English

तीन सय वर्ष पुरानो बालकुमारीको मूर्ति चोरी



ललितपुर सुनाकोठीस्थित बालकुमारीको मूर्ति चोरी भएको छ। महानगरीय प्रहरी बृत्त चापागाँउका डिएसपी टेकबहादुर कार्कीका अनुसार शनिबार राती बालकुमारीस्थित मन्दिरबाट मूर्ति हराएको हो।

बागमती प्रदेशसभाका सासंद राजकाजी महर्जनका अनुसार तीन सय वर्ष हाराहारी पुरानो मूर्तिमा स्थानीयले चढाएका गरगहनासमेत चोरी भएका छन्। उनले भने, मूर्ति चाही पित्तलको हो। तर, हाम्रा जिजुबराजुको पालाको।’ केही गहना भने लकर राख्ने गरिएको उनले बताए। मूर्ति रातको १ बजेदेखि २ बजेभित्र चोरी भएको महर्जनको भनाइ छ।

उनका अनुसार करिब २० वर्षअघि यो मूर्ति कुर्न स्थानीय राति मन्दिरमा सुत्ने गर्दथे। समस्या आएपछि त्याहा मूर्ति कुर्न पनि छोडिएको थियो। बालकुमारी चौरमासमेत बालकुमारी मन्दिर रहेको छ। यस मन्दिरलाई पिठ मानिन्छ। पिठ मन्दिरलाई आमा मानिन्छ भने सुनाकोठी बजार क्षेत्रमा रहेको मन्दिरलाई छोरी मानिन्छ।

हरेक वर्ष मंसिर र वैशाखमा यस मन्दिरमा जात्रा लाग्ने गर्छ। डिएसपी कार्कीले प्रहरीले घटनास्थल पुगेर घटना विवरण लिए लगत्तै अनुसन्धान सुरु गरिएको बताए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

मान्छेका विभिन्न रुचि हुन्छन्, त्यसमध्ये पुराना नोट, सिक्काको संकलन पनि एक हो । कतिपयले त यसैलाई आफ्नो पेशा नै बनाएका

शनिवारको दिन बाहिर कतै गएर मूड फ्रेस गर्ने मन कसलाई पो हुँदैन र ? तर घुम्न कता जाने भन्ने समस्या

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो