English

एसईई परीक्षा वैशाख ९ देखि २० गतेसम्म, ५ लाख बढी विद्यार्थी सामेल हुँदै



माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि २० गतेसम्म हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालनको निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले मेरोलाइफस्टाइल डटकमलाई जानकारी दिए ।

कोरोना महामारीका कारण पढाइ प्रभावित भएकाले बोर्डले नियमित समयभन्दा एक महिना ढिलो परीक्षा ‘स्थानीय तहको निर्वाचनलाई ध्यान राख्दै परीक्षा तोकेका हौं,’ उनले भने, ‘विद्यालयमै निर्वाचन केन्द्र रहने र कर्मचारीहरु निर्वाचनमा खटिने भएकाले निकै सोचविचार गरेर परीक्षा तालिका तय गरेका हौं ।’

‘यसपाली ५ लाखभन्दा बढी विद्यार्थीहरु एसईईमा सहभागि हुँदैछन्,’ उनले भने, ‘थोरै जिल्ला बाहेक सबैमा परीक्षा केन्द्र तोक्ने काम अन्तिम चरणमा पुगिसक्यो ।’

परीक्षाका लागि केन्द्रले पूर्ण तयारी गरिरहेको छ । जसका लागि रजिष्ट्रेसन आवेदन र केन्द्र तोक्ने काम अन्तिम चरणमा पुगिसकेको उनले जानकारी दिए । ‘यसपाली ५ लाखभन्दा बढी विद्यार्थीहरु एसईईमा सहभागि हुँदैछन्,’ उनले भने, ‘थोरै जिल्ला बाहेक सबैमा परीक्षा केन्द्र तोक्ने काम अन्तिम चरणमा पुगिसक्यो ।’

कोरोना महामारीका कारण विगत २ वर्षयता एसईईको परीक्षा नभइ आन्तरिक मूल्यांकनबाट नतिजा सार्वजनिक गरिएको थियो । यसवर्ष पनि गत ७ माघदेखि २९ माघसम्म ओमिक्रोन भेरियन्टका कारण विद्यालय बन्द छन् । यद्यपि, सरकारले फागुन १ गतेबाट विद्यालय खोल्ने निर्णय गरेको छ । ‘अब फागुन र चैत विद्यालय पूर्ण खुल्छन् यो अवधिमा पठनपाठनलाई निरन्तरता दिनुपर्छ,’ उनले भने, ‘अब परीक्षा हुन्छ ।’

यो पनि…
शिक्षकलाई निजामती सरह सेवासुविधा
त्रिविको स्थगित परीक्षा फागुन १ देखि [तालिका]



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested