English

चैतमा हाइकिङका लागि सही गन्तव्य चिसापानी



कामको तनाव, थकान र बोझ हल्का गर्ने थुप्रै उपाय छन्, जसमध्ये मनोरम स्थलको भ्रमण अथवा घरबाहिर एक दुई रातको बसाइ पनि हुन सक्छ ।

साताको अन्तिम दिन परिवार, साथीभाई र प्रेमील जोडी कतै बाहिर गएर टेन्सन र बोझ हल्का गर्न चाहन्छन् । तर कतिपयले उचित स्थान चयन गर्न नसक्दा हप्तामा एक दिन पाएको बिदा पनि खल्लो हुन्छ । चैत त्यसै पनि गर्मीको मौसम । यस्तोमा काठमाडौंवासीका लागि चिसापानी घुमघामको उचित गन्तव्य बन्न सक्छ ।

कसरी जाने चिसापानी ?

चिसापानी जानका लागि बिहान ८ बजे नै सुन्दरीजलमा पुगिसक्नुपर्दछ । सुन्दरीजल बसपार्कबाट करीब २० मिनेट उकालो लागेपछि निकुञ्जको द्वारमा पुगिन्छ । द्वारमा नेपाली नागरिकको लागि ५० रुपैयाँको टिकट शुल्क तिर्नुपर्छ । टिकट काटेर पुनः उकालो लाग्दै निकुञ्जको हरियाली वातावरणमा प्रकृतिको आनन्द लिंदै सुन्दरीजल ड्याम र मूलखर्कको पुराना बस्ती छिचोलिन्छ । मूलखर्कको माथिल्लो गाउँको अन्त्यमा एक होटल छ । सो स्थान पुग्दा करीब १० बजिसकेको हुन्छ । निकै चहलपहल हुने त्यहाँ आराम गर्न, खाना खान सकिन्छ ।

जङ्गल र खोला हेर्दै ओर्ले पछि बल्ल देखिन्छ चिसापानी गाउँ । अपेक्षा अनुसारकै सुन्दर गाउँ देख्नासाथ शरीरको थकानहरू सबै मेटिएर जान्छ । र नयाँ उत्साह बढेर आउँछ ।

घना जङ्गलको यात्रा

अब सुरु हुन्छ घना जङ्गलको यात्रा । ठूला-ठूला बुढा रुख, खनेर बनाइएका पैदल मार्ग, ठूला-ठूला पात भएका जङ्गली विरुवा, अँध्यारो र सुनसान वातावरण । हिँड्दै जाँदा दिउसै रात परेको महसुस हुने स्थान पनि आउँछन् । यो पैदल मार्गमा सिमेन्ट र ढुङ्गाको सिढीले यात्रालाई सहज त बनाउँछ नै, ठाउँ ठाउँमा आर्मीको क्याम्प देख्दा सुरक्षित महसुस पनि हुन्छ ।

जङ्गलको गहिराईमा चिर्दै उकालो लाग्दा बौद्ध धर्मावलम्बीहरूले झुन्ड्याएको तोरणहरू, साना साना मन्दिरहरू, थकान मेट्ने छहारीहरू र सफा पानी बग्ने धाराहरूले पनि यात्रा रमणीय बनाउँछन् । साथै जङ्गली चरा, किरा, वास्ना र खोलाको गर्जनको आवाजले पनि एक किसिमको मेडिटेसन नै हुन्छ । अझै भनौ दिमागमा सकारात्मक उर्जाको सिर्जना हुन्छ ।

यसरी उकालो लाग्दै जाँदा करीब १ बजे पश्चात निकुन्जको उचाइम पुगिन्छ । अब ओरालो लाग्ने पालो । स्मरण रहोस्, चिसापानीसम्मै सिढीहरू छन् । ओरालो लाग्ने क्रममा भने बल्ल गाउँलेहरू डोकोमा दाउरा बोकेर फर्किदै गरेको देखिन्छ । अब भने चिसापानी पुगियो कि क्या हो ? जस्तो भावना आउँछ ।

तर होइन । अझै करिब १ घण्टा जङ्गल र खोला हेर्दै ओर्लेपछि बल्ल देखिन्छ चिसापानी गाउँ । अपेक्षा अनुसारकै सुन्दर गाउँ देख्नासाथ शरीरको सबै थकानहरू मेटिएर जान्छ । र, नयाँ उत्साह बढेर आउँछ ।

गाउँको विद्यालय, साना साना होटल, पसल हुँदै बल्ल चिसापानी गाउँ छिरिन्छ । यतिबेलासम्म करिब ३ देखि ४ बजिसकेको हुन्छ । धेरै आराम गर्दै हिँड्दै हो भने त ५ पनि बज्न सक्छ ।

ठूला-ठूला बुढा रुख, खनेर बनाइएका पैदल मार्ग, ठूला-ठूला पात भएका जङ्गली विरुवा, अध्यारो र सुनसान वातावरण । हिँड्दै जाँदा दिउँसै रात परेको महसुस हुने स्थान पनि आउँछन् ।

चिसापानी बजारमा रिसोर्ट र लजहरू पनि छन् । २०७२ सालअघि यो स्थानमा सानादेखि ठूला (सस्तादेखि एकदमै महङ्गा) होटलहरू पनि थिए । तर भूकम्पले ठूलै क्षति भएको यस स्थानमा हाल भूकम्प प्रतिरोधी होटल, बेम्बो रिसोर्ट र लजहरू उपलब्ध छन् । आफ्नो इच्छाअनुसार बुकिङ गर्न सकिने व्यवस्था पनि चिसापानीमा छ ।

नामैले चिसो यस गाउँमा रातको समयमा अलि बढी नै जाडो हुन्छ । उत्तर र पूर्वतर्फ नजिकैबाट देखिने हिमालका ताँतीहरूले त झन आङ नै सिरिङ्ग बनाइदिन्छन् ।

होटलमा लोकल खाना, आरामदायी कोठा र रातको लागि क्याम्प फायरको बुकिङ गरेर तातो चिया खाँदै हिमाल, हरिया डाँडा र चिसापानी गाउँको दृश्यावलोकन गर्न सकिन्छ । समय र मौसमले साथ दियो भने सूर्यास्तको पनि अवलोकन गर्न सकिन्छ । बेलुकी लोकल खाना खाएर, क्याम्प फायर र नाचगान गर्दै होटलको पारिवारिक वातावरणमा आफ्नो परिवार, साथीभाई वा प्रेमिल जोडीसँग मनमोहक समय बिताउन सकिन्छ ।

सकेसम्म घरबाटै सरसामानको व्यवस्था गर्दा यात्रा छिटो हुन्छ । तर सुन्दरीजलमा पनि राम्रो र सुपथ बजार छ, जहाँ हाइकिङ गर्दा आवश्यक पर्ने सामग्रीहरू व्यवस्थापन गर्न सकिन्छ ।

अर्को बिहान ७ बजे ब्रेकफास्ट गरेर सुन्दरीजलको लागि हिँड्नुपर्छ । फर्किदा भने अर्कै बाटो अर्थात् मोटर चल्ने बाटोको चयन गर्न पनि सकिन्छ । तर यो बाटो पनि पैदल यात्रा नै गर्ने हो । फर्किदा चिसापानीबाट नगरकोट जाने विदेशी पर्यटकहरू भेटिन्छन् । उनीहरूसँग अनुभव साटासाट गर्दै हिँड्दा समय बितेको पत्तै हुँदैन । तर, उनीहरूसँगको साथ चिसापानी नगरकोट मार्गमा आएर छुट्टिन्छ । हामी भने सुन्दरीजलतर्फ लाग्नुपर्छ ।
फर्किदा अर्को बाटो चयन गर्नुको उद्धेश्य नयाँ अनुभव नै हो । यसरी नयाँ बाटोमा उकाली ओराली गर्दै, खोला जङ्गल चहार्दै, हाँसखेल गर्दै, विस्तारै फर्किदा पनि दिनको २ बजे सम्ममा सुन्दरीजल पुगिन्छ । सुन्दरीजल आई पुगेपछि चिया नास्ता वा खाना खान पनि सकिन्छ । र, बसपार्कबाट बसमा आरामसँग घर फर्कन सकिन्छ ।

के-के बोक्ने ?

