English

सार्वजनिक यातायातमा मास्क र भौतिक दूरी अनिवार्य



कोभिड–१९ संक्रमितको संख्या बढ्दै गएपछि काठमाडौंमा सार्वजनिक यातायातमा मास्क र भौतिक दूरीलाई अनिवार्य गरिएको छ ।
शुक्रबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र यातायात मजदुरहरूबीच भएको छलफलमा सार्वजनिक यातायातमा मास्क र भौतिक दूरीलाई अनिवार्य गर्ने निर्णय भएको हो ।

पछिल्लो केही दिन यता कोरोना संक्रमितको दर बढ्दै गएकाले काठमाडौंमा चल्ने सार्वजनिक यातायातमा स्वास्थ्यका मापदण्ड पालना गराउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले जानकारी दिए । ‘अहिले सार्वजनिक यातायातमा २५ प्रतिशतले मात्र मास्क लगाउने गरेको र यात्रु मास्क लगाउन अटेर गरेको गुनासो गरेका छन्,’ उनी भन्छन्, ‘अब पनि मास्क लगाउन अटेर गरे यात्रुलाई संक्रामक रोग ऐन २०२० अनुसार कारवाही गरिनेछ ।’

छलफलका क्रममा सार्वजनिक यातायातमा भौतिक दूरी कायम गर्ने, सिट क्षमताभन्दा बढी मान्छे नराख्ने, बसपार्कमा जनचेतना फैलाउने र अनुगमनलाई प्रभावकारी बनाउने लगायतका निर्णय भएको भट्टले जानकारी दिए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौं । बागमती, लुम्बिनी र मधेश प्रदेशमा रहेका युवा उद्यमीहरूका लागि ग्रीनसिफ्ट नेपाल परियोजनाले दिगो प्याकेजिङ कार्यक्रमअन्तर्गत विशेष अवसर सार्वजनिक

Latest










Popular
Suggested