English

रूसले युक्रेनमाथि अतिक्रमण गरे पाइपलाइन काटिदिने बाइडेनको चेतावनी



अमेरिकी राष्ट्रपति जोन बाइडेनले रूसले युक्रेनमा अतिक्रमण गरे जर्मनी जाने रसियाको ग्यास पाइप लाइन नोर्ड स्ट्रिम–२ बन्द गरिदिने चेतावनी दिएका छन् ।

करिब १,२०० किलोमिटर लामो साे ग्यास पाइपलाइन परियोजना बाल्टिक सागर हुँदै पश्चिमी रुसदेखि उत्तर–पूर्वी जर्मनीसम्म जान्छ । सन् २०१२ मा निर्माण सुरु गरिएको पाइप लाइन सन् २०२१ को सेप्टेम्बरमा सम्पन्न भएको थियो ।

जर्मन चान्सलर ओलाफ सोल्जसँग वासिंगटनमा कुराकानी गर्दै राष्ट्रपति बाइडेनले नोर्ड स्ट्रिम–२ बन्द गरिदिने बताएका हुन् ।

फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रो र रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनबीच मस्कोमा हालै भएको भेटवार्ताको पृष्ठिभूमिमा अमेरिकी राष्ट्रपतिको भनाइ सार्वजनिक भएको हो । म्याक्रों र पुटिनबीच सम्भावित युद्ध अन्त्य गर्ने विषयमा छलफल भएको थियो ।

रसियाले कुनै पनि बेला अतिक्रमण गर्न सक्ने पश्चिमेली देशहरुको त्रास छ । यद्यपी, रुसले युक्रेनमा तत्काल आक्रमणको कुनै योजना नभएको बताउँदै आएको छ । रसियाले युक्रेनसँगको सीमामा आफ्ना एक लाख सुरक्षाकर्मी तैनाथ गरेको छ ।

यो पनि
युक्रेन मामिला : अमेरिका र रसियाबीच आरोप-प्रत्यारोप
आक्रमणको झुटो भिडियो बनाएर रसियाले युक्रेन अतिक्रमणको प्रयास गर्यो : अमेरिका



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं : प्रिज्मा एड्भर्टाइजिङका संस्थापक/प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा क्रिएटिभ हेड रञ्जीत आचार्य १७औँ कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्ड

Latest










Popular
Suggested