English

कतार विश्वकपका लागि एसिया छनोटका ६ खेल आज



कतार विश्वकप-२०२२ अन्तर्गत एसिया छनोटको तेस्रो चरणमा आज बिहीबार ६ खेल आयोजना हुँदैछ । सातौ चरणअन्तर्गतको छनोटमा समूह ‘ए’ र ‘बी’ का तीन-तीन खेल आयोजना हुँदैछन् ।

समूह ‘ए’ मा लेबनानले घरेलु मैदानमा दक्षिण कोरियालाई आतिथ्य दिनेछ । यही समूहको इराक इरान भ्रमणमा निस्किँदा संयुक्त अरब इमिरेटस् (यूएई) र सिरिया आमने-सामने हुनेछन् ।

समूह ‘बी’ बाट जापान र चीनले प्रतिस्पर्धा गर्दा अष्ट्रेलियाले भियतनामलाई आतिथ्य प्रदान गर्नेछ । यता ओमान भने अपराजित साउदी अरबिया भ्रमणमा निस्कने छ ।

समूह ‘ए’ मा ६ खेलबाट पाँच जितसहित १६ अंक बनाएको इरान शीर्षस्थानमा छ । १४ अंकको दक्षिण कोरिया दोस्रो स्थानमा रहँदा यूएई ६ अं सहित तेस्रो, पाँच अंकको लेबनान चौथो, चार अंकको इराक पाँचौं र सिरिया दुई अंकसहित पुछार तथा छैटौं स्थानमा छ ।

यता, समूह ‘बी’ मा ६ खेलबाट पाँच अंकसहित १६ अंक बनाएको साउदी अरबिया शीर्षस्थानमा छ । दोस्रो स्थानको जापानको १२ अंक छ । तेस्रो स्थानको अष्ट्रेलिया ११ अंकसहित तेस्रो, ओमान सात अंकसहित चौथो, चीन पाँच अंकसहित पाँचौं र बिना कुनै अंक भियतनाम पुछारमा छ ।

दुवै समूहका शीर्ष टोली सिधै कतार विश्वकपका लागि छनोट हुनेछन् । यस्तै दुवै समूहका तेस्रो हुने टोलीबीचको विजेताले विश्वकपमा स्थान बनाउन दक्षिण अमेरिकी छनोटको पाँचौ टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

यो पनि
नेपालले चारदेशीय टी-२० शृंखला खेल्ने
निजी क्षेत्रसँग सहकार्य गर्दै खेलकुद



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested