English

कठ्याङ्ग्रिएर मर्न थाले मृग



नेपालको एकमात्रै शिकार आरक्ष ढोरपाटन शिकार आरक्षमा हिउँले कठ्याङ्ग्रिएर एक रतुवा (मृग) को मृत्यु भएको छ । शिकार आरक्ष क्षेत्रको माथिल्लो बुकी तथा जङ्गल क्षेत्रमा बाक्लो हिमपात भएपछि जाडो छल्न ढोरपाटन उपत्यका झरेको रतुवा हिउँमा फसेर मरेको हो ।

ढोरपाटन शिकार आरक्ष कार्यालयको उत्तरतर्फको जङ्गलमा मृतक रतुवा हिउँले पुरिएको अवस्थामा भेटिएको आरक्ष कार्यालयले जनाएको छ । उद्धार गरेर उपचार गर्ने क्रममा मृग मरेको ढोरपाटन शिकार आरक्ष केन्द्रका रेन्जर सुपुष्प रेग्मीले जानकारी दिइन् ।

हिउँमा फसेको अवस्थामा कुकुरले मृग फेला परेको थियो । एक वर्षको मृत मृग खाडलमा पुरिएको छ । शिकार आरक्षको बुकी क्षेत्रमा बाक्लो हिउँ पर्ने हुँदा माथिल्लो क्षेत्रमा रहने जङ्गली जनावर जाडो छल्न ढोरपाटन उपत्यकामा झर्छन् ।

तल्लो क्षेत्रमा झरेको बेला बाक्लो हिउँ पर्दा जङ्गली जनावर चिसोका कारण मर्ने गरेका छन् । लामो समय हिउँ नपग्लिएपछि कतिपय जनावर भोकको कारण पनि मर्छन् । अत्यधिक हिमपात र चिसोले ढोरपाटन क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।

शिकार आरक्ष जाने बुर्तिवाङ-ढोरपाटन शिकार आरक्ष केन्द्र सडकखण्डको सुप्राङबाट ढोरपाटन उपत्यकासम्मको खण्ड पूर्णरूपले अवरुद्ध बनेको छ । यातयात सञ्चालन पूर्ण अवरुद्ध भएको रेन्जर रेग्मीको भनाइ छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौं । बागमती, लुम्बिनी र मधेश प्रदेशमा रहेका युवा उद्यमीहरूका लागि ग्रीनसिफ्ट नेपाल परियोजनाले दिगो प्याकेजिङ कार्यक्रमअन्तर्गत विशेष अवसर सार्वजनिक

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

Latest










Popular
Suggested