English

लामखुट्टे भगाउन घरको वरिपरि रोप्नुहोस् यी बिरुवा



प्रदूषण बढेसँगै लामखुट्टेको सङख्या पनि बढ्दै गएको छ । लामखुट्टेले हाम्रो शरीरमा टोक्दा डेंगु, मलेरिया जस्ता रोग लाग्ने सम्भावना पनि धेरै हुन्छ । यी लामखुट्टेबाट छुटकारा पाउन बजारमा धेरै थरिका उत्पादनहरू बजारमा उपलब्ध छन् । तर, ती स्वास्थ्यको लागि प्रभावकारी नहुन सक्छन् । तर, केही यस्ता बिरुवाहरू छन् जसले लामखुट्टेलाई प्राकृतिक रूपमा टाढा राख्छ ।

लेमन ग्रास

लेमन ग्रास बिरुवाको सुगन्ध हामी सबैलाई मन पर्छ । यो धेरै लामखुट्टेलाई भगाउनको लागि पनि प्रयोग गरिन्छ । हामी यसलाई हर्बल चियाको रूपमा प्रयोग गछौंँ जुन सुगन्धबाट लामखुट्टे टाढा भाग्छ ।

सयपत्री

सयपत्री फूलले घरको वातावरण सुन्दर राख्छ । लामखुट्टे तथा अन्य उड्ने किराहरूलाई भने यसको गन्ध मन पर्दैन ।

लसुन

लसुन खानामा प्रयोग गरिन्छ । लामखुट्टेलाई यसको गन्ध मन पर्दैन । त्यसैले, तपाईंले घर वरपर लसुन लगाउँदा लामखुट्टे भगाउन र खानामा पनि प्रयोग हुने हुँदा दोहोरो फाइदा हुन्छ ।

तुलसी

तुलसीले हावा सफा राख्नुका साथै साना किरा र लामखुट्टेलाई पनि टाढा राख्छ । तुलसीको पातलाई खाना पकाउँदा वा चियामा पनि प्रयोग गर्न सकिन्छ ।

यो पनि…
घर बनाउने सपना, ‘गुरु’ ले पार्छ साकार

इन्टेरियर डेकोरेसनले घरलाई सुन्दर बनाउनुहोस्



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

यमपञ्चकको दोस्रो दिन आज कुकुरको पूजा गरी कुकुर तिहार मनाइएको छ। वैदिक सनातन धर्ममा कुकुरलाई विशेष महत्व दिएर हेरिन्छ ।

जीवनमा समय धेरै महत्त्वपूर्ण छ । जीवनमा समयले मात्र सही बाटो देखाउँछ तर यसका लागि समयको सही दिशा हुनु आवश्यक

सोफाले हाम्रो बैठक कोठालाई आकर्षक बनाउने काम गर्छ। पाहुनाहरू घरभित्र पस्दा सबैभन्दा पहिले बैठक कोठाको सोफालाई ध्यान दिन्छन् । साथै,