English

घट्दै संक्रमणः ८३६ जनामा संक्रमण हुँदा १,८२६ जना निको



नेपालमा थप ८ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ हजार ८ सय २६ जना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ६ हजार ६ सय ५४ नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी, पछिल्लो २४ घन्टामा थप ४ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ८ सय ८२ पुगेको छ ।

नेपालमा हाल २६ हजार १सय २ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । जसमा २५ हजार १ सय ४१ जना संक्रमित होम आइसोलेसन र ९ सय ६१ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै, २ सय संक्रमितको आईसीयु र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यो पनि…
कत्तिको खतरनाक छ ओमिक्रोन ? यस्ता हुन्छन् लक्षण
काठमाडौंमा कोरोना बुस्टर डोज, कहाँ–कहाँ छ खोप केन्द्र ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

विगत आठ वर्षदेखि सञ्चालन हुँदै आइरहेको यस सृजना सूत्रले विभिन्न क्षेत्रमा रोजगार सृजना गर्दै आइरहेको छ। पाँच हजार भन्दा पनि

काठमाडौं । कानुनी संरचनाको दृष्टिले हेर्दा नेपाल राष्ट्र बैंक आज पनि स्वायत्त निकायकै रूपमा परिभाषित छ। तर व्यवस्थाको व्यवहारिक धरातलमा

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

Latest










Popular
Suggested