English

दुई वर्षदेखि मुगुको खाद्य संस्थान रित्तै, उपभोक्ता मर्कामा



मुगुको उत्तरी भेगमा पर्ने खत्याड गाउँपालिकाको रातापानीमा रहेको खाद्य बिक्री केन्द्र दुई वर्षदेखि रित्तै अवस्थामा छ ।  नेपाल खाद्य संस्थान रातापानी बिक्री केन्द्रको ढुवानीको जिम्मा सिद्धार्थ  ढुवानी सेवा कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको दुई वर्ष बितिसक्दा पनि हालसम्म खाद्यान्न नपुर्‍याउँदा रित्तो अवस्थामा रहेको हो ।

कम्पनीले समयमै खाद्यान्न नपर्‍याउँदा उपभोक्ताले सास्ती खेप्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा कार्यालय मुगुले जनाएको छ । कार्यालयका अनुसार ठेक्का पाएको सिद्धार्थ कन्स्ट्रक्सनलाई पटक-पटक चिठी काट्दासमेत अटेर गरेको शाखाका प्रमुख पुष्कर भामले बताए । उनले भने विगत वर्षमा यस्तो अवस्था आएको थिएन ।

ठेकेदारले स्थानीय तहसँग समन्वय गरेर चामल पुर्‍याउनुपर्नेमा अहिलेसम्म अटेर गरेको देखिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सुर्खेत कार्यालय प्रमुख माधव मिश्रले बताए । 

अहिले दुई  वर्षसम्म खाद्यान्न नपुर्‍याउने ठेकेदारलाई विभागले कुनै कारबाही गर्न सकेको छैन ।  गत वर्षको असोजमा सम्झौता भई आर्थिक वर्ष २०७७/७८ मसान्तसम्म सम्झौताबमोजिम ठेकेदारले ७ सय ५० क्विन्टल चामल बिक्री केन्द्रमा पुर्याउनुपर्ने हो । तर, दुई वर्षसम्म नपुर्‍याएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रदेश प्रादेशिक कार्यालय सुर्खेतले जनाएको छ । 

गाउँपालिकासँग समन्वय गरी चामल पुर्‍याउनुपर्नेमा अहिलेसम्म रोकिएको छ । ठेकेदारले स्थानीय तहसँग समन्वय गरेर चामल पुर्‍याउनुपर्नेमा अहिलेसम्म अटेर गरेको देखिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सुर्खेत कार्यालय प्रमुख माधव मिश्रले बताए । 

गाउँपालिकासँग समन्वय गरी चामल पुर्‍याउनुपर्नेमा अहिलेसम्म रोकिएको छ । ठेकेदारले स्थानीय तहसँग समन्वय गरेर चामल पुर्‍याउनुपर्नेमा अहिलेसम्म अटेर गरेको देखिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सुर्खेत कार्यालय प्रमुख माधव मिश्रले बताए । 

सिद्धार्थ कम्पनीका प्रोप्राइटर रमेश अनुसार समन्वय अभावका कारण चामल पुर्‍याउन नसकिएको बताउँछन् ।  कम्पनीले हाल कर्णालीका जुम्ला, कालीकोट र मुगुमा खाद्यान्न पुर्‍याउने जिम्मा लिँदै आएको छ ।

सिद्धार्थ कम्पनीका प्रोप्राइटर रमेश अनुसार समन्वय अभावका कारण चामल पुर्‍याउन नसकिएको बताउँछन् ।  कम्पनीले हाल कर्णालीका जुम्ला, कालीकोट र मुगुमा खाद्यान्न पुर्‍याउने जिम्मा लिँदै आएको छ ।


खत्याड गाउँपालिकामा रहेको रातापानी बिक्री केन्द्रमा दुई वर्षसम्म नपुग्नुको कारण त्यहाँको स्थानीय सरकार खत्याडले अनुमति नदिनु नै हो । चामल पुर्याइहाले पनि मुचुल्का नगरिदिँदा समस्या हुने गरेको र कच्ची सडकका कारण पुर्याउन नसकिएको बताइएको छ । 

डिपोमा कर्मचारी राख्न माग

डिपो केन्द्रमा कर्मचारी पर्याप्त नहुँदा समस्या भएको दाबी गरे । कर्मचारी नहुँदा एक्लै आफूले ढुवानी गर्न, बिक्री वितरण गर्न सास्ती हुन्छ । चामल पुर्‍याएपछि त्यहाँका स्थानीयले समन्वय गर्दैनन् । त्यसैले समस्या देखिएको हो उनको भनाइ छ । 

मुगुका स्थानीय तहमध्ये खत्याड गाउँपालिकामा खेतीयोग्य जमिन बढी छ । अन्य स्थानीय तहमा सरदर ६ महिनासम्म खान पुग्छ भने खत्याडमा स्थानीय उत्पादनले आठ महिनासम्म थेग्छ । 

