राना थारूको होली एक सातासम्म



कञ्चनपुर र कैलालीमा मात्रै बसोबास रहेको राना थारू समुदायले सोमबारदेखि विधिवत् रूपमा परम्परागत होली खेल्न सुुरु गरेका छन् । कुनै समय एक महिनासम्म आफ्नो पहिरन र आफ्नै भाषामा विभिन्न गीत गाएर समूहमा खेलिने राना थारू होलीमा पछिल्लो समय डिजेलगायत म्युजिकको पनि साथ लिने गरिएको छ ।

भीमदत्त नगरपालिका–१९, बागफाँटाका साहेब रानाले होरी पर्वका अवसरमा हरेक घरबाट गुइँठा र तोरीको सुकेको डाँठ चोरेर गाउँभन्दा खुला क्षेत्रमा थुपार्ने प्रचलन कायम रहेको बताए ।

‘चोरेको गुइँठा र तोरीको डाँठ थुपारेर होलीका बनाई चीर दहन गर्ने चलन पनि छ’, रानाले भने, ‘होलीको अन्तिम दिन भुसेन (देवताको मन्दिर)मा चराई गरेर विसर्जन गरेपछि विधिवत् रूपले होली सकिन्छ ।’

जीवन शैली परिवर्तन भएसँगै समुदायको मौलिक पर्व लोप हुने चिन्ता रहेको स्थानीयवासी राना थारू अगुवाहरूमा छ । राना थारू समाज, युवा क्लबहरुले यतिबेला यहाँका थारू बस्तीहरूमा होली आयोजना गरी कलासंस्कृति र परम्पराको संरक्षणमा जोड दिइरहेका राना थारू घरबास (होमस्टे) का सचिव चेतराम रानाको भनाइ छ ।

होली पर्वमा वर्ष दिनभरिको दुःख बिर्सेर रमाउने, आफन्तसँग भेटघाट गर्ने र मीठो मिष्ठान्न खाने गरेको सचिव रानाले बताए । युवायुवतीले रातिको समयमा होरी नाचगान गरेर पर्व मान्ने प्रचलनलाई थारू समुदायमा जिउँदो होलीको सङ्ज्ञा दिइन्छ । अहिले पनि राना थारू समुदायले एक साताभन्दा बढी समयसम्म होली मनाउने गरेका छन् । रासस

तस्विरः राना थारू डटकम



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ मा वेस्ट भिडियो अफ द इयरको उपाधि टिम डुलुवाको ‘दि नर्थन वालले’ जितेको

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ को ‘ग्राण्ड फिनाले’ मा विभिन्न कलाकारहरूले प्रस्तुति दिने भएका छन् । वि विल

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ को ‘ग्राण्ड फिनाले’ जेठ १३ गते (शनिबार) साँझ ४ः३० बजे हुने भएको छ

नेपालको पर्यटन प्रवर्द्धनका लागि युवा पत्रकार तथा कलाकारको टोलीले ‘ताप्लेजुङ–दार्चुला पर्यटन प्रवर्द्धन टूर’ गर्ने भएका छन् । एनटीपी मल्टिमिडिया ग्रुपको