English

बागलुङदेखि अमेरिकासम्म ढाका व्यापार गर्ने यामकुमारीको कथा



एउटा संघर्षपछिको सफलताको कथा पढ्न लेख्न जति नै आनन्द लाग्छ उति नै सफलता प्राप्त गर्नका लागि गरेको त्याग, संघर्ष र समर्पण सम्झन लायक हुन्छ । सङ्घर्षशील एकल महिलाले ढाका बुनाइमा पाएको सफलता निकै प्रेरणादायी बन्न सफल भएको छ । बागलुङ नगरपालिका– १० भकुण्डे घर भई हाल बागलुङ बजारको गुठीमा बस्दै आएकी यामकुमारी थापा हस्तकलाको काममा व्यस्त छिन् । थापाले एकल जीवन बिताउन थालेको १९ वर्ष पुग्यो । उनलाई पहिला अब यो एक्लै कसरी बस्न सक्छे ? जिन्दगी लामो छ, एक्लै कटाउन सम्भव हँुदैन भन्ने मानिस धेरै थिए ।

श्रीमानको मृत्युपछि यामकुमारीका थप सङ्र्घष र दुःखका दिन सुरु भए । बिहान बेलुका छाक टार्न मात्र होइन, श्रीमानले चिनो छाडेर गएको छोरालाई हुर्काउन, बढाउन, पढाउन र समाजमा आफ्नो नाम स्थापित गर्नका लागि उनलाई ठूलो चुनौती भयो ।

यामकुमारी यस्ता कुरा सुनेर पनि नसुने झैँ गर्थिन् । विवाह गरेको पाँच वर्षमै उनका श्रीमान्को मत्यु भयो । वैदेशिक रोजगारीका लागि मलेशिया जानका लागि काठमाडौँ गएर राहदानी बनाएर फर्किने क्रममा गाडी दुर्घटना परेर त्रिशूली नदीमा उनले आफ्नो पतिलाई गुमाइन् । श्रीमानको मृत्युपछि यामकुमारीका थप सङ्र्घष र दुःखका दिन सुरु भए । बिहान बेलुका छाक टार्न मात्र होइन, श्रीमानले चिनो छाडेर गएको छोरालाई हुर्काउन, बढाउन, पढाउन र समाजमा आफ्नो नाम स्थापित गर्नका लागि उनलाई ठूलो चुनौती भयो ।

‘अहिले त हाम्रो समाजमा एकल महिलालाई हेर्ने दृष्टिकोण परिवर्तन भएको छैन, भने आजभन्दा १९ वर्ष पहिले झन् कस्तो हुँदो हो ? हामीले अनुमान लगाउन सक्दछौँ,’ यामकुमारी भन्छिन् । उनी जस्ता एकल महिला हाम्रो समाजको चुनौती, अप्ठ्यारा, कुरीति र कुसंस्कारकै जालोभित्र जेलिएर कैयौँ महिलाको नाम यो समाजमा यसै मेटिन्छन् । यामकुमारी आफूलाई घरपरिवार र छिमेकमा मात्र होइन, देशकै उत्कृष्ट उद्यमी महिलाका रुपमा परिचित गराउन सफल भइन् ।

श्रीमान्को मृत्यु भएको एक वर्षपछि काखको बच्चा च्यापेर बागलुङ बजार झरेकी उनलाई कहाँ बस्ने, के गर्ने, के खाने भन्ने केही बाटो थिएन । सामान्य शिक्षा पनि आर्जन नगरेकी उनलाई कसले दिने जागिर ? श्रीमान्ले नै छाडेर गएको चिनो आँैठी आठ हजार रुपैयाँमा बेचेर उनका बुवाले पेन्सन क्याम्पमा सिलाइकटाइको तालिम लिने व्यवस्थापन गरिदिएका थिए । त्यही तालिमले उनको जिन्दगीले फरक मोड लियो ।

यामकुमारीले नेपालमा मात्र नभएर अमेरिका, जापान, हङ्कङमा ढाकाको साडी, ढाकाको कुर्ता, ढाकाको दौरा सुरुवाल, ढाकाको सल, झोला, पर्स, जुत्ता बिक्री गर्दै आएकी छिन् ।

‘अरुको पसलमा काम गर्नुभन्दा सानोतिनो आफ्नै व्यापार सुरु गर्छु भनेर झोला बनाउने र रक्सी पारेर आफ्नो गुजारा चलाउन थालेको उनी बताउँछिन् । झोला बुन्दा बुन्दै २०६६ सालमा घरेलुमा आधारभूत ढाका बुनाइ तालिम सञ्चालन हँुदैछ भन्ने खबर सुन्दा निकै उत्साहित भएर सहभागी भएको उनी स्मरण गर्छिन् ।

घरेलु तथा साना उद्योग कार्यालयमा गएर पनि ढाका बुनाइको तालिम दिन अनुरोध गरेर ४५ दिने तालिम लिएर आफ्नै पसल सुरु गरेको उनी बताउँछिन् । उनले सञ्चालन गरेको ढाकाको कपडा पसल सौगात कोसेली घर बजारमै पहिलो हो ।

