English

ललितपुरको मुक्तिनाथ धाममा बढ्न थाले भक्तजन



ललितपुरको गोदामचौ ढुंगेसाँघुस्थित नवनिर्मित मुक्तिनाथ धाममा हिजोआज हरेक दिन बिहान दर्शनार्थीको भीड लाग्न थालेको छ । स्थानीय जागरुक युवाहरूले मुक्तिनाथ मन्दिर निर्माण गरेपछि धार्मिक पर्यटकहरूको आकर्षण बढ्न थालेको हो ।

ढुंगासाँघु टोलसुधार समितिका अध्यक्ष राधाकृष्ण कार्की दिनमा पाँचदेखि ६ हजारसम्म दर्शनार्थी आउने गरेको बताउँछन् । उनले भने, ‘आजकल कोरोनाका कारण केही भीड घटेको छ । दिनमा दुई लाख १४ हजारसम्म चन्दा उठेको छ ।’

गणेश, शिव, रामसीता सप्तऋषि, मुक्तिनाथ, भुदेवी र श्रीदेवीको मूर्ति स्थापना गरिएको छ । मन्दिरसँगै १ सय ८ धारा पनि राखिएको छ । २०७४ सालमा भुवन व्यासद्वारा सप्ताह महायज्ञ आयोजना गरेर २९ लाख ५० हजार उठेपछि यहाँ मुक्तिनाथ धाम निर्माण गरिएको स्थानीय रमेश केसीले बताए ।

पछिल्लो समय मन्दिरमा भीड लाग्दा सवारी पार्किङ गर्न कठिन भएकाले व्यक्तिको खेतमा गाडी राख्नुपरेको उनको भनाइ छ । कार्कीका अनुसार मन्दिरमा दिनभरि नै दर्शनार्थीहरू आइरहन्छन् । दिनभर भजन गुञ्जिन्छ ।

गणेश, शिव, रामसीता सप्तऋषि, मुक्तिनाथ, भुदेवी र श्रीदेवीको मूर्ति स्थापना गरिएको छ । मन्दिरसँगै १ सय ८ धारा पनि राखिएको छ । २०७४ सालमा भुवन व्यासद्वारा सप्ताह महायज्ञ आयोजना गरेर २९ लाख ५० हजार उठेपछि यहाँ मुक्तिनाथ धाम निर्माण गरिएको स्थानीय रमेश केसीले बताए ।

मन्दिर निर्माण गर्न विभिन्न निकाय र दानवीर दाताहरूको सहयोगमा एक करोड ३८ लाख रुपैयाँमा यो मन्दिर निर्माण गरिएको हो । मुक्तिनाथ दर्शन गर्न जान नसक्नेका लागि यो धाम प्रख्यात हुँदै आएको छ । केसी अनुसार यहाँ पिकनिक स्पट, कागबेनीको मन्दिर निर्माण गर्ने योजना छ ।

२०७२ सालमा सयौं स्थानमा तातो ढुंगा भेटेपछि नागको मूर्ति स्थापना गरिएको केसी बताउँछन् । मन्दिर बनाउन दुई वर्ष लागेको ढुंगासाँघु टोलसुधार समितिका अध्यक्ष कार्की बताउछन् ।

जुजुभाइ महर्जनले पसल गरेर बस्ने यस ठाउँमा गणेशको मन्दिर बनाएको इतिहास छ । पछि आएर यहाँ पशुपनिनाथ मन्दिर, रामसीता र सप्तऋषिको मन्दिर स्थापना गरिएको थियो । ५० वर्षअघि ढुंगेसाँघु यस क्षेत्रको व्यापारिक केन्द्र रहेका रमेश बताउँछन् । उनका अनुसार यही बाटो हुँदै काभ्रे, भक्तपुर,सिन्धुपाल्चोकलगायत ठाउँबाट दक्षिणतर्फ हेटौडा प्रवेश मार्गसमेत थियो ।

२०७२ सालमा सयौं स्थानमा तातो ढुंगा भेटेपछि नागको मूर्ति स्थापना गरिएको केसी बताउँछन् । मन्दिर बनाउन दुई वर्ष लागेको ढुंगासाँघु टोलसुधार समितिका अध्यक्ष कार्की बताउछन् ।

यस क्षेत्रमा ठूल्ठूला ढुंगा पाइन्छन् । कृष्ण मन्दिर बनाउदा यहाँको ढुंगा लागेको जनश्रुति रहेको उनले स्मरण सुनाए । विशंखु नारायणको थान नजिकै रहेका गायत्री कुण्डबाट बग्ने गोमती नदिमा ऐतिहासिक ठूलो ढुंगाको साँघु थियो । त्यो ढुंगा ९० सालको भूकम्पले खसेको र काठको साँघु राखिएको थियो । पछिल्लो समय यो ढुंगा संरक्षणका लागि पुलमा राखिएको छ । मन्दिरलाई नदी कटानबाट जोगाउन पर्खाल लगाउन, आगन्तुकलाई दिनभर भुलाउन पिकनिक स्थल बनाउन र पार्किङ स्थल बनाउने योजना अघि बढ्ने केसी बताउँछन् ।

मन्दिरका कारणले गाँउहरुले आफै व्यावसायी बन्ने अवसर पाउन थालेका छन् । काम खोज्न अन्त जानुपर्ने अवस्था छैन । आन्तरिक पर्यटकहरूको आकर्षणसँगै गाउँमा होमस्टे, होटलको महसुस हुन थालेको छ ।

मन्दिर बनेपछि ढुंगेसाँघु परिवर्तन

मुक्तिनाथ धाम निर्माणपछि ढुंगेसाँघुको जनजीवनमै परिवर्तन आउन थालेको कार्की बताउँछन् । उनका अनुसार मन्दिर आपपास पूजा पसल र अन्य फुटपाथका सामान बेच्ने क्रम सुरु भएको छ । मन्दिरका कारणले गाँउहरुले आफै व्यावसायी बन्ने अवसर पाउन थालेका छन् । काम खोज्न अन्त जानुपर्ने अवस्था छैन । आन्तरिक पर्यटकहरूको आकर्षणसँगै गाउँमा होमस्टे, होटलको महसुस हुन थालेको छ ।

ढुंगेसाँघु जान लगनखेलबाट गोदामचौर जाने बस समात्न सकिन्छ । सातदोबाटोबाट हात्तीवन, हरिसिद्धि, ठैव, बाँडेगाउँ हुँदै गोदामचौर निस्केर आफ्नै सवारीसाधन हुनेहरु जान सक्छन् । गोदामचौर मुख्य चोकबाट केही तल मोटरबाटो हुँदै झरेपछि ढुंगेसाँघु स्वागत द्वार भेटिन्छ । यही स्वागत द्वारबाट ओरोलो मोटरबाटो पाँच सय मिट तल पुगेपछि ढुंगेसाघु गाउँ पुगिन्छ ।

यो पनि…
पशुपतिनाथ मन्दिर शुक्रबारदेखि खुला गर्ने निर्णय
मिथिला पर्व र परम्परा लोप हुँदै गएकामा बुढापाका चिन्तित



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested