English

टाटा समूहको वेब सिरिज तयारी



भारतको टाटा समूह विश्वकै सबैभन्दा ठूलो कारोबारी घरानामा पर्दछ। जमशेदजी टाटाले टाटा समूह सुरुवात गरेका थिए र आज यो समूह विश्वकै सबैभन्दा ठूलो व्यापारिक समूहमध्ये एकमा पर्दछ। भनिन्छ, जमशेदजीले मात्र २१ हजार रूपैयाँमा जुन टाटा समूहको सुरुवात गरेका थिए, आज उनको कम्पनीको टर्नओभर कैयौं लाख करोडमा पर्दछ।

यति ठूलो कम्पनीको इतिहास दुई सय वर्ष पुरानो छ र यहाँसम्म पुग्नका लागि यसका कैयौं प्रेरक कथा छन्। जसलाई अब दर्शकमाझ वेब सिरिजको रुपमा ल्याउने योजना बनिरहेको छ। अलमाइटी मोसन पिक्चरले टाटा समूहमाथि वेब सिरिज बनाउने घोषणा गरेको छ।

इरोटिक शो ‘मस्तराम’ बनाएको प्रोडक्सन कम्पनी अलमाइटी मोसन पिक्चरले टाटा समूहमाथि वेब सिरिज बनाउनका लागि हालै पत्रकार गिरीश कुबेरको किताब ‘द टाटाजः हाउ ए फेमिली ब्युल्ट ए बिजनेस एण्ड ए नेसन’को अधिकार किनिसकेको छ।

अलमाइटी मोशन पिक्चरकी प्रमुख प्रभलीन कौर सन्धुले आफूसँग पुस्तकको अधिकार रहेकाले वेब सिरिजलाई न्यूनतम ३ सीजन बनाउने योजना रहेको बताइन्। उनका अनुसार शोले केवल रतन टाटाको नभई उनको वंशजहरूको जिन्दगीको पर्दालाई दर्शकमाझ देखाउनेछ।

सिरिजमा टाटा परिवारले कसरी यति ठूलो कारोबारी साम्राज्य तयार पार्यो भन्ने मात्र देखाइने छैन, टाटा परिवारले देश निर्माणमा कसरी योगदान दियो भन्ने कुरालाई पनि प्रस्तुत गरिनेछ।

सिरिजको पहिलो सिजनको सुटिङ आगामी ७ महिना पछि सुरु गर्नेछ। हाल यसको प्री-प्रोडक्सनको काम सुरु गरिएको छ। स्क्रिप्टसँगै अनुसन्धानको काम एकसाथ भइरहेको छ।

यो पनि

डिप्रेसन हुँदा यसो गर्थे कपिल शर्मा !

यी अभिनेत्री जसले लगाउँछन् हजारौं मूल्यका बिकिनी, कसको कति ?



सम्बन्धित खबरहरु

लोकप्रिय गायक करण परियारको सुमधुर स्वरमा सजिएको नयाँ आधुनिक नेपाली गीत “ढाँटछेउ कतिलाई” सार्वजनिक भएको छ। नेपाली सांगीतिक क्षेत्रमा निरन्तर

इटहरी/ ‘मिस एसईई इटहरी’ पाँचौं संस्करणको अन्तिम प्रतिष्पर्धामा पुगेका प्रतिष्पर्धीहरुको फोटोसुट र भिडियोसुट सम्पन्न भएको छ । मोरङ्गको गोकुलम रिसोर्ट

चर्चित गायिका शान्ती श्री परियार विक्रमवाबु विश्वकर्मा र विवेक खत्रीको आवाजमा वनको तरुल गीत सार्वजनिक भएको छ ।। मौलिकता हराउँदै

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Popular
Suggested