नुनले अरू के के काम गर्छ



नुनलाई हामीले दैनिक खानाको स्वाद बढाउनका लागि मात्र प्रयोग गर्दै आएका छौँ । तर नुनलाई खानामा मात्र नभएर औषधोपचार र विभिन्न घरेलु समस्याहरूको समाधानमा पनि प्रयोग गर्न सकिन्छ भन्ने कुराको कमैलाई जानकारी होला । नुनको निर्माणमा सोडियम क्लोराइडद्वारा भएको हुन्छ र यो एक किसिमको खनिज पदार्थ पनि हो । त्यसैले नुनलाई हामी अन्य काममा पनि प्रयोग गर्न सकेमा हामीलाई थप फाइदा समेत हुने छ ।

हातको गन्ध हटाउन

तरकारीहरू लसुन, प्याज आदी काटेपछि हातमा त्यसको गन्ध आउन सक्छ । यदि यो गन्ध तपाईँलाई मन पर्दैन भने नुनमा थोरै भिनेगर मिसाएर हातमा केही बेर मोलेर पानीले धुँदा हातमा रहेको लसुन र प्याजको गन्ध हराएर जान्छ ।

कपडाको दाग हटाउन

कपडामा लागेको दागलाई हटाउन पनि नुनको प्रयोग गर्न सकिन्छ । कपडामा कुनै किसिमको दाग लागेको छ भने उक्त कपडालाई नुन पानीमा करिब एक घण्टा भिजाएर राख्नुहोस् । उक्त कपडालाई मिचेर सफा पानीले पखाल्नु होस । यसो गर्दा कपडामा लागेको दाग हटेर जानुका साथै कपडा चम्किलो समेत हुन्छ ।

बेसन सफा गर्न

नुनलाई बेसन सफा गर्नका लागि पनि प्रयोग गर्न सकिन्छ । बेसनमा लागेका दाग हटाउन चाहनुहुन्छ भने नुन र तातो पानीको घोल बनाएर सफा गर्नुहोस् । यसले बेसनमा जमेको फोहोर र तेल सजिलै सफा गर्छ ।

फलफूललाई ताजा राख्न

फलफूललाई लामो समयसम्म ताजा राख्नका लागि नुनको प्रयोग गर्न सकिन्छ । नुनको प्रयोगले फलफूललाई लामो समयसम्म कुहिनबाट बचाउ छ । फलफूलको ब्रोक्रालाई छोडाएर त्यसमा नुन छरेर राख्दा उक्त फलफूल ताजा हुनुका साथै कुहिन वाट पनि जोगाउँछ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

आकस्मिक गर्भनिरोधक साधनको प्रयोग असुरक्षित यौनसम्पर्क हुँदा वा परिवार नियोजनको अस्थायी साधनको असफलतापछि अनावश्यक गर्भ रोक्ने सुरक्षित र सरल तरिका

फोक्सो क्यान्सर महिला र पुरुष दुवैमा मृत्युको प्रमुख कारण बन्दै आएको छ । जब फोक्सोका कोषहरुको असामान्य वृद्धि भएर तिनले

निमोनिया भनेको फोक्सोमा किटाणुले संक्रमण गर्नु हो । निमोनियाको संक्रमण भएपछि फोक्सोको हावा थैलीहरु सुन्निन्छ । विशेषगरी नवजात शिशुहरु निमोनियाको

डा. अबशेष भण्डारी, पेट तथा कलेजो रोग विशेषज्ञ दसैं त सकियो । अर्को ठूलो चाड तिहार आउने तरखरमा छ ।