बागलुङ बजारमै ढाकाको कपडा बुन्ने धागो बेच्ने पहिलो व्यापारी आफू नै भएको यामकुमारीको भनाइ छ । ‘आफूमा सीप भएपछि कसैको अगाडि हात फैलाउनुपर्ने रहेनछ भन्ने मैले बुझिसकेको थिएँ, घरेलुले मलाई र मेरो बच्चालाई बाँच्ने आधार दिएको थियो, मैले अहिलेसम्मपछि फर्केर हेर्नु परेको छैन’, उनी थप्छिन् ।

अहिले उनीसँग ६ वटा ढाकाको कपडा बनाउने तान छन् । दुई तान घरेलुले आधा मूल्यमा दिएको हो । यामकुमारीले नेपालमा मात्र नभएर अमेरिका, जापान, हङ्कङमा ढाकाको साडी, ढाकाको कुर्ता, ढाकाको दौरा सुरुवाल, ढाकाको सल, झोला, पर्स, जुत्ता बिक्री गर्दै आएकी छिन् । सिजनमा उनले महिनाकै १ लाखदेखि १ लाख ६० हजार रुपैयाँसम्मको सामान बिक्री गर्ने गरेको उनको भनाई छ । ‘कोरोना महामारीमा पनि अर्डर आइराखेको छ, मैले कोरोना महामारीभन्दा पहिला चार महिलालाई रोजगारी पनि दिएको थिएँ,’ उनी भन्छिन्, ‘अहिले कोही छैनन्, अब कामदार राख्ने सोचमा छु ।’

छोरालाई पढाउँदै आफ्नो सीपलाई थप वृद्धि गर्नका लागि घरेलुमा निरन्तर तालिम लिएको उनी बताउँछिन् । घरेलुले सीप सिकाएकै कारण २०७५ सालमा उद्यमशीलताको प्रदर्शनीमार्फत आत्मनिर्भर भएको भन्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाली महिला उद्यमीको सम्मानपत्र र २० हजार रुपैयाँ दिएको उनले बताइन् ।

अहिले ढाकाका कपडा बुन्ने र बिक्री गर्ने व्यापारमा महिला दिदीबहिनीको आकर्षण बढेको थापा बताउँछिन् । एक साडीकै रु १४ देखि १८ हजारसम्म पर्ने भएकाले यो व्यवसाय गर्न सीप हुने हो भने कमाउन धेरै समय नलाग्ने उनको भनाई छ ।

थापा भन्छिन्, ‘सम्मानपत्र पाएपछि थप ऊर्जा मिल्यो, आफूले तालिम लिएर दक्ष भएपछि देशका विभिन्न स्थानमा गएर ३ सय भन्दा बढी महिलालाई तालिमसमेत दिएको छु । म जस्ता अन्य महिलालाई किताबी ज्ञान नभएकै कारण हेपिन नपरोस्, महिला भएकै कारण पछाडि पर्न नपरोस् भनेर आफू जति व्यस्त भए पनि समय व्यवस्थापन गरेर तालिम दिने गरेको छु ।’

अहिले ढाकाका कपडा बुन्ने र बिक्री गर्ने व्यापारमा महिला दिदीबहिनीको आकर्षण बढेको थापा बताउँछिन् । एक साडीकै रु १४ देखि १८ हजारसम्म पर्ने भएकाले यो व्यवसाय गर्न सीप हुने हो भने कमाउन धेरै समय नलाग्ने उनको भनाई छ । ‘अहिले पसलमा ढाकाका कपडादेखि लिएर हाम्रै गाउँघरमा उत्पादन भएको स्थानीय मह, सिस्नोको धुलो र ताराखेलाको चिउरीको हर्बल साबुन बिक्री गर्दै आएको छु’, उनले भनिन् ।

अहिले ६ देखि ७ सालसम्मको सामान यामकुमारीको पसलमा छ । बागलुङ बजारमा ससुराले घडेरी किनी दिएर सगारीयामा घर बनाएको उनी बताउँछिन् । अहिले भइरहेको पसललाई थप व्यवस्थापन गरेर अझै राम्रो बनाउने उनको लक्ष्य छ । बागलुङ बजारकै नमूना ढाकाको कपडा पसल बनाउने अबको उनको योजना छ । पसललाई थप व्यवस्थित पारेर महिलाका लागि तालिम दिनका लागि राम्रो तालिम कक्ष पनि बनाउने चाहना यामकुमारीको छ ।



...
зарубежные сериалы смотреть онлайн

I am truly glad to read this webpage posts which includes lots of helpful data, thanks for providing such information. зарубежные сериалы в хорошем HD качестве

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

मान्छेका विभिन्न रुचि हुन्छन्, त्यसमध्ये पुराना नोट, सिक्काको संकलन पनि एक हो । कतिपयले त यसैलाई आफ्नो पेशा नै बनाएका

शनिवारको दिन बाहिर कतै गएर मूड फ्रेस गर्ने मन कसलाई पो हुँदैन र ? तर घुम्न कता जाने भन्ने समस्या

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो