English

बिहीबार पनि सेयरमा दोहोरो अंकको गिरावट



आज साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११.९६ अंकले घटेको हो । यससँगै नेप्से परिसूचक २८ सय १ अंकमा आइपुगेको छ ।

यसै क्रममा आज तीन अर्ब ८२ करोड ९५ लाख रुपैयाँ बराबरको ६९ लाख ५० हजार कित्ता सेयर किनबेच भएको छ । नेप्से परिसूचक दोहोरो अंकले घटे पनि आज तीन समूहको सूचक बढेको छ ।

व्यापार समूहमा ४६ अंकको सुधार आउँदा अन्य समूह १२ अंकले र म्युचुअल फण्ड समूहमा सामान्य सुधार आएको छ । यसबाहेक, अन्य सबै समूहमा गिरावट आएको छ ।

निर्जीवन बीमा कम्पनी समूह सबैभन्दा धेरै ८१ अंकले घटेको छ भने लघुवित्त समूहमा ३७ अंकको गिरावट आएको छ । यस्तै, विकास बैंक समूह २८ अंकले र जलविद्युत् समूह २७ अंकले घटेको छ ।

यो पनि…
सेयर बजार राताम्मे
१०० अंकले नेप्से घट्दा बजार राताम्मे



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

Latest










Popular
Suggested