English

राना थारूको होली एक सातासम्म



कञ्चनपुर र कैलालीमा मात्रै बसोबास रहेको राना थारू समुदायले सोमबारदेखि विधिवत् रूपमा परम्परागत होली खेल्न सुुरु गरेका छन् । कुनै समय एक महिनासम्म आफ्नो पहिरन र आफ्नै भाषामा विभिन्न गीत गाएर समूहमा खेलिने राना थारू होलीमा पछिल्लो समय डिजेलगायत म्युजिकको पनि साथ लिने गरिएको छ ।

भीमदत्त नगरपालिका–१९, बागफाँटाका साहेब रानाले होरी पर्वका अवसरमा हरेक घरबाट गुइँठा र तोरीको सुकेको डाँठ चोरेर गाउँभन्दा खुला क्षेत्रमा थुपार्ने प्रचलन कायम रहेको बताए ।

‘चोरेको गुइँठा र तोरीको डाँठ थुपारेर होलीका बनाई चीर दहन गर्ने चलन पनि छ’, रानाले भने, ‘होलीको अन्तिम दिन भुसेन (देवताको मन्दिर)मा चराई गरेर विसर्जन गरेपछि विधिवत् रूपले होली सकिन्छ ।’

जीवन शैली परिवर्तन भएसँगै समुदायको मौलिक पर्व लोप हुने चिन्ता रहेको स्थानीयवासी राना थारू अगुवाहरूमा छ । राना थारू समाज, युवा क्लबहरुले यतिबेला यहाँका थारू बस्तीहरूमा होली आयोजना गरी कलासंस्कृति र परम्पराको संरक्षणमा जोड दिइरहेका राना थारू घरबास (होमस्टे) का सचिव चेतराम रानाको भनाइ छ ।

होली पर्वमा वर्ष दिनभरिको दुःख बिर्सेर रमाउने, आफन्तसँग भेटघाट गर्ने र मीठो मिष्ठान्न खाने गरेको सचिव रानाले बताए । युवायुवतीले रातिको समयमा होरी नाचगान गरेर पर्व मान्ने प्रचलनलाई थारू समुदायमा जिउँदो होलीको सङ्ज्ञा दिइन्छ । अहिले पनि राना थारू समुदायले एक साताभन्दा बढी समयसम्म होली मनाउने गरेका छन् । रासस

तस्विरः राना थारू डटकम



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

हङकङमा गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङ युथ फोरमको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । “रक्तदान गरौं, जीवन बचाऔं”

Latest










Popular
Suggested