English

काँक्रोका ७ फाइदा



काँक्रोलाई स्वास्थ्यका दृष्टिकोणले राम्रो मानिन्छ । काँक्रोमा धेरै मात्रामा पानी पाइन्छ । सधैं काँक्रो खाँदा शरीरमा पानीको मात्रामा कमी हुँदैन । काँक्रोलाई प्रायः सलादको रूपमा प्रयोग गरिन्छ ।

फाइदा

-शरीरलाई स्वस्थ राख्छ

काँक्रोमा ९५ प्रतिशत पानी पाइन्छ । यसले शरीरमा पानीको मात्रालाई पूरा गर्छ । यसका साथै पानीको कमीबाट हुने स्वास्थ्य समस्यालाई पनि कम गर्छ ।

शक्ति दिन्छ

काँक्रो खाँदा शरीरमा शक्ति प्राप्त हुन्छ । काँक्रोले कोलेस्ट्रेलको स्तरलाई कम गर्छ । यसले गर्दा हृदय सम्बन्धित रोगबाट पनि बच्न सकिन्छ ।

-कोलेस्ट्रोललाई नियन्त्रण गर्छ

काँक्रोमा कोलेस्ट्रोलको मात्रा हुँदैन । यसमा भएको स्ट्रेरोल तत्त्वले कोलेस्ट्रोललाई कम गर्न मद्दत गर्छ । मुटुका बिरामीले दैनिक काँक्रो खानु फाइदा हुन्छ ।

-पाचन शक्ति बलियो बनाउँछ

काँक्रोमा फाइबर अत्यधिक पाइन्छ । यसले कब्जियतबाट मुक्ति दिन्छ । यसका साथै पेटसँग सम्बन्धित अन्य रोगलाई पनि न्युनिकरण गर्छ ।

-पथ्थरी हुनबाट बचाउँछ

दैनिक खानासँगै काँक्रो खानाले पथ्थरी हुनबाट बचिन्छ । यसले पित्तथैली र मिर्गौलामा हुने पथ्थरीबाट बचाउँछ । काँक्रोको रसलाई दैनिक २/३ पटक पिउनु राम्रो मानिन्छ ।

-उच्च रक्तचाप नियन्त्रण

उच्चरक्तचापबाट बच्नको लागि काँक्रो खानु राम्रो हो । यसमा भएका पानीको मात्राले शरीरलाई चिसो बनाइ राख्छ ।

-महिनावारीको पीडा कम

महिनावारीको समयमा अत्यधिक पीडा हुनेले दहीमा काँक्रोलाई मिसाई त्यसमा पुदिना, नुन, कालो मरिच, जिरा र हिङ हालेर खाँदा पीडाबाट मुक्ति मिल्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

दिमागको रक्तनली बन्द हुनु अथवा नली फुटेर रगत बाहिर बग्नुलाई मस्तिष्कघात अथवा स्ट्रोक भनिन्छ । यस्तो अवस्थामा शरीरको आधा भागलाई

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।

आफ्नो बिमारी साथीलाई कुरुवा बस्न महाराजगञ्ज स्थित शिक्षण अस्पताल पुगेका ज्ञानबहादुर लामाको टि–सर्टमा रगतको छिटा देखेपछि अस्पतालमा कार्यरत एक नर्सले