सकेसम्म घरबाटै सर सामानको व्यवस्था गर्दा यात्रा छिटो हुन्छ । तर सुन्दरीजलमा पनि राम्रो र सुपथ बजार छ, जहाँ हाइकिङ गर्दा आवश्यक पर्ने सामाग्रीहरू व्यवस्थापन गर्न सकिन्छ ।

पैसा

काठमाडौँबाट सुन्दरीजल जान ब्रेकफास्ट गर्न, पानी, ड्राई फुड, औषधी, ब्यान्डेज, स्प्रे, लगायत आवस्यक सामग्री खरिद गर्न, निकुन्जमा टिकट काट्न, चिसापानीमा पुगेपछि नास्ता गर्न, होटलको खाना र बसाइँको पैसा तिर्न, बिहान सुन्दरीजल फर्कदा पानी लगायत ड्राई फुडको व्यवस्था गर्न, सुन्दरीजल फर्किएपछि खाजा वा खाना खान, र बसमा घर फर्कन प्रतिव्यक्ति ४ हजार बोक्ने हो भने पर्याप्त हुन्छ ।

जुत्ता

जान र आउन गरी करिब ८ देखि १० घण्टा हिँड्नुपर्ने भएकोले सामान्य स्पोर्टस् जुत्ता नलगाउदा राम्रो । हाइकिङ वा ट्रेकिङ बुट नै प्रयोग गर्दा खुट्टा दुख्ने, मर्किने जस्ता समस्याबाट बच्न सकिन्छ ।

हाइकिङ स्टीक

उकालो ओरालो गर्दै हिँड्नुपर्ने भएकाले र सुरक्षाको लागि पनि हाइकिङ स्टीकको प्रयोग गर्दा राम्रो ।

कपडा

चिसापानी नामैले चिसो ठाउँ हो । बाटो पनि जङ्गल हुदै हिँड्नु पर्छ । त्यसैले पुरा बाहुले अथवा मौसम उपयुक्त कपडा लगाउनु उचित हुन्छ । कमसेकम थोरै तर आवश्यक कपडा बोक्नुहोस् ।

पर्याप्त पानी र खानेकुराहरू

जङ्गलको बाटो हुँदै उकालो लाग्नु पर्ने हुँदा पानीको धेरै मात्रामा आवश्यकता हुन सक्छ । साथै बाटोमा कुनै किसिमका पसल र होटेल नभएको कारणले पनि ब्यागमा टन्नै खानेकुराहरू बोक्न कन्जुस्याई गर्नु हुँदैन । यद्यपि ब्याग भारी भने बनाउनु हुँदैन ।

पेनकिलर स्प्रे र ब्यान्डेज

हाइकिङ गर्दा कहिलेकाहिँ हात वा खुट्टा मर्किन र दुख्न पनि सक्छ । त्यसैले यस्ता आपतकालीन अवस्थाबाट बच्न पेनकिलर स्प्रे र ब्यान्डेजहरू बोक्न नभुल्नुहोला ।

काठमाडौं, नुवाकोट र सिन्धुपाल्चोक जिल्लाको संगमको रुपमा रहेको चिसापानी काठमाडौँको सुन्दरीजलबाट करिब १५ किलोमिटर उत्तर मात्र टाढा छ ।

यो स्थान काठमाडौं उपत्यकाबाट नजिकको प्राकृतिक पैदल यात्रा गन्तव्य हो जुन लगभग २१७५ मिटर उचाइमा रहेको छ ।

‘चिसापानी’ शब्दको शाब्दिक अर्थ चिसो पानी हो । यो स्थान समुद्र सतहबाट लगभग २१७५ मिटर उचाइमा रहेको छ । चिसापानीमा थरिथरिका जात जातिका बस्ती भएकोले यहाँको बसाइँको समयमा जीवन्त संस्कृति, परम्परा देख्न पाइन्छ । शरद र वसन्त ऋतुमा मुख्य आकर्षण रहने चिसापानीको लागि यस समय उत्तम मान्न सकिन्छ । नेपालका गाउँ, राष्ट्रिय निकुन्ज, तामाङ बस्तीहरू, गणेश, लाङ्टाङ, गौरीशङ्कर, एभे्रष्ट र अन्य हिमालहरू, आश्चर्यजनक सूर्योदय र सूर्यास्तको दृश्य लगायत अन्य प्राकृतिक दृष्यावलोकनमा रुचि छ भने त झन चिसापानीको यात्रा नछुटाउने पदमार्ग हो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested