English

यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर



आइतबार नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ ७७  पैसा र बिक्री दर ११९ रुपैयाँ ३७ पैसा कायम गरेको छ ।

यस्तै, युरोपियन युरो एकको खरिद दर १३४ रुपैयाँ ६६ पैसा र बिक्री दर १३५ रुपैयाँ ३४ पैसा छ । युके पाउन्ड स्टर्लिङ एकको खरिद दर १६१ रुपैयाँ १५ पैसा र बिक्री दर १६१ रुपैयाँ ९६ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ १४ पैसा र बिक्री दर १३० रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ३९ पैसा र बिक्री दर ८५ रुपैयाँ ८२ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ८३ पैसा छ भने बिक्री दर ९५ रुपैयाँ ३१ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ४२ पैसा र बिक्री दर १० रुपैयाँ ४८ पैसा छ भने चिनियाँ युआन एकको खरिद दर १८ रुपैयाँ ७३ पैसा र बिक्री दर १८ रुपैयाँ ८३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी, साउदी अरबियन रियाल एकको खरिद दर ३१ रुपैयाँ ६६ पैसा र बिक्री दर ३१ रुपैयाँ ८२ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ६२ पैसा र बिक्री दर ३२ रुपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३७ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५१ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नाै रुपैयाँ ९७ पैसा र बिक्री दर १० रुपैयाँ दुई पैसा कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यो पनि
पेट्रोल, डिजेल र मट्टीतेलको बढेको मूल्य कति ?
यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

स्विट्जरल्यान्डमा भएको जेनेभा मोटर सोमा चिनियाँ बिवाइडी ब्रान्डका दुईवटा मोडलका गाडी टप थ्रीमा परेका छन् । ‘वल्र्ड कार अवार्ड २०२४’ का

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।

हिमालय एअरलाइन्स्, नेपालको पहिलो र एक मात्र IOSA (IATA अपरेशनल सेफ्टी अडिट) मा दर्ता भएको वायुसेवा बनेर नेपालको उड्डयन क्षेत्रको

‘स्ट्रिक्स प्रोफेसनल’ले आफ्नो नयाँ कलेक्सन ‘मर्कुरिअल’ सार्वजनिक गरेको छ । यो प्रदर्शनी विशेष गरी सैलुन व्यवसायी र हेयर स्टाइलिस्ट लक्षित