English

३१ करोडले जिते कोरोना




विश्वभर कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या ३९ करोडभन्दा धेरै भएको छ। यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा २७ लाख ३१ हजार नयाँ संक्रमित थपिएका छन्।

कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरका अनुसार योसँगै विश्वभर कोरोना पुष्टि हुनेको संख्या ३९ करोड १० लाख ७९ हजार २८३ पुगेको छ। जसमध्ये ३१ करोड ८३ हजार ८९६ जना भने निको भएका छन्।

वल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा मात्रै २२ लाख ९४ हजार ९७१ जना संक्रमणमुक्त भएका छन्। यस्तै गत २४ घण्टामा ९ हजार ९ सय १० संक्रमितको भने मृत्यु भएको छ।

योसँगै कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या ५७ लाख ४१ हजार ५१३ पुगेको छ। अझै पनि विश्वभर ७ करोड ५२ लाख सक्रिय संकमित रहेकामा ९० हजारको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले उल्लेख गरेको छ।



सम्बन्धित खबरहरु

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

काठमाडौं । विश्वप्रसिद्ध प्राविधिक कम्पनी शाओमीले दुई नयाँ आकर्षक मोडल — रेडमी १५ र रेडमी १५C नेपालमा सार्वजनिक गरेको छ

गैर आवासीय नेपाली संघ (एनआरएनए) वि.स. २०६० (सन् २००३) मा स्थापना भयो र संघ दर्ताको निमित्त लामो बहस र चर्चा

Latest










Popular
Suggested