ठेकेदारले खाद्यको चामल नपुर्‍याएपछि अहिले उक्त बिक्री केन्द्र वरपरका स्थानीयले बजारको महँगो चामल किनेर उपभोग गर्न बाध्य छन् । सोरु गाउँपालिकामा रहेको सोरुकोट डिपो केन्द्रमा १८० क्विन्टल, कालै डिपो केन्द्रमा रित्तै भएका छन् । 

मुगुका स्थानीय तहमध्ये खत्याड गाउँपालिकामा खेतीयोग्य जमिन बढी छ । अन्य स्थानीय तहमा सरदर ६ महिनासम्म खान पुग्छ भने खत्याडमा स्थानीय उत्पादनले आठ महिनासम्म थेग्छ । 

सरकारी स्वामित्वको खाद्य संस्थानको चामल अनुदानको कोटामा दिइए पनि खत्याडबासीले यो सुविधा उपभोग गर्न पाएका छैनन् । बिक्री केन्द्रमा चामल सकिएपछि शाखा कार्यालयमा प्रत्येक दिन ५० देखि ८० सम्म सेवाग्राही आउन थालेको र बजारको महँगो चामल उपभोग गर्न बाध्य भएका छन् । 

हिमाली जिल्ला मुगुका खाद्यन्न गोदाम रित्तिन लागेका छन् । गोदाम रित्तिन लागेसँगै स्थानीयले खाद्यान्य अभावको सामना गर्नुपर्ने आशंका गर्न थालेका छन् । 

हिमाली जिल्ला मुगुका खाद्यन्न गोदाम रित्तिन लागेका छन् । गोदाम रित्तिन लागेसँगै स्थानीयले खाद्यान्य अभावको सामना गर्नुपर्ने आशंका गर्न थालेका छन् । 

खाद्य शाखामा दुई सय क्विन्टल मात्र चामल मौज्दात

गमगढीमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुमा हाल दुई सय क्विन्टल मात्र चामल मौज्दात रहेको कार्यालयले जनाएको छ । 

मौज्दात चामल कम भएकाले खाद्यान्न अभाव हुने अवस्था कार्यालयका शाखा प्रमुख पुस्कर भामले बताए । 

सदरमुकाम गमगढीबाट जिरा मसिनो र बास्मती गरी हाल दुई प्रकारका चामल मात्रै बिक्री भइरहेका छन् । कार्यालयका अनुसार दुई सय किलो दाल मात्रै गोदाममा मौज्दात छ । दुई सय  क्विन्टल चामल बिक्री भइरहेको छ यो चामल पनि केही दिनमै सकिने प्रमुख भामको चिन्ता छ । 

जिल्लामा रहेका अन्य डिपो र बिक्री केन्द्र ६ महिनाभन्दा अघिदेखि रित्तिसकेका छन् । जिल्लामा खाद्यान्न अभाव हुने सिर्जना भएकाले शाखा कार्यालय मुगुबाट प्रादेशिक कार्यालय सुर्खेत नेपालगञ्ज, राजापुर, प्रधान कार्यालय काठमाडाैं, खड्का निर्माण सेवा र बराल ढुवानी सेवालाई सदरमुकाम गमगढी बजार र यस कार्यालय मातहत रहेका डिपो र बिक्री केन्द्रहरूमा यथाशिघ्र चामल ढुवानी गर्न पटक-पटक पत्र काट्दासमेत कुनै सुनुवाई नगरेको शाखा प्रमुख भामको भनाइ छ ।

मुगुका लागि यो वर्ष वार्षिक ११ हजार क्विन्टल चामल स्वीकृत भएको छ त्यसमा २ हजार क्विन्टल बिक्री भई अहिले गोदाममा २ सय क्विन्टल मात्र चामल मौज्दात रहेको उनले बताए । 

मुगुका लागि यो वर्ष वार्षिक ११ हजार क्विन्टल चामल स्वीकृत भएको छ त्यसमा २ हजार क्विन्टल बिक्री भई अहिले गोदाममा २ सय क्विन्टल मात्र चामल मौज्दात रहेको उनले बताए । 

हाल सोरुकोट डिपो केन्द्रमा १ सय ८०  क्विन्टल चामल रहेको र त्यो चामल  पनि केही दिनसम्म मात्र हुने र अन्य श्रीकोट, पुलु, डिपो केन्द्र र बिक्री केन्द्रहरू रित्तै भएको भामको भनाइ छ । 

यो पनि…
शिक्षक बढुवाको प्रक्रिया सुरु, आयोगले माग्यो दरखास्त
सिटामोल सहज उपलब्ध गराउन सर्वोच्चको आदेश


 



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested