ट फिगर, गणेशराज जोशी र श्रीयशी श्रेष्ठ कमर्सियल मोडल, सौगात श्रेष्ठ र पूजा कार्की मोस्ट पपुलर, शुभम् भण्डारी र स्मृति ओली होप इन्टरनेसल एजुकेसनका ब्रान्ड एम्बेसडर, शुभम् भण्डारी र स्नेहा पोखरेल फेस अफ ओखतीका रूपमा छनौट भएका थिए ।

प्रतियोगिताका विजेताहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन सप्ताहमा आफ्नो उपस्थिति देखाउने छन् । यसका साथै दक्षिण कोरियामा आयोजना हुने एलबीएमए अवार्ड, गोवामा आयोजना हुने इन्टरनेसनल फेसन विक लगायत नेपालमा हुने विभिन्न फेसन सोमा अवसर पाउने छन् ।

प्रतियोगितामा शैलजा अधिकारी, सुरज सिंह ठकुरी, माल्भिका सुब्बा, डा। आयुष्मान घिमिरे र इन्टा श्रेष्ठ निर्णायक रहेका थिए । नेक्स्ट मोडल्स नेपालले आयोजना गरेको यो प्रतियोगिताको निर्देशन रवि धमला र एत्ना पाण्डेले गरेकी थिइन् । प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए ।



Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

नङको सौन्दर्य बढाउन महिलाहरूले विभिन्न प्रकारका नेल पेन्टको प्रयोग गर्छन् । यसले हातको सौन्दर्य मात्र बढाउँदैन, तपाईँको समग्र लुक सुधार्न

मौसम परिवर्तनको पहिलो प्रभाव वार्डरोबमा पर्छ। मौसम परिवर्तन हुने बित्तिकै, एक व्यक्तिले आफ्नो वार्डरोब पूर्ण रूपमा परिवर्तन गर्दछ। यदि यो

सुन्दर देखिने रहर कसलाई नहोला र ! हरेक मानिस शारीरिक रूपमा सुन्दर देखिन चाहन्छन् । तर, खानपान र हेरचाहमा ख्याल

आयुर्वेदले पनि मेथीको दानाको शक्तिलाई स्वीकार गरेको छ। यी साना पहेँलो रङका बीउहरू यति शक्तिशाली हुन्छन् कि यसले धेरै रोगहरूबाट

Suggested