English

डिप्रेसन हुँदा यसो गर्थे कपिल शर्मा !



भारतका कमेडी किङ कपिल शर्मा चिनाइरहनुपर्ने नाम होइन । उनको कमिक टाइमिङले उनलाई जहिल्यै लोकप्रिय बनाएको छ । कपिल नयाँ शो ‘आई एम नट डन येट’ लिएर दर्शकमाझ आएका छन् । यो शोमा उनका केही किस्सा दर्शकले थाहा पाइरहेका छन् ।

कपिल शर्मा कुनै समय डिप्रेसनको शिकार भएका थिए । उनले आफू डिप्रेसनमा हुँदा के गर्थे भन्ने कुराको खुलासा गरेका छन् । कपिल आफ्नो शो बन्द हुँदा डिप्रेसनमा पुगेका थिए ।

‘मेरो शो बन्द भएपछि म समय बिताउन आधा रातमा मदिरा पिउँदै नेटफ्लिक्समा नार्कोस हेर्थें । मेरो कुकुर जन्जीर पनि मसँगै हुन्थ्यो । किनकि म मदिराको सुरमा पूरा एपिसोड हेर्थे । त्यसपछि बिहान उठेर फेरि त्यही शो हेर्थें । मदिराले गर्दा केही कुरा सम्झँदैन थिएँ । त्यसकारण बिहान पुनः शो हेर्थें’, उनले भनेका छन् ।

कपिल डिप्रेसन विदेशीलाई मात्र हुन्छ भन्ने सोच्दथे । तर आफूलाई परेपछि उनले यो सबैलाई हुँदो रहेछ भन्ने भयो । उनले आफ्ना साथीभाईलाई पनि आफू डिप्रेसनमा भएको बताउने गरेका थिए । तर साथीहरुले भने दुई पेग मदिरा खाएर निस्किएपछि डिप्रेसन हट्छ भन्ने सल्लाह दिन्थे । अन्ततः उनले साथीको कुरा सुनेनन्, अनि एक राम्रो थेरापिस्टसँग आफ्नो उपचार गराए ।

यो पनि
कपिल शर्माले मदिराको तालमा गरे यस्तो ट्विट
कपिल शर्मा तनावमा !



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

Latest










Popular
Suggested