English

यी क्लबहरूको अनुभवसहित अडामा फर्किए बार्सिलोनामै




काठमाडौं । ट्राओरे अडामा फेरि बार्सिलोना फर्किएका छन् । बार्सिलोनाले अडामालाई प्रिमियर लिग क्लब वोल्भरहम्पटनबाट ३० मिलियन युरोमा भित्र्याएको हो ।

अडामालाई युरोपेली फुटबलमा उत्कृष्ट ड्रिबलरहरूमध्ये एक मानिन्छ । बार्सिलोनाले पनि अडामा युरोपको उत्कृष्ट ड्रिबलर भएको बताएको छ । २६ वर्षी य स्पेनिस खेलाडी अडामाले घर फर्किएको प्रतिक्रिया दिँदै खुसी व्यक्त गरेका छन् ।

उनले भनेका छन्- ‘म यहाँ हुर्केको छु र यहाँ मेरो परिवार र साथीहरूसँग फर्किएँ । म पिचमा यो खुसी फिर्ता दिन चाहन्छु ।’

आडमाले यस अघि २०१३ देखि २०१५ सम्म बार्सिलोनाका लागि खेलेका थिए । तर सो अवधिमा उनले केवल ४ खेल खेलेर एक गोल गरेका थिए । आडमा बार्सिलोनाको बि टिमबाट पनि खेलेका थिए ।

आडमाले २०१५ मा बार्सिलोना छोडेर एस्टन भिल्ला गएका थिए । त्यसपछि उनी २०१६ मा मिडल्सब्रो र त्यसपछि इङ्गल्यान्डमा वोल्भरहम्पटनबाट पनि खेलेका थिए ।

बार्सिलोनालाई बलियो टिम बनाउने अभियानमा रहेका प्रशिक्षक जाभीले बार्सिलोनाका पूर्वखेलाडीलाई क्लबमा फर्काइ रहेका छन् । यस अघि उनले डानी आल्भेजलाई भित्र्याएका थिए ।

यो पनि

अर्जेन्टिनी टिमबाट मेस्सी आउट
नेपालद्वारा मोरिसस पराजित



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपाल क्रिकेट संघले युएईमा हुने यु-१९ एसिया कपमा सहभागी हुने टोलीलाई बिदाइ गरेको छ । नेपालले पहिलो खेल पाकिस्तानसँग मंसिर

एसीसी यू–१९ प्रिमियर कपको पहिलो खेलमा नेपालले इरानविरुद्ध २७४ रनको फराकिलो जित निकालेको छ । बिहीबार मलेसियामा भएको खेलमा नेपालले

नेपाली राष्ट्रिय क्रिकेट टिम यतिबेला भारतको नागपुरस्थित राजस्थान रोयल्सको एकेडेमीमा हाई परफरमेन्स प्रशिक्षण गरिरहेको छ । टी२० विश्वकपको एशिया क्षेत्र

नेपाल क्रिकेट संघ (क्यान) ले दुई वर्षका लागि आईएमई पेसँग टिकटिङ पार्टनरको सम्झौता गरेको छ । क्यानका सचिव पारस खड्का