English

हलेसी मन्दिरको गेटमा तेस्राेपल्ट ताला



खोटाङको त्रि-धार्मिकस्थल हलेसी मन्दिर प्रवेशमा रोक लगाइएको छ । कोभिडको महामारी बल्झिएपछि हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानमा रहेको हलेसी मन्दिरको गेटमा ताला लगाइएको हो ।

प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालको संयोजकत्वमा ५ माघमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीएमसी)को बैठकको निर्णयअनुसार अर्को व्यवस्था नभएसम्मका लागि हलेसीको गेटमा ताला लगाइएको हलेसी महादेवस्थान विकास समितिका सदस्य सचिव सर्वधन बस्नेतले बताए ।

दैनिक बिहान र बेलुका हुँदै आएको नित्य-नैनित्य पूजालाई भने निरन्तरता दिने गरी हलेसी मन्दिर प्रवेशमा रोक लगाइएको हो । हलेसीमा उपस्थित हुने दर्शनार्थी एवं तीर्थयात्रीको भीडभाडका कारण एक अर्कामा कोभिडको संक्रमण फैलने खतरा बढेकाले हलेसी मन्दिर बन्द गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए । यसबीचमा हलेसी दर्शनमा आएका दर्शनार्थी एवं तीर्थयात्रीले गेट बाहिरबाटै दर्शन र पूजाआजा गर्नुपर्ने छ ।

कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा सहयोग पुर्‍याउने उद्देश्यले हलेसी प्रवेशमा रोक लगाइएको यो तेस्राेपल्ट हो । कोभिडको महामारीका क्रममा बन्द गर्नु अगाडि हलेसी गुफा कहिल्यै बन्द भएको थिएन ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिएमसी)को बैठकले हलेसी मन्दिरलगायत सबै मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका धार्मिकस्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरी नित्य पूजा, ध्यान र प्रार्थना मात्र गर्ने-गराउने निर्णय गरेको थियो ।

यो पनि
तीन सय वर्ष पुरानो बालकुमारीको मूर्ति चोरी
पाथीभरा दर्शन : तीर्थयात्रीको आवतजावत बढ्यो



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो

डा. गुरूप्रसाद सुवेदी हामीले महादेवको पूजा गर्दा जहिल्यै शिवलिङ्गको पूजा गरेको देखेका छौँ । तर यसको वास्तविक अर्थ के हो