English

यी क्लबहरूको अनुभवसहित अडामा फर्किए बार्सिलोनामै




काठमाडौं । ट्राओरे अडामा फेरि बार्सिलोना फर्किएका छन् । बार्सिलोनाले अडामालाई प्रिमियर लिग क्लब वोल्भरहम्पटनबाट ३० मिलियन युरोमा भित्र्याएको हो ।

अडामालाई युरोपेली फुटबलमा उत्कृष्ट ड्रिबलरहरूमध्ये एक मानिन्छ । बार्सिलोनाले पनि अडामा युरोपको उत्कृष्ट ड्रिबलर भएको बताएको छ । २६ वर्षी य स्पेनिस खेलाडी अडामाले घर फर्किएको प्रतिक्रिया दिँदै खुसी व्यक्त गरेका छन् ।

उनले भनेका छन्- ‘म यहाँ हुर्केको छु र यहाँ मेरो परिवार र साथीहरूसँग फर्किएँ । म पिचमा यो खुसी फिर्ता दिन चाहन्छु ।’

आडमाले यस अघि २०१३ देखि २०१५ सम्म बार्सिलोनाका लागि खेलेका थिए । तर सो अवधिमा उनले केवल ४ खेल खेलेर एक गोल गरेका थिए । आडमा बार्सिलोनाको बि टिमबाट पनि खेलेका थिए ।

आडमाले २०१५ मा बार्सिलोना छोडेर एस्टन भिल्ला गएका थिए । त्यसपछि उनी २०१६ मा मिडल्सब्रो र त्यसपछि इङ्गल्यान्डमा वोल्भरहम्पटनबाट पनि खेलेका थिए ।

बार्सिलोनालाई बलियो टिम बनाउने अभियानमा रहेका प्रशिक्षक जाभीले बार्सिलोनाका पूर्वखेलाडीलाई क्लबमा फर्काइ रहेका छन् । यस अघि उनले डानी आल्भेजलाई भित्र्याएका थिए ।

यो पनि

अर्जेन्टिनी टिमबाट मेस्सी आउट
नेपालद्वारा मोरिसस पराजित



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested