होली : पहाडमा आज, तराईमा किन भोलि ?

'होली' होलिका दहनपछि शुरु भएको हो वा पहिल्यै थियो ?


फाल्गुण शुक्ल पूर्णिमाका दिन होली पर्व मनाइन्छ । यो पर्व नेपालमा दुई दिन मनाइन्छ । हिमाल र पहाडमा यो पर्व अघिल्लो दिन मनाइन्छ भने त्यसको भोलिपल्ट यो पर्व तराईमा धुमधामसँग मनाइन्छ । होली हुन त पूर्णिमाकै दिन मनाउनुपर्ने हो तर तराईमा र हिमाल, पहाडमा किन छुट्टा-छुट्टै दिन मनाइन्छ ? यो विषय धेरैका लागि रहस्य बन्न सक्छ । कुन दिन चाँहि होली मनाउन उपर्युक्त दिन हो त ? साथै तराई र पहाडमा होली, अर्थात् एकै चाड किन फरक-फरक दिनमा ? यस बारेमा जान्ने चासो धेरैलाई छ ।

तराई र पहाडमा किन फरक दिनमा होली ?

अब यो वास्तवमा फाल्गुण शुक्ल पक्षको पूर्णिमा तिथिमा मनाइन्छ । तर कुनै बेला दुई दिन नै पूर्णिमा तिथि पर्न सक्छ । यस्तो अवस्थामा जुन दिन पूर्णिमा धेरै छ, त्यो दिन नै होली हो । यसपटक यही १५ गते आईतवार धेरै पूर्णिमा तिथि रहेको छ । त्यसैले आईतवार नै होली मनाउनुपर्ने हो । तर अब तराईमा भोलिपल्ट मनाइन्छ, यो दिन तिथि कम छ ।

खासमा यसरी नै खेल्नुपर्छ भन्ने शास्त्रीय विधि हुँदैन, छैन । जस्तो जनैपूर्णिमामा जनै कसरी लगाउने, तर्पण कसरी गर्ने भन्नेजस्तो, कर्मकाण्डसँग सम्बन्धित रहेको मूल शास्त्रीय विधि छैन । यसलाई अहिले उत्सवको रूपमा मनाउनुपर्छ ।

मूलतः हामी सबै ॐ कारसँग सम्बन्धित छौँ । यसलाई अर्को पाटोबाट भन्दा ॐ कार सबैको मूल चिन्तन हो, सृष्टिको आरम्भ हो । कैलाश पर्वतबाट शिवसंस्कृति, शिव चिन्तन प्रकट भयो । केही शिव चिन्तन बोक्नेवाला हाम्रा संवाहक छन्, ती व्यक्तिहरू बिस्तारै जब अलग अलग प्रवृत्तिले अलग अलग स्थान, क्षेत्रतिर गए, त्यसपछि केही समूह हिमालयको उत्तरतिर गए, केही समूह दक्षिणतिर गए, पश्चिमतिर यसरी अलग अलग गए ।

नेपालमा अहिले तराई मूलतिरबाट आएका, जसलाई अचेल आर्य संस्कृतिवाला भन्छन् । ती कोही मंगोलतिरबाट आए, यसलाई हामीले वर्गीकरण गरेर भिन्दै हुन् भनेर हेर्ने एउटा पाटो हो । तर, यी सबैको मूल चिन्तन त शिव संस्कृति हो । किनभने उनीहरूमा कसैले आफूलाई आर्य भने होलान्, कसैले आफूलाई अरुथोक केही भने होलान् । ईरानीसमेत आर्यबाट आएको भनेर कुरा आइरहेको छ । यी सबैको मूल संस्कृति शिव संस्कृतिबाट कसैले कुन रूपमा शिवको उपासना गरे । कसैले किराँतको रूपमा शिवको उपासना गरे, यसमा शैली फरक भयो । तर, मूल चिन्तन एउटै हो । त्यसैले यी सबैको चिन्तन असत्यमाथि सत्यको जित अर्थात् सत्यको विजय हुन्छ भन्ने, चिन्तन भएको हुनाले यो पूर्णिमामा मनाइन्छ ।

वसन्त ऋतु भनेको जाडोबाट हामी अलिकति उज्यालो, अलिकति न्यानोपनको महशुस गर्छाैं । हाम्रा हरेक प्रकृतिको बोटवृक्षहरुले पनि फूल फुल्न थाले । यसैले ऋतुसँग होली जोडिएर आउँछ, प्रकृतिसँग होली जोडिएर आउँछ ।

नेपालमा र भारतमा मनाइने होली

पूर्णिमाको दिन मध्यराती होलिका दहन गरेर नेपालमा होली मनाइन्थ्यो तर भोलिपल्ट भने भारतमा मनाउने होली हो । हाम्रो तराईमा त्यही नजिक भएर मनाएको हुन सक्छ । तर भारतबाटै आयो भन्न पनि मिल्दैन । किनभने त्यहाँ पनि फरक परम्पराहरू छन् । भारतमा पनि जस्तै वृन्दावनको होलीसम्बन्धि प्रचलन धेरै फरक छ । त्यहाँ लौरोले हान्ने, सात दश दिनअघिबाट मनाउन थाल्ने ।


बनारसको पनि छुट्टै छ होली । गोरखपुर, बिहारको, बंगालको फरक छ, त्यो त्यहाँका परिवेशहरुले अनुकुल बन्दै र बनाउँदै जान्छ । त्यो पानी फेरिँदा भाषा र शैली फेरिन्छ भन्ने हाम्रो भनाइजस्तै यो फेरिएको मात्रै हो । यसको मूल चिन्तन भनेको सत्यको अन्तिममा विजय हुन्छ भन्ने हो । त्यो मूल चिन्तनले हामी एउटै सूत्रमा आवद्ध छौँ भन्ने मलाई लाग्छ ।

होलिका दहनपछि यो चिरोत्थान, झुत्रा, झाम्राहरू जलाउने काम हिरण्यकश्यप, प्रह्लाद र होलिकासँग सम्बन्धित छ ।

होली पहिला र अहिलेकोमा के फरक छ ?

