English

त्रिविको स्थगित परीक्षा फागुन १ देखि [तालिका]



कोभिड-१९ का कारण स्थगित भएका त्रिभुवन विश्वविद्यालयका परीक्षा फागुन एक गतेदेखि सञ्चालन हुने भएका छन्। त्रिवि परीक्षा नियन्त्रण कार्यालयले फागुनभित्र हुने आठ वटा परीक्षाको समयतालिका सार्वजनिक गरेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए।

बुधबार विभिन्न संकायका डिनसहित बसेको बैठकले स्थगित सबै परीक्षा फागुन एक गतेदेखि गर्ने निर्णय गरेर समय तालिका सार्वजनिक गरेको उनले बताए।

कार्यालयले वार्षिक परीक्षाअन्तर्गत विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फको चार वर्षे बीएस्सी तथा बीएड चौथो वर्षको नियमित तथा आंशिक परीक्षा गर्ने समय तालिका सार्वजनिक गरेको छ। तालिका अनुसार परीक्षा अपरान्ह १२ बजेदेखि तीन बजेसम्म हुनेछन्।

वार्षिक प्रणालीअन्तर्गतको कानुन संकायतर्फ तीन वर्षे एलएलबी प्रथम वर्षको नियमित (नयाँ पाठ्यक्रम) परीक्षा र तेस्रो वर्षको नियमिततर्फको परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ।

फागुन २ गतेदेखि तीन वर्षे शिक्षा संकाय तथा मानविकी संकायका स्नातक तहको तेस्रो वर्षको नियमित, आंशिक तथा प्राइभेट परीक्षा सञ्चालन हुनेछ। उक्त परीक्षा अपरान्ह १२ बजेदेखि हुनेछ।

फागुन २ गतेदेखि नै ४ वर्षे व्यवस्थापन, मानविकी, शिक्षाशास्त्र संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फ स्नातक तह प्रथम वर्ष नियमितर्फको परीक्षा सञ्चालन हुनेछ ।

उक्त परीक्षा अपरान्ह १२ बजेदेखि ३ बजेसम्म चल्नेछ । फागुन ९ गतेबाट ४ वर्षे वीएफए चौथो वर्षको पूरा तथा आंशिक तर्फको परीक्षा हुनेमा बिहान ७ बजेदेखि बिहान १० सम्म सञ्चालन हुनेछ।

फागुन १३ गतेदेखि शिक्षा संकाय तथा मानविकी तर्फको तीन वर्षे स्नातक तह तेस्रो वर्ष नियमित, आंशिक तथा प्राइभेटतर्फको परीक्षा कार्यालयले जनाएको छ। परीक्षा अपरान्ह १२ बजेदेखि ३ बजेसम्म चल्ने छ।

फागुन १३ गतेदेखि नै ४ वर्षे व्यवस्थापन, मानविकी, शिक्षा संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फको स्नातक तह प्रथम वर्ष नियमिततर्फको स्थगित परीक्षा सञ्चालन हुनेछ।

विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय र शिक्षा संकायको परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म र मानविकीतर्फको परीक्षा अपरान्ह १२ बजेदेखि तीन बजेसम्म हुनेछ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested