English

किन हटाइयो सार्वजनिक यातायातमा जोर-बिजोर प्रणाली ?



काठमाडौं उपत्यकामा सार्वजनिक यातायातमा जोर-बिजोर प्रणाली आजबाट हटेको छ। सार्वजनिक यातायातका सवारीसाधनमा जोर-बिजोर हटाइए पनि निजी सवारीसाधन र ट्याक्सीमा भने जोर-बिजोर प्रणाली कायमै राखिएको छ।

उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले आज शनिबारदेखि लागू हुने गरी नयाँ आदेश जारी गरेका हुन्। कोभिड महामारी नियन्त्रण र रोकथामका लागि भन्दै स्मार्ट लकडाउन सम्बन्धी कार्यविधिअनुसार प्रशासनले नयाँ आदेश जारी गरेको छ।

विश्वविद्यालय, विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन नगर्ने आदेशलाई माघ मसान्तसम्म लम्ब्याइएको छ। कोरोना संक्रमणदर बढेको भन्दै ७ माघदेखि उपत्यकामा अत्यावश्यक सेवाबाहेकका सवारीसाधनमा जोर-बिजोर कायम गरिएको थियो।

पुस अन्तिम साताबाट बन्द विद्यालय, कलेज, विश्वविद्यालय र शैक्षिक प्रतिष्ठान माघ मसान्तसम्म खुल्ने छैनन्। यसअघि १५ माघसम्मका लागि भौतिक उपस्थितिमा पठनपाठन बन्द गरिएकोमा कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी) को सिफारिसमा माघ मसान्तसम्मका लागि रोक लगाइएको हो।

यो पनि

ट्याक्सी र निजीबाहेक सवारी साधनमा जोर–बिजोर हटाउने निर्णय (आदेशसहित)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

Latest










Popular
Suggested