English

संघर्ष : कागतीका बोटमा समृद्धिको सपना



तीन वर्षपहिले लगाइएका कागतीका बिरुवा फुल्न थालेका छन्। चासो कृषक समूहका सदस्य र कर्मचारीहरूलाई अहिले बिरुवाको गोडमेल, सिँचाइ र मल दिनका लागि भ्याइनभ्याइ छ।

दिन दुई गुना र रात चौगुना गर्दै हुर्किरहेका बिरुवामा फूल फुल्न थालेपछि किसानमा उत्साह बढेको छ। यसैवर्ष फल निस्कने आशामा रहेका किसानले आउँदो हिउँद याममा धेरै-थोरै कागती उत्पादन हुने हुनेमा विश्वस्थ छन्।

बागलुङ नगरपालिका-१४ अर्माहका ४३ किसानको वडा नं १२स्थित अमलाचौरको सहेँला फाँट अहिले आशाको बारी बनेको छ। उक्त समूहमा आबद्ध ती कृषकले आफ्नै मिहिनेत बमोजिम फल्ने फलबाट समृद्धिको सपना देख्न थालेका छन्।

सयौँ मुरी धान हरेक वर्ष फल्ने खेतमा किसानहरू कागतीबाट कृषिमा प्रगति खोजिरहेका हुन्। २० लाख लगानीबाट सुरु गरिएको कागतीको व्यावसायिक खेतीमा ६० लाखभन्दा बढी लगानी भैसकेको छ। तीनसय रोपनीभन्दा धेरै जमिनमा चार हजार बिरुवा हुर्किरहेका छन्। तीन वर्ष समय खर्चेर लगाइएका बिरुवामध्ये एक तिहाइ बिरुवामा फल लाग्ने बेला भयो भने अर्को एक तिहाइ दुईवर्षे बिरुवाले पालुवा फेर्दैछन्।

किसानले थालेको व्यावसायिक कागती खेतीमा सहयोग गर्ने र देखासिकी गर्नेहरूको आँखा लाग्न थालेको छ। अनुदान र सहयोगका लागि सरकारी निकाय पनि अहिले त्यहाँ पुगेका छन् भने देखासिकी गर्न जिल्लाभित्र र बाहिरबाट किसान तथा प्राविधिकहरू आउने गरेको समूहका अध्यक्ष केशवप्रसाद सुवेदी बताउँछन्।

सयौँ मुरी धान हरेक वर्ष फल्ने खेतमा किसानहरू कागतीबाट कृषिमा प्रगति खोजिरहेका हुन्। तीनसय रोपनीभन्दा धेरै जमिनमा चार हजार बिरुवा हुर्किरहेका छन्। तीन वर्ष समय खर्चेर लगाइएका बिरुवामध्ये एक तिहाइ बिरुवामा फल लाग्ने बेला भयो भने अर्को एक तिहाइ दुईवर्षे बिरुवाले पालुवा फेर्दैछन्।

केही दिनपहिला पोखराका कृषि प्राविधिकहरूको समूह सहेँलाको फाँटमा पुग्यो। त्यहाँ हुर्किएका बिरुवा र फूल लागेको देखेपछि उनीहरूले अहिलेको फूल झरे पनि जेठ महिनादेखि लाग्ने फूलबाट फल लाग्ने आशा देखाए।

चितवन, मकवानपुर र कास्की र बागलुङ जिल्लाकै विभिन्न ठाउँबाट हरेक महिना कृषि समूह र कृषि प्राविधिहरू सहेँलाको फाँट पुग्ने गरेका अध्यक्ष सुवेदीको भनाइ छ। ‘कोही आएर समूह र व्यावसायिक खेतीको विषयमा जानकारी लिएर जानन्छन् भने कसैले सुझाएर जान्छन्,’ उनी भन्छन्, ‘हामीले थालेको व्यावसायिक कागती खेतीबाट धेरैले सिको गर्ने भएका छन्।’

सरकारी अनुदानमा आशा नराखी आफैंले लगानी गरेर व्यावसायिक खेती थालेका किसानले पछिल्लो पटक सरकारी निकायको साथ पनि पाउन थालेका छन्। एक लाखको बिरुवा ढुवानीका लागि अनुदान दिएको नगरपालिकाले तीन लाख खर्चेर फार्मसम्म पुग्ने सडक बनाई दिएको छ।

गत आर्थिक वर्षमा कृषि ज्ञान केन्द्रले कृषि उपकरण, मलखाद, पोखरी निर्माण र औजार खरिद लगायतका शीर्षकमा १० लाख अनुदान दियो। अहिले सिँचाइका लागि पोखरी छ। कम्पोष्ट मलका लागि प्रविधि र गोडमेल तथा सिँचाइका लागि उपकरण छन्। गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा २० खाल विनियोजन गरेको जनाएको छ।

सरकारी अनुदानमा आशा नराखी आफैंले लगानी गरेर व्यावसायिक खेती थालेका किसानले पछिल्लो पटक सरकारी निकायको साथ पनि पाउन थालेका छन्।

भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले विनियोजन गरेको बजेटका लागि अर्थ मन्त्रालयमा पुगेर फाइल रोकिएको छ। ‘कोरोनाका कारण फाइल अर्थमा रोकिएको छ,’ अध्यक्ष सुवेदी भन्छन्, ‘प्रदेशको बजेटले भण्डारण गृह र सङ्कलन केन्द्रको भवन बनाउने योजना छ।’

हरेक वर्ष चार करोडको कागती उत्पादन गर्ने लक्ष्यका साथ व्यावसायिक खेती थालेका किसानले फल फल्न थालेको एक वर्षमै लगानी उठाएर मुनाफा कमाउन सक्ने उनको जिकिर छ। समूहमा आबद्ध किसानलाई प्रतिरोपनी पाँच हजारका दरले समूहले वार्षिक भाडा पनि दिँदै आएको छ।

यो पनि

कागती पानी पिउनुका फाइदा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

न्यूयोर्क ।नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले सामुदायिक सरोकारका विषयमा न्यूयोर्कमा नेजा संवाद कार्यक्रम सम्पन्न गरेको छ । परिवर्तित आप्रवासन

काठमाडौँ : विश्वको अग्रणी प्रविधि ब्रान्ड साओमीले आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने मोबाइलमध्ये एक साओमी १७ अल्ट्राको प्रि–अर्डर औपचारिक रूपमा नेपालमा

नेपालमा सुजुकी गाडीहरूको आधिकारिक वितरक, सिजी मोटोकर्पले आफ्नो बहुप्रतिक्षित पहिलो प्रिमियम ब्याट्री इलेक्ट्रिक भेहिकल (BEV), सुजुकी ई–भिटारा (Suzuki e–Vitara) को

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

Latest










Popular
Suggested