English

बिहीबार पनि सेयरमा दोहोरो अंकको गिरावट



आज साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११.९६ अंकले घटेको हो । यससँगै नेप्से परिसूचक २८ सय १ अंकमा आइपुगेको छ ।

यसै क्रममा आज तीन अर्ब ८२ करोड ९५ लाख रुपैयाँ बराबरको ६९ लाख ५० हजार कित्ता सेयर किनबेच भएको छ । नेप्से परिसूचक दोहोरो अंकले घटे पनि आज तीन समूहको सूचक बढेको छ ।

व्यापार समूहमा ४६ अंकको सुधार आउँदा अन्य समूह १२ अंकले र म्युचुअल फण्ड समूहमा सामान्य सुधार आएको छ । यसबाहेक, अन्य सबै समूहमा गिरावट आएको छ ।

निर्जीवन बीमा कम्पनी समूह सबैभन्दा धेरै ८१ अंकले घटेको छ भने लघुवित्त समूहमा ३७ अंकको गिरावट आएको छ । यस्तै, विकास बैंक समूह २८ अंकले र जलविद्युत् समूह २७ अंकले घटेको छ ।

यो पनि…
सेयर बजार राताम्मे
१०० अंकले नेप्से घट्दा बजार राताम्मे



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

स्विट्जरल्यान्डमा भएको जेनेभा मोटर सोमा चिनियाँ बिवाइडी ब्रान्डका दुईवटा मोडलका गाडी टप थ्रीमा परेका छन् । ‘वल्र्ड कार अवार्ड २०२४’ का

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

हिमालय एअरलाइन्स्, नेपालको पहिलो र एक मात्र IOSA (IATA अपरेशनल सेफ्टी अडिट) मा दर्ता भएको वायुसेवा बनेर नेपालको उड्डयन क्षेत्रको