हामी जो पहाडमा हुर्कियौं, त्यसमा अहिलेको जस्तो उन्माद देखाउने किसिमको केही हुँदैन थियो । सामन्यतया मनाइन्थ्यो । अहिले आधुनिक किसिमले वाद्यवादन बजाएर, नाचेर र अलिकति उन्मादको रूपमा र्‍याप गाएर उफ्रिने, उदण्डता देखाउने देखियो । फेरि अलिपछि आएर अब यसलाई उदण्डतातिर लैजानु हुँदैन भन्ने भावमा पनि अघि बढेको पाइन्छ ।

‘होली’ होलिका दहनपछि शुरु भएको हो वा पहिल्यै थियो ?

यसमा मलाई वैदिक संस्कृत परम्परामा त्यहाँभन्दा पहिला पनि यसै किसिमले मनाइएको थियो भन्ने जानकारी छैन । होलिका दहनपछि यो चिरोत्थान, झुत्रा, झाम्राहरू जलाउने काम हिरण्यकश्यप, प्रह्लाद र होलिकासँग सम्बन्धित छ । तर संस्कृतिले नयाँ रूप लिने क्रममा अरु धेरै कुराहरू पनि कारण बन्छन् ।

यी पुष्पोत्सव, वसन्त ऋतुहरुसँग यो जोडिएको हुनाले केही पर्वोत्सवहरू प्राचीनकालभन्दा पहिल्यैदेखि पनि चलि आएका थिए । तर, होलिकासँग निस्किँदा एउटा मिश्रित संस्कृतिले नयाँ रूप लियो । त्यसैले यही रूपमा चाँहि पछि आयो । तर यो पुष्पोत्सवको रूपमा भने पहिल्यै, पक्कैपनि प्राचीनकालमै थियो भन्ने कुरा प्राचीन ग्रन्थहरूमा भेटिन्छन् । विशेष गरी हेमन्त र शिशिरमा हाम्रा त्यति धेरै पर्व पनि छैनन् । त्यसैले, ऋतुहरूमा के सुहाउँछ, त्यो अनुसार प्रकृतिसँग जोडिएर आउने गर्छन् ।

नेपालमा अहिले तराई मूलतिरबाट आएका, जसलाई अचेल आर्य संस्कृतिवाला भन्छन् । ती कोही मंगोलतिरबाट आए, यसलाई हामीले वर्गीकरण गरेर भिन्दै हुन् भनेर हेर्ने एउटा पाटो हो ।

ऋतुसँग कसरी जोडियो होली ?

अब वसन्त ऋतु शुरु भयो । वसन्त ऋतु भनेको जाडोबाट हामी अलिकति उज्यालो, अलिकति न्यानोपनको महशुस गर्छाैं । हाम्रा हरेक प्रकृतिको बोटवृक्षहरुले पनि फूल फुल्न थाले । यसैले ऋतुसँग होली जोडिएर आउँछ, प्रकृतिसँग होली जोडिएर आउँछ ।

कसरी खेल्ने होली ?

खासमा यसरी नै खेल्नुपर्छ भन्ने शास्त्रीय विधि हुँदैन, छैन । जस्तो जनैपूर्णिमामा जनै कसरी लगाउने, तर्पण कसरी गर्ने भन्नेजस्तो, कर्मकाण्डसँग सम्बन्धित रहेको मूल शास्त्रीय विधि छैन । यसलाई अहिले उत्सवको रूपमा मनाउनुपर्छ ।

उत्सवको रूपमा मनाउँदा विकृतिको रूप नलेओस् भनेर ख्याल गर्नुपर्छ । समाजमा एउटा उच्छृंखल वातावरण नल्याओस् भन्ने ख्याल गर्नुपर्छ । रङ प्रकृति अनुसारको लगाउने हो । तर, विकृति आइरहेकाले यसबाट जोगिन आवश्यक छ । किनभने अबिर छर्नु नै यसको कुनै शास्त्रीय विधि होइन । केमिकलहरू छर्नु नै यसको शास्त्रीय विधि होइन ।

(यस्तो छ वेदवेदाङ्ग संस्कृत विद्यालयका प्राचार्य आनन्द नेपालसँग गरिएको कुराकानीको सम्पादित अंश)



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाली सिने क्षेत्रको होस् या सांगीतिक क्षेत्रका कलाकारबीचको द्धन्द्धका खबर बेला–बेला आउँछन् । तर, देशलाई दुखेको बेला सहयोग गर्नेमा यिनै

नेपालको कुल क्षेत्रफल मध्ये १.७३ प्रतिशत भू-भाग ओगटेको सिन्धुपाल्चोक बागमती प्रदेशको १३ जिल्ला मध्ये सबैभन्दा ठूलो हो । पछिल्लो ७

नेपालमा गत २४ घण्टामा थप २ हजार ५ सय १८ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) नेपालले कोरोना भाइरस विरुद्धको पहिलो मात्रा ‘एस्ट्राजेनेका (कोभिसिल्ड)’ खोप लगाएका व्यक्तिले दोस्रो मात्रा ‘भेरोसेल’ खोप लगाउँदा