English

सिटीको जित, टोटनहम पराजित



इंग्लिस प्रिमियर लिग फुटबलको बुधबार राति भएको खेलमा शीर्ष टोली म्यानचेस्टर सिटीले सहज जित निकाल्दा टोटनहम भने पराजित भएको छ ।

घरेलु मैदान इतिहादमा सिटीको १९औं जितमा रियाद मेहरेज र केभिन डि ब्रुयनले एक एक गोल गरेपछि ब्रेन्टफोर्ड २-० ले पराजित भयो ।

खेलको ४०औं मिनेटमा रियादले पाएको पेनाल्टी सदुपयोग गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ६९औं मिनेटमा केभिनले गोल गर्दा सिटीले सहज जित पायो ।

जितसँगै सिटीले शीर्ष स्थानमा २४ खेलबाट ६० अंक बनाएको छ । दोस्रो स्थानको लिभरपुलको २२ खेलबाट ४८ अंक छ । पराजित ब्रेन्टफोर्ड २३ अंक सहित १४औं स्थानमा छ ।

यता, अर्को महारथी क्लब टोटनहम रोमान्चक खेलमा साउथह्याम्पटनसँग ३-२ ले पराजित भयो । आत्माघाती गोलसँगै१-० ले पछि परेको स्थितिमा पुनरागमन गर्दै साउथह्याम्पटनले छैटौं जित निकालेको हो ।

भ्रमणकारी टोलीको जितमा अर्मान्डो ब्राजा, मोहम्मद र चे एडाम्सले एक एक गोल गरे । टोटनहमका लागि हिङ मीन सनले गोल गर्दा साउथह्याम्पटका जान बेडनारेकले आत्माघाती गोल गरेका थिए ।

जितसँगै साउथह्याम्पटनले २३ खेलबाट २८ अंक सहित १०औं स्थानमा उक्लिएको छ । पराजित टोटनहम भने २१ खेलबाट २६ अंक बनाउदै सातौं स्थानमा छ र छैटौं स्थानमा उक्लने मौका गुमायो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested