English

झापाको जनसङ्ख्या : सबैभन्दा बढी मेचीनगरमा



राष्ट्रिय जनगणना २०७८ अनुसार झापाको १५ पालिकामध्ये जिल्लाको सबैभन्दा बढी जनसङ्ख्या रहेको नगरपालिकामा मेचीनगर अग्रस्थानमा छ । मेचीनगरको जनसङ्ख्या एक लाख ३१ हजार ५ सय २० भएको छ ।

त्यसैगरी, बिर्तामोडको जनसङ्ख्या दाेस्रोमा बढी रहेकाे छ । विर्तामोडको एक लाख १७ हजार ३ सय ५५ छ । दमकको जनसंख्या एक लाख सात हजार ४१० रहेको छ । झापाको सबैभन्दा सानो पालिका हल्दिबारी हो, जहाँको जनसङ्ख्या ३३ हजार ५४ रहेको छ ।

बुधबार सार्वजनिक भएको जनगणना रिपोर्ट अनुसार अर्जुनधारा (८४,४२९), बाह्रदशी (३७,९१६), भद्रपुर (७०,८२३), बुद्धशान्ति (५२,९११), गौरादह (६०,५९८), गौरीगञ्ज (३६,०५८), हल्दिबारी (३३,०५४), झापा (३९,३७२), केचनाकबल (३९,३७२), कमला (५३,७१०), कनकाई (५३,०८८) र शिवसताक्षी (७३,४६०) रहेको छ ।

नयाँ जनगणना २०७८ अनुसार झापाको जनसङ्ख्या ९ लाख ९४ हजार ९० रहेको छ । जसमा महिला पाँच लाख १६ हजार ५ सय ९४ र पुरुष चार लाख ७७ हजार ४ सय ९६ रहेको छ ।

यो पनि
जनगणना २०७८ : कति पुग्यो नेपालको जनसंख्या ?
जनगणना २०७८ : नेपालमा पुरुषभन्दा महिला बढी, शहरमा बस्ने ह्वात्तै बढे



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested