English

महात्मा गान्धीका १० प्रेरणादायी विचारहरू



महात्मा गान्धी भारतका एक कुशल राजनेता थिए । अझै भन्नु पर्दा उनी विश्वले नै चिन्ने एक प्रेरणादायी व्यक्तित्व पनि हुन् । अङ्ग्रेजहरूलाई भारतबाट फिर्ता पठाउन सफल उनी सत्य र अहिंसाका पुजारी मानिन्छन् । उनका चिन्तन र विचारहरू अझै पनि प्रेरणादायी मानिन्छन् ।

१. तिमीले संसारलाई जस्तो किसिमले परिवर्तन भएको देख्न चाहन्छौँ, पहिला तिमी स्वयं परिवर्तन हुनुपर्नेछ ।

२. पुस्तक र मोतीमा यती फरक छ कि मोती बाहिर चम्कन्छ भने पुस्तक अन्तर स्करणमा ।

३. यसरी बाँच कि तिमी भोलि नै मर्दै छौ । तर यसरी सिक कि तिमी सदैभरि बाँच्दै छौ ।

४. सात घनघोर पाप काम बिनाको धन, विवेक बिनाको खुसी, मानवता बिनाको विज्ञान, चरित्र बिनाको ज्ञान, सिद्धान्त बिनाको राजनीति, नैतिकता बिनाको व्यवसाय, त्याग बिनाको पूजा ।

५. जहाँ प्रेम छैन त्यहाँ जीवन पनि हुँदैन ।

६. कुनै कामले मनलाई आनन्द दिनु, प्रार्थना गर्नका लागि झुकेका हजार शिर भन्दा राम्रो हो ।

७. पापसँग घृणा गर्नुहोस् र पापीसँग प्रेम गर्नुहोस् ।

८. एक सभ्य तरिकाले तपाई सम्पूर्ण विश्वलाई हल्लाउन सक्नुहुन्छ ।

९. यदि तिमी अल्पमतमै छौ भने पनि सत्य भनेको सत्य हो ।

१०. मेरो अनुमति विना कसैले पनि मलाई पिडा दिन सक्दैन ।



सम्बन्धित खबरहरु

लोकप्रिय गायक करण परियारको सुमधुर स्वरमा सजिएको नयाँ आधुनिक नेपाली गीत “ढाँटछेउ कतिलाई” सार्वजनिक भएको छ। नेपाली सांगीतिक क्षेत्रमा निरन्तर

वैशाख २९ गते बौद्ध पिपलबोट हुँदै चाबहिलको चुच्चेपाटीसम्म पौराणिक बुद्ध मूर्तिसहित ¥याली निकालिने श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीले जनाएको

नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु गरिएको छ । काभ्रेको सुनकोशी नदीको दोलालघाटदेखि पचुवारघाट्सम्म विस्तार गरिएको यो सेवा साहसिक

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

Popular
Suggested