English

कुन्ती र द्रौपदीसँग सम्बन्धित एउटा किस्सा



कुन्ती द्रौपदीसँग सम्बन्धित एउटा किस्सा छ । जंगलको बीचमा पाण्डवहरूको झुपडी थियो । एक दिन कुन्ती खाना बनाउँदै थिइन् । द्रौपदीले उनलाई यो काममा सहयोग गरिरहेकी थिइन् । त्यतिबेला द्रौपदी नयाँ बुहारी थिइन् ।

खाना तयार भएपछि कुन्तीले द्रौपदीलाई भनिन्, ‘हामीले यो खाना बाँड्नुपर्छ, कसरी बाँड्ने म बताउँछु । यो खाना तीन भाग लगाउनुपर्छ। पहिलो भाग देवता र ब्राह्मणहरूलाई अर्पण गर्नुपर्छ । दोस्रो भाग हाम्रो वरपरका र हामीमा निर्भर हुनेहरूलाई अर्पण गर्नुपर्छ । तेस्रो भागको आधा भागलाई एक तर्फबाट निकाल र बाँकी आधालाई ६ भाग लगाऊ ।’

परिवार र समाजको कल्याणको लागि खाद्यान्नको उचित वितरण आवश्यक छ ।

द्रौपदीले भानिन्, ‘मैले यो बुझिन ।’ कुन्तीले भानिन् , ‘अब भाग लगाऊ । यी ६ भाग युधिष्ठिर, अर्जुन, नकुल, सहदेव, मेरो र तिम्रो लागि हुन् र आधा भाग भीमको हो । भीमलाई खानाको अधिक आवश्यकता छ ।‘ पूरा परिवारको आधा-आधा भाग भीमको लागि निकालिन्छ ।
कुन्तीले फेरि भनिन्, ‘म यसरी नै खाना बाँड्छु, अबदेखि तिमीले पनि हरेक दिन खाना बाँड्नुपर्छ ।’

निचोड

कुन्ती र द्रौपदीको यो किस्साले हामीलाई खाना बाँड्नु धेरै महत्त्वपूर्ण छ भन्ने सिकाउँछ । परिश्रम गरेर घरमा जति खानेकुरा ल्याउँछौं, परिवारसँगै त्यो खानेकुरामा ती व्यक्तिको पनि सहभागिता हुन्छ जसले खाना पाउँदैनन् । घरमा काम गर्नेले पनि खाना पाउनुपर्छ । परिवारका प्रत्येक सदस्यले आफ्नो भोक अनुसारको खाना पाउनुपर्छ । परिवार र समाजको कल्याणको लागि खाद्यान्नको उचित वितरण आवश्यक छ ।
यो पनि
प्रेम सम्बन्ध कसरी हुन्छ ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested