English

जगदुल्लाको बिजुली बाँफिकोटको सव स्टेशनमा जोड्ने सम्झौता



जाजरकोट । १०६ मेगावाट विद्युत् उत्पादन क्षमता रहेको अर्धजलाशययुक्त जगदुल्ला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् रुकुम बाँफिकोटमा रहेको नेपाल विद्युत् प्राधिकरणको सव स्टेशनमा जोड्ने सम्झौता भएको छ।

नेपाल विद्युत् प्राधिकरण र जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडबीच ग्रिड जडान सम्झौता २० जनवरी २०२२ मा सम्झौता भएको हो। यो सम्झौतासँगै आयोजनाबाट उत्पादन हुने विद्युत् खरिद, विक्री कार्यसमेत सुरु भएको छ।

आयोजना निर्माणका लागि बैंक सँगको सम्झौतासमेत एक महिनाभित्र हुने भएको छ। आयोजना निर्माणका लागि अझैं सडक, पुलहरू निर्माण कार्य बाँकी रहेको छ।

जटिल भू-भागमा निर्माण हुन लागेको यो आयोजना छिटो गर्ने भनिए पनि पूर्वाधारको काम गर्नका लागि सामग्री ढुवानी गर्ने कार्य निकै चुनौतीपूर्ण रहेको छ।

तल्लु र त्रिबेणीस्थित भेरी नदीमा ठुला पुलहरू निर्माण हुँन बाँकी रहेको छ । त्यस्तै त्रिबेणीदेखि विद्युत उत्पादन गृह इल सम्मको सडक कडा चट्टानै ,चटानले बनेका कारण सबै ठाउँमा विस्फोटन गर्नुपर्ने बाध्यता रहेको निमित कार्यकारी प्रमुख सञ्जय सापकोटाले बताए।

नलगाड नगरपालिकाको दानीपिपलमा ४०० केभीको सव स्टेशन निर्माण कार्य जारी रहेकोले जगदुल्लाको बिद्युत बाँफिकोटमा जडानका लागि सम्झौता भएको हो।



सम्बन्धित खबरहरु

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

काठमाडौँ : दैनिक जीवनका साना–साना निर्णयदेखि लिएर विश्व बदल्ने वैज्ञानिक आविष्कारसम्म, गणितको प्रभाव सर्वत्र छ । यही सत्यलाई व्यवहारिक रूपमा

चितवन । एनआईएमबी एस क्यापिटल लिमिटेड, पायोनियर ल फर्म र केयर एज रेटिङद्वारा चितवनमा “Road To IPO & Credit Rating”

काठमाडौं, कात्तिक ३० — एक्टिभ उमन अफ नेपाल (AWON) द्वारा आयोजना गरिएको विशेष बजार हिजो द सोल्टी होटल अटोग्राफ कलेक्सनमा

Latest










Popular
Suggested