English

हलेसी मन्दिरको गेटमा तेस्राेपल्ट ताला



खोटाङको त्रि-धार्मिकस्थल हलेसी मन्दिर प्रवेशमा रोक लगाइएको छ । कोभिडको महामारी बल्झिएपछि हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानमा रहेको हलेसी मन्दिरको गेटमा ताला लगाइएको हो ।

प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालको संयोजकत्वमा ५ माघमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीएमसी)को बैठकको निर्णयअनुसार अर्को व्यवस्था नभएसम्मका लागि हलेसीको गेटमा ताला लगाइएको हलेसी महादेवस्थान विकास समितिका सदस्य सचिव सर्वधन बस्नेतले बताए ।

दैनिक बिहान र बेलुका हुँदै आएको नित्य-नैनित्य पूजालाई भने निरन्तरता दिने गरी हलेसी मन्दिर प्रवेशमा रोक लगाइएको हो । हलेसीमा उपस्थित हुने दर्शनार्थी एवं तीर्थयात्रीको भीडभाडका कारण एक अर्कामा कोभिडको संक्रमण फैलने खतरा बढेकाले हलेसी मन्दिर बन्द गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए । यसबीचमा हलेसी दर्शनमा आएका दर्शनार्थी एवं तीर्थयात्रीले गेट बाहिरबाटै दर्शन र पूजाआजा गर्नुपर्ने छ ।

कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा सहयोग पुर्‍याउने उद्देश्यले हलेसी प्रवेशमा रोक लगाइएको यो तेस्राेपल्ट हो । कोभिडको महामारीका क्रममा बन्द गर्नु अगाडि हलेसी गुफा कहिल्यै बन्द भएको थिएन ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिएमसी)को बैठकले हलेसी मन्दिरलगायत सबै मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका धार्मिकस्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरी नित्य पूजा, ध्यान र प्रार्थना मात्र गर्ने-गराउने निर्णय गरेको थियो ।

यो पनि
तीन सय वर्ष पुरानो बालकुमारीको मूर्ति चोरी
पाथीभरा दर्शन : तीर्थयात्रीको आवतजावत बढ्यो



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । सर्जक मनिष गहतराज र संगीत संयोजक निरज रास्कोटीको संयुक्त प्रयासमा तयार भएको भजन गीत ‘गोविन्द गोपाल श्याम’ सार्वजनिक

वैशाख १२ गते । केके मानन्धर ।न्हापांगु पलाः नेवाः मिसा पुचःको आयोजनामा काठमाडौंको हनुमानढोकामा भजन, सांस्कृतिक तथा सम्मान कार्यक्रम भव्य

सारांश:आगामी वर्ष नयाँ वर्ष २०८३ को अवसरमा भक्तपुरमा ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको ३३ पोखरी परिक्रमा कार्यक्रम आयोजना हुँदैछ। कार्यक्रमको

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

Latest










Popular
